आम्पान महाचक्रवात (बङ्गाली: ঘূর্ণিঝড় আম্পান) वा आम्फान महाचक्रवात हाल बङ्गालको खाडीमा सिर्जित एक भयानक आँधी वा चक्रवात हो जसको कारण पूर्वी भारत र बङ्गलादेशको तटीय क्षेत्रमा आँधीको खतरा रहेको छ।[१][२] यो आँधी सन् २०२० को उत्तर हिन्द महासागरमा सिर्जित चक्रवातहरूको पहिलो उष्णकटिबन्धीय चक्रवात हो।[३] यो चक्रवात सन् १९९९ मा आएको ओडिशा चक्रवात पछि बङ्गालको खाडीमा सिर्जित पहिलो महाचक्रवाती आँधी हो।[४][५][६] सबैभन्दा पहिला यस आँधी हिन्द महासागरबाट सिर्जित भएको थियो भने पछि यो आँधी महाचक्रवातमा परिवर्तन भएको थियो।[७] पहिलो दुई आँधीहरू बङ्गालको खाडीबाट सुरु भएका थिए भने यो पछि आम्पानको गतिमा पुगेको थियो।[८][९] यस दुई आँधी मध्ये एकले भारतको ओडिशा राज्यमा प्रभाव पारेको थियो भने अर्कोले बङ्गलादेशको चट्टोग्राममा क्षति पुर्‍याएको थियो।[१०][११][१२]

आम्पान
महाचक्रवात (आइएमडी स्केल)
श्रेणी ५ उष्णकटिबन्धीय चक्रवात (सिम्पसन)
आम्पान बङ्गालको खाडी भन्दा माथि चरम तीव्रताको नजिक, १८ मे २०२०
उत्पत्ति१६ मे २०२०
विलुप्ती२१ मे २०२०
सर्वोच्च गति३-मिनेट लगातार: २४० किमि/घण्टा (१५० माईल/घण्टा)
१-मिनेट लगातार: २६० किमि/घण्टा (१६० माईल/घण्टा)
सर्वनिम्न चाप९२५ एईचपीए (एमबार); २७.३२ इन्च/एईचजी
हताहत118 जम्मा
क्षति> $13.35 अर्ब (२०२० युएसडी)
(उत्तरी हिन्द महासागरमा सबभन्दा महँगो रेकर्ड)
प्रभावित क्षेत्रश्रीलङ्का, भारत (अण्डमान टापु], ओडिशा, पश्चिम बङ्गाल), बङ्गलादेश, भुटान

मौसम सम्बन्धि इतिहास सम्पादन गर्नुहोस्

 
 

सन् २०२० मे १३ मा दक्षिणपूर्वी बङ्गालको खाडीमा निम्न चापीय क्षेत्रको विकास भएको थियो जुन भारतको आन्ध्र प्रदेशको विशाखापत्तनम महानगरभन्दा १०२० किलोमिटर टाढा सिर्जना भएको थियो।[१३][१४][१५][१६] पछि कम चापीय क्षेत्र अनुकूल भूमध्यरेखा बहिर्गमन र मध्यम समुद्री सतह तापक्रम भएका कारण थप विकासित हुन पुगेको थियो।[१७] १६ मे २०२० मा भारतीय मौसम विज्ञान विभागले जनाए अनुसार ओडिशाको पारादीपको दक्षिणमा लगभग १,१०० किलोमिटर (६८५ माइल) को दूरीमा निम्न चापीय क्षेत्र विकसित भएको थियो।[१८] उत्तरतर्फ बढ्दै गर्दा ससाना आँधीहरू निरन्तर विकसित भएका थिए भने केही घण्टापछि यो आँधी एक चक्रवातमा परिवर्तन भएको थियो जसलाई पछि आम्पान नाम दिइएको थियो। पूर्वमा स्थित मध्यम वायु प्रवाहको कारण पूर्वीय पक्षमा आँधीको बहाव घटेको थियो।[१९] जेटिडब्ल्युसीका अनुसार अन्तर्राष्ट्रिय मानक समयको हिसाबमा १८:०० बजे १ मिनेटमा वायुको गति १४० किलोमिटर प्रति घण्टा (८५ माइल/घण्टा)बाट वृद्धि भई २१५ किलोमिटर प्रति घण्टा (१३० माइल/घण्टा) पुगेको थियो जसलाई ४ पृथक श्रेणीहरूमा विभाजित गरेर मापन गरिएको थियो।[२०] यसबाहेक भारतीय मौसम विज्ञान विभागले यस आँधीलाई यसको तिव्रताको मापन गरेर आम्पान सबैभन्दा खतरनाक चक्रवात भनि विश्लेषण गरेको थियो।[२१] त्यसबेला यस आँधीको चौडाइ सममित केन्द्रीय संवहनको साथ १,१११ किलोमिटर मापन गरिएको थियो।[२२] यस आँधीको दश समुद्री माइल बराबर फराकिलो केन्द्रबिन्दु पनि देखिएको थियो।[२३]

उत्पत्ति सम्पादन गर्नुहोस्

 

अमेरिकाको प्यासिफिक प्रकोप केन्द्रका अनुसार भारत र बङ्गलादेशमा गरी करिव ३.६९ करोड जनसङ्ख्या हाल खतरामा रहेका छन्।[२४] भारत मौसम विज्ञान विभागले बङ्गालको खाडीमा रहेका भारतका भूभागहरू तथा अण्डमान र निकोबार द्वीपमा आँधी आउन सक्ने सम्भावना उच्च रहेको भन्दै सर्वसाधारणहरूलाई सचेत गराएको थियो भने उक्त संस्थाले माझीहरूलाई मे १५ देखि १८ सम्म समुद्रमा माछा मार्न प्रतिबन्ध लगाएको थियो।[२५] त्यस्तै गरी श्रीलङ्काली सरकारले पनि आम्पान चक्रवात श्रीलङ्काका विभिन्न तटीय भूभागमा आउन सक्ने भन्दै माझीहरूलाई माछा मार्न ननिस्कन आग्रह गरेको थियो।[२६] भारतीय सरकारले ओडिशा र पश्चिम बङ्गालमा माछा मार्नका लागि प्रयोग गरिने डुङ्गालाई किनारमा ल्याउने काम सुरु गरेको थियो भने उक्त क्षेत्रमा मानवीय आवतजावतलाई प्रतिबन्ध लगाइएको थियो।[२७] बङ्गलादेश अभ्यान्तरीण नौ परिबहन सङ्घले पुनः आफ्ना सेवाहरू बन्द गर्ने घोषणा गरेको थियो भने बङ्गलादेशले सामान ढुवानी गर्न ठूलाठूला पानि जहाजहरूको सेवालाई पनि ठप्प पारेको थियो तर चट्टोग्राम देखि साना ढुवानी जहाजहरू कर्नफुली नदीमा सुरक्षित दूरीमा चलाइएको थियो।[२८][२९]

पानी जहाजहरूमा हुन सक्ने क्षतिलाई कम गर्नका लागि पारादीपमा रहेको बन्दरगाह सहित त्यहाँ छेउछाउका बन्दरगाहहरू खाली गरिएको थियो।[३०][३१] ओडिशा सरकारले पूर्वाधारहरूको द्रुत प्राप्तिका लागि शक्ति र दूरसञ्चार क्षेत्रमा कामदारहरू खटाउँदै आपतकालिन समयका लागि सहयोगी कल सेवाहरू जारी गरिएको थियो।[३२] आम्पान आँधी आउन सक्ने भन्दै ओडिशा र पश्चिम बङ्गालमा रेल सेवा लगायत अन्य यातायातका साधनहरूमा निलम्बन लगाइएको थियो भने दुवै राज्यहरूमा रेल प्रणाली चार दिनको लागि निलम्बित गरिएको थियो।[३३] क्षतिहरूलाई कम गर्नका लागि नयाँ दिल्ली र भुवनेश्वर बीच चल्ने एसी एक्सप्रेस रेलहरू मोड्ने निर्णय गरिएको थियो।[३४] नेताजी सुभाषचन्द्र अन्तर्राष्ट्रिय विमानस्थल मे २१ सम्मका लागि बन्द गरिएको थियो। जनस्वास्थ्य प्रकौसल विभागले १५ दिनसम्मका लागि पनि शुद्धीकरण केन्द्रको स्थापना गरेको थियो भने उक्त संस्थाले विभिन्न सरसफाइका सामग्रीहरूको पनि प्रयोग गरेको थियो।[३५]

बङ्गलादेश चक्रवात रोकथाम कार्यक्रम र राष्ट्रिय विपत्ती प्रबन्ध समन्वय टोलीका बीच मे १८ का दिन आम्पान आँधीका विषयमा बैठक जारी गरिएको थियो।[३६][३७][३८][३९] बङ्गलादेशको कोक्सबजारमा प्रकोप रोकथाम गर्ने उद्देश्यका साथ सहयोग पुर्‍याउन धेरै निजी सङ्घ संस्थाहरू आपतकालीन तयारी सहित काम गर्न सुरु गरेका थिए।[३६][३७][३८][३९] आँधीबेहरीको बेला बङ्गलादेश भरि १९३३ स्वास्थ्यकर्मीहरूको टोली तैनाथ गरिएको थियो।पन्ध्र हजार स्वयंसेवक र ८४ थप स्वास्थ्य टोलीहरू चट्टोग्राममा आपतकालीन सहायताका लागि परिचालन गरिएको थियो।[४०][४१] अन्तर-सेवा जनसम्बन्ध निर्देशनालयका अनुसार बङ्गलादेश सशस्त्र बलको १४५ प्रकोप व्यवस्थापन टोली विशेष उपकरणका साथ तैनाथ गरिएको थियो।[४२] बङ्गलादेश सेनाको ६१ स्वास्थ्य टोली र १६,४०० थान राहत आपूर्तिको लागि अर्को कार्यक्रम तय गरिएको थियो। बङ्गलादेश नौसेनाले २५ वटा पनि जहाजहरू आपतकालीन उद्धार र राहत गर्नका लागि परिचालन गरेको थियो।[४३] बङ्गलादेश वायुसेना विपतका लागि तयार राखिएको थियो भने कृषि मन्त्रालयले किसानहरूलाई पाकिसकेका धान काट्ने सल्लाह दिएको थियो।[४४] मत्स्यपालन र पशुधन मन्त्रालयले आँधीले क्षति पुर्‍याउन सक्ने भन्दै आँधीको खतरा भएको ठाउँबाट ७,००० घरपालुवा जनावरहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेको थियो।[४५][४६]

चक्रवात आम्पान विश्वव्यापी रूपमा फैलिएको महामारी कोभिड -१९ को साथसाथै आएको थियो जसकारण प्रकोप व्यवस्थापन र राहत मन्त्रालय बङ्गलादेशले चक्रवातबाट हुने मानवीय क्षतिलाई कम गर्नका लागि आश्रय स्थलहरू तय गरेको थियो तर त्यहाँ मानिसहरूलाई राख्दा खेरी सामाजिक दूरी सुनिश्चित गर्नुपर्ने समस्या देखिएको थियो।[४७][४८] माध्यमिक र उच्च शिक्षा विभागले तटीय क्षेत्रका विद्यालय र महाविद्यालयहरू सार्वजनिक आश्रय स्थलका रूपमा खोल्न आवश्यक कदम चाल्नका लागि निर्देशन दिएको थियो।[४९] करिब ५६,००० स्वयंसेवकहरूले उच्च जोखिम भएका क्षेत्रहरूमा सर्वसाधारणहरूका माझ जनचेतना फैलाउन काम गरिरहेका छन्।[५०][५१]

 

प्रभाव सम्पादन गर्नुहोस्

हताहत
देश सङ्ख्या
  बङ्गलादेश २० [५२]
  भारत ७९ [५३]
  श्रीलङ्का [५४]
कुल १०३

श्रीलङ्का सम्पादन गर्नुहोस्

आम्पान चक्रवातको प्रभावले श्रीलङ्कामा भारी वर्षा र वेगसँग हावाहुरी चलेको थियो जसकारण श्रीलङ्काको तटीय क्षेत्रमा बसोबास गर्ने २००० भन्दा बढी मानिसहरू प्रत्यक्ष रूपमा प्रकोपको चपेटामा आएका थिए भने चक्रवातका कारण बाढी र पहिरोहरू जस्ता प्रकोप पनि विभिन्न ठाउँहरूमा देखिएको थियो। कालु गङ्गाको नदीको किनारमा पनि चक्रवातकै कारण बाढी आएको थियो।[५५] रत्नपुरा जिल्लामा आम्पान चक्रवातका कारण दुईजना व्यक्तिको मृत्यु भएको थियो, जस मध्ये एकको पहिरोले पुरिएर मृत्यु भएक‍ थियो भने अर्कोको अग्लो रूख भाँचिएर लाग्दा खेरी गम्भीर घाइते भई मृत्यु भएको थियो।[५६] पहिरोको चपेटामा परेका व्यक्तिहरूलाई त्यस ठाउँका अन्य सर्वसाधारणहरूले अस्पतालमा पुर्‍याएका थिए। दुई व्यक्तिहरूको केगालेमा मृत्यु भएको थियो जहाँ २४ घण्टामा २१४ मिमी (८.४ इन्च) वर्षा भएको थियो।[५७] तिव्र बतासका कारण ५०० घरहरूमा ठूलो मात्रामा क्षति पुगेको थियो जसमा पोलोन्नारुवाका १४५ घरहरू सामेल छन्।

भारत सम्पादन गर्नुहोस्

दक्षिणी भारत सम्पादन गर्नुहोस्

१६ मे २०२० मा आम्पान चक्रवातका कारण दक्षिण भारतमा तिव्र गतिको हावाहुरी सहित भारि मात्रामा वर्ष भएको थियो।[५८] यस चक्रवातले तिरुवनन्तपुरमको वलियाथुरा उपनगरका सडकहरूमा क्षति पुर्‍याएको थियो भने आँधीले यस क्षेत्रका थुप्रै घरहरूमा भारी मात्रामा क्षति पुर्‍याएको थियो। जसकारण १०० भन्दा बढी घरहरूमा बसोबास गर्ने मानिसहरू विस्थापित भएका थिए।[५९] कोट्टायम जिल्लामा यस चक्रवातले थुप्रै घरहरू मन्दिर लगायत बिजुलीका खम्बाहरू ढालेको थियो जसकारण विद्युत आपुर्तिमा समस्या देखिएको थियो। वैकोम महादेव मन्दिरको छत यस आँधीको कारण क्षतिग्रस्त बनेको थियो। यस चक्रवातका कारण १६ घरहरूको पूर्णतया क्षति र ३१३ घरहरूमा आंशिक रूपमा क्षति पुगेको थियो जसको परिणामस्वरूप ०.१४७ करोड रुपैयाँको क्षति भएको थियो।[६०] चक्रवातले क्षति पुर्‍याएका ठाउँहरूका अवस्थित विद्यालयहरूलाई अस्थायी आश्रय स्थल बनाइएको थियो। रामनाथपुरम जिल्लामा तिव्र वतासका कारण समुद्री तटमा बाँधिएर राखिएको लगभग १०० डुङ्गाहरू क्षतिग्रस्त स्थितिमा पुगेको थियो।[६१] समुद्रमा उठेको विशाल लहरामा कारण बाँधहरू टुटेका कारण विल्लुपुरम जिल्लाको बोम्मयारपलायममा तीन महलहरू पूर्णरूपमा भत्किएको थियो।[६२] गन्धर्वकोट्टई र अरन्थाङ्गीको आसपासमा लगभग ३५ एकडमा लगाइएको केरा खेती आँधीका कारण क्षतिग्रस्त भएको थियो।

पूर्वी भारत सम्पादन गर्नुहोस्

कोलकाता र त्यस वरिपरिको क्षेत्रहरूमा हावाको गति १२० किलोमिटर प्रति घण्टा पुगेको थियो भने राति ७ बजेर २० मिनेट जाँदा हावाको गति १३३ किलोमिटर प्रति घण्टा कैद गरिएको थियो।[६३] पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले बताए अनुसार चक्रवात आम्पानको प्रभाव हाल विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारी भन्दा पनि अधिक खतरनाक छ।[६४] उनले आम्पान आँधीको कारण करीब १० खर्ब रूपैयाँको क्षति पुगेको बताएकी थिइन्।[६५] यस आँधीका कारण १०० भन्दा बढी भवनहरूमा आंशिक रूपमा क्षति पुगेको थियो। पश्चिम बङ्गाल राज्यमा हालसम्म ७२ मानिसहरूको मृत्यु भएको छ जसमा १९ जना कोलकाता सहरका मानिसहरू हुन्।[६६]

बङ्गलादेश सम्पादन गर्नुहोस्

आम्पान आँधी बङ्गलादेशको मुख्य भूमिमा आउनु भन्दा अगाडि तटीय जलस्तर बढेका कारण बङ्गलादेशमा यसको खतरनाक प्रभाव देखा पर्न सुरु भएको थियो।[६७] गैलापचीपा, कालापारा, र रङ्बालीमा पानीको बहाव रोक्ने बनाइएको बाँध फुटेका कारण १७ गाउँहरूमा बाढी प्रवेश गरेको थियो। नोयाखली जिल्लामा रहेको एक टापूमा आम्पान आँधीका कारण लगभग ५०० घरहरू पूर्णरूपमा क्षतिग्रस्त बनेका थिए।[६८] आम्पान आँधी सम्बन्धी घटनाहरूमा कम्तिमा २० जनाको मृत्यु भएको थियो भने आँधी रोकथाम कार्यक्रमको नेतृत्व गरेका शाह आलामको पनि डुङ्गा डुबेको थियो।[६९] देशव्यापी रूपमा करिब ११ अरब टाकाको क्षति भएको अनुमान गरिएको थियो भने १ करोड मानिसहरू विद्युत प्रयोगबाट बञ्चित बनेका थिए।[७०] आम्पान आँधीका कारण लगभग ३००० झिङे माछा तथा गँगटा पालिएका स्थानहरूमा बाढीले क्षति पुर्‍याएको थियो। पूर्व दुर्गाबतीमा ६०० घरहरू डुबानमा परेका थिए।[७१] खुलना सहरमा र उत्तर सुन्दोरवोनमा लगभग ८३,००० घरहरूमा क्षति पुगेको छ भने सरकारले लगभग १.५ अर्ब क्षति भएको अनुमान लगाएको छ।[७२]

नेपाल सम्पादन गर्नुहोस्

मौसमविद्हरूले नेपालमा पनि आम्पान आँधीको प्रभाव देखिएको जनाएका छन्।[७३] जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल उक्त आँधीको प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।[७४] हाल देशको पूर्वी र मध्य भू-भागमा पूर्ण बदली रही पश्चिममा आंशिक बदली रहेको संस्थाले जनाएको छ। पूर्व र मध्यको थोरै स्थानमा वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।[७५] महाशाखाले चट्ट्याङ र केही साना खोलाहरूमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आह्वान पनि गरेको छ।[७६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Freedman, Andrew; Slater, Joanna (१९ मे २०२०), "Cyclone Amphan poses extreme storm surge danger for eastern India, Bangladesh", Washington Post (अङ्ग्रेजीमा), आइएसएसएन 0190-8286, अन्तिम पहुँच १९ मे २०२० 
  2. "India and Bangladesh brace for the strongest storm ever recorded in the Bay of Bengal", CNN, मे १९, २०२०, अन्तिम पहुँच मे १९, २०२० 
  3. "ঘূর্ণিঝড় ‘আমফান’ আরও শক্তিশালী, ৪ নম্বর সংকেত", প্রথম আলো (বাংলাमा), ১৭ মে ২০২০, अन्तिम पहुँच ১৮ মে ২০২০ 
  4. OdAdmin (१९ मे २०२०), "Super Cyclonic Storm #Amphan is the 1st SUCS in the Bay of Bengal since the 1999 Odisha Super Cyclone", OdishaDiary (अङ्ग्रेजीमा), अन्तिम पहुँच १९ मे २०२० 
  5. "Amphan transforming into super cyclone, first after deadly 1999 super cyclone in Bay of Bengal", Hindustan Times (अङ्ग्रेजीमा), १८ मे २०२०, अन्तिम पहुँच १९ मे २०२० 
  6. "ধেয়ে আসছে 'সুপার ঘূর্ণিঝড়' আম্ফান, সিডরের চেয়েও শক্তিশালী", প্রথম আলো (বাংলাमा), ১৯ মে ২০২০, अन्तिम पहुँच ১৯ মে ২০২০ 
  7. "আম্ফান সুপার সাইক্লোন কোথা থেকে এল, বাংলার কতটা ক্ষতি করতে পারে?", ইন্ডিয়ান এক্সপ্রেস (বাংলাमा), ১৮ মে ২০২০, अन्तिम पहुँच ১৯ মে ২০২০ 
  8. "উপকূলীয় জেলাগুলোতে ৫ থেকে ১০ ফুট উচ্চতার জলোচ্ছ্বাসের আশংকা", বিবিসি বাংলা (বাংলাमा), ১৯ মে ২০২০, अन्तिम पहुँच ১৯ মে ২০২০ 
  9. "ঘূর্ণিঝড় আম্ফান ১০ ফুট উঁচু জলোচ্ছ্বাসের আশঙ্কা", প্রথম আলো (বাংলাमा), ১৯ মে ২০২০, अन्तिम पहुँच ১৯ মে ২০২০ 
  10. "বাতাসের তীব্রতা মাপতে ব্যর্থ যন্ত্র, গত শতকের বিধ্বংসীতম ঘূর্ণিঝড়ে ছিন্নভিন্ন হয় ওড়িশা", আনন্দবাজার (বাংলাमा), ১৯ মে ২০২০, अन्तिम पहुँच ১৯ মে ২০২০ 
  11. "স্মৃতিতে সাইক্লোন সিডর", বিবিসি বাংলা (বাংলাमा), ১৫ নভেম্বর ২০১৭, अन्तिम पहुँच ১৯ মে ২০২০ 
  12. "ভাঙল সব পুরনো রেকর্ড, বঙ্গোপসাগরে সব থেকে শক্তিশালী ঘূর্ণিঝড়ের খেতাব পেল আম্ফান", হিন্দুস্তান টাইমস (বাংলাमा), ১৯ মে ২০২০, अन्तिम पहुँच ১৯ মে ২০২০ 
  13. Tropical Weather Outlook for the North Indian Ocean May 13, 2020 06z (Report). India Meteorological Department. 13 May 2020. Archived from the original on 18 May 2020. https://web.archive.org/web/20200518154737/https://www.wis-jma.go.jp/d/o/DEMS/Alphanumeric/Warning/Tropical_cyclone/20200513/071900/A_WTIN20DEMS130719_C_RJTD_20200513072446_98.txt. अन्तिम पहुँच मिति: 18 May 2020. 
  14. Significant Tropical Weather Advisory for the Indian Ocean May 13, 2020 18z (Report). United States Joint Typhoon Warning Center. 13 May 2020. Archived from the original on 18 May 2020. https://web.archive.org/web/20200518171103/https://www.wis-jma.go.jp/d/o/PGTW/Alphanumeric/Analysis/Miscellaneous/20200513/180000/A_ABIO10PGTW131800_C_RJTD_20200513171946_85.txt. अन्तिम पहुँच मिति: 18 May 2020. 
  15. Tropical Weather Outlook for the North Indian Ocean May 14, 2020 06z (Report). India Meteorological Department. 14 May 2020. Archived from the original on 18 May 2020. https://web.archive.org/web/20200518200332/https://www.wis-jma.go.jp/d/o/DEMS/Alphanumeric/Warning/Tropical_cyclone/20200514/070000/A_WTIN20DEMS140700_C_RJTD_20200514071617_78.txt. अन्तिम पहुँच मिति: 18 May 2020. 
  16. Tropical Cyclone Formation Alert May 15, 2020 10z (Report). United States Joint Typhoon Warning Center. 15 May 2020. Archived from the original on 18 May 2020. https://web.archive.org/web/20200518200022/https://www.wis-jma.go.jp/d/o/PGTW/Alphanumeric/Warning/Tropical_cyclone/20200515/100000/A_WTIO21PGTW151000_C_RJTD_20200515095331_29.txt. अन्तिम पहुँच मिति: 18 May 2020.  वेब्याक मेसिन अभिलेखिकरण १८ मे २०२० मिति
  17. Tropical Weather Outlook for the North Indian Ocean May 16, 2020 04:05z (Report). India Meteorological Department. 14 May 2020. Archived from the original on 18 May 2020. https://web.archive.org/web/20200518200332/https://www.wis-jma.go.jp/d/o/DEMS/Alphanumeric/Warning/Tropical_cyclone/20200514/070000/A_WTIN20DEMS140700_C_RJTD_20200514071617_78.txt. अन्तिम पहुँच मिति: 18 May 2020. 
  18. "RSMC TROPICAL CYCLONE ADVISORY BULLETIN", Regional Specialised Metrological Center, अन्तिम पहुँच १७ मे २०२० 
  19. "Indias Super Cyclone - Amphan", Severe weather.eu 
  20. "Tropical cyclone Amphan threatens India and Bangladesh", World Meteorological Organization, अन्तिम पहुँच १९ मे २०२० [dead link]
  21. "In pictures: Cyclone Amphan hits India and Bangladesh", CNN, २० मे २०२०, अन्तिम पहुँच २० मे २०२० 
  22. "Tropical cyclone 01B (Amphan) Warning Nr 018", Joint Typhoon Warning Center, २० मे २०२०, अन्तिम पहुँच २० मे २०२० 
  23. "Life threatening storm surge - Cyclone Amphan", The Washington Post, अन्तिम पहुँच १८ मे २०२० 
  24. Westcott, Ben; Sud, Vedika; Suri, Manveena (१९ मे २०२०), "India and Bangladesh brace for the strongest storm ever recorded in the Bay of Bengal", CNN (Cable News Network), अन्तिम पहुँच १९ मे २०२० 
  25. "Cyclone Amphan: Low pressure over Bay of Bengal, likely to intensify into cyclonic storm by May 16", The Indian Express (The Indian Express Ltd.), Express Web Desk, मे १४, २०२०। 
  26. "Sri Lanka fishermen asked to stay ashore as cyclone Amphan intensifies", EconomyNext (Echelon Media), मे १७, २०२०, अन्तिम पहुँच मे १८, २०२० 
  27. "Cyclone Amphan likely to bring heavy rain in coastal Bengal districts from May 19", Hindustan Times (HT Media), Press Trust of India, मे १७, २०२०, अन्तिम पहुँच मे १८, २०२० 
  28. "'Extremely severe' cyclonic storm Amphan forces evacuations in India, Bangladesh", The Sydney Morning Herald (Kolkata, India), मे १९, २०२०, अन्तिम पहुँच मे १८, २०२० 
  29. Loiwal, Manogya (१९ मे २०२०), "Alert sounded, preparations underway to safeguard districts in West Bengal from cyclone Amphan", India Today (Digha, India: Living Media India), अन्तिम पहुँच २० मे २०२० 
  30. "'Extremely severe' cyclonic storm Amphan forces evacuations in India, Bangladesh", The Sydney Morning Herald (Kolkata, India), १९ मे २०२०, अन्तिम पहुँच १८ मे २०२० 
  31. "Cyclone Amphan: Ferry services shut on major routes across Bangladesh", Newsroom Post (Dhaka, Bangladesh: Headlong Newsroom Post India), १९ मे २०२०, अन्तिम पहुँच १९ मे २०२० 
  32. "Bangladesh, India evacuating millions as super cyclone bears down on coast", bdnews24.com (bdnews24.com), २० मे २०२०, अन्तिम पहुँच २० मे २०२० 
  33. "Super cyclone Amphan hurtling towards Bangladesh", bdnews24.com (bdnews24.com), १८ मे २०२०, अन्तिम पहुँच २० मे २०२० 
  34. "Odisha deploys NDRF, ODRAF teams as cyclonic storm Amphan intensifies into very severe cyclonic storm", United News of India (Bhubaneswar, India: United News of India), १७ मे २०२०, अन्तिम पहुँच १८ मे २०२० 
  35. Dwyer, Colin (१९ मे २०२०), "'Cyclone In The Time Of COVID-19': Amphan Bears Down On Bangladesh And India", NPR (National Public Radio), अन्तिम पहुँच २० मे २०२० 
  36. ३६.० ३६.१ "Odisha suspends 'Shramik Specials' in view of cyclone Amphan", The New Indian Express (Bhubaneswar, India: Newindianexpress.com), Express News Service, १७ मे २०२०, अन्तिम पहुँच १८ मे २०२० 
  37. ३७.० ३७.१ "Bhubaneswar-New Delhi AC special train to run on diverted route", Update Odisha (Bhubaneswar, India: Update Odisha), १७ मे २०२०, अन्तिम पहुँच १८ मे २०२० 
  38. ३८.० ३८.१ Singh, Harshita (१९ मे २०१९), "Cyclone Amphan: 3 lakh people evacuated, moved to relief shelters, says West Bengal CM Mamata Banerjee", Hindustan Times (HT Media), Press Trust of India, अन्तिम पहुँच १९ मे २०१९ 
  39. ३९.० ३९.१ Khanna, Rohit; Gupta, Jayanta (२० मे २०२०), "Cyclone Amphan alters Shramik Special roster, 2 trains cancel", The Times of India (Kolkata, India: Bennett, Coleman & Company), Times News Network, अन्तिम पहुँच २० मे २०२० 
  40. Srinivasan, Chandrasekar (२० मे २०२०), "Airport, Markets Shut, People To Stay Inside As Kolkata Preps For Amphan", NDTV (Kolkata, India: NDTV Convergence), अन्तिम पहुँच २० मे २०२० 
  41. "Kolkata: Planes flown out, terminal roof bolstered ahead of Cyclone Amphan strike", The Times of India (Kolkata, India: Bennett, Coleman & Company), Times News Network, २० मे २०२०, अन्तिम पहुँच २० मे २०२० 
  42. "Danger signal 7 for coast as Cyclone Amphan intensifies", Dhaka Tribune (2A Media), १८ मे २०२०, अन्तिम पहुँच २० मे २०२० 
  43. "Warning flag raised at Rohingya camps over cyclone ‘Amphan’", The Financial Express (The Financial Express), १८ मे २०२०, अन्तिम पहुँच २० मे २०२० 
  44. "Cyclone Amphan: Local Government Division opens control room", United News of Bangladesh (Dhaka, Bangladesh: United News of Bangladesh), २० मे २०२०, अन्तिम पहुँच २० मे २०२० 
  45. "1,933 medical teams ready: Media cell", United News of Bangladesh (Dhaka, Bangladesh: United News of Bangladesh), २१ मे २०२०, अन्तिम पहुँच २० मे २०२० 
  46. Hussain, Anwar (१९ मे २०२०), "Cyclone Amphan triggers rain in Chittagong", Dhaka Tribune (2A Media), अन्तिम पहुँच २० मे २०२० 
  47. "India and Bangladesh are already suffering with coronavirus. Now a super cyclone is heading their way", CNN, मे १८, २०२०, अन्तिम पहुँच मे १९, २०२० 
  48. "করোনা মাথায় রেখে আম্পান মোকাবিলার প্রস্তুতি", প্রথম আলো (बङ्गालीमा), ১৯ মে ২০২০, अन्तिम पहुँच ১৯ মে ২০২০ 
  49. "অতিমারির মধ্যেই ঝড় বাংলাদেশে", আনন্দবাজার (बङ्गालीमा), ১৯ মে ২০২০, अन्तिम पहुँच ১৯ মে ২০২০ 
  50. "ঘূর্ণিঝড়ে উপকূলীয় স্কুল–কলেজগুলো আশ্রয়কেন্দ্র করার নির্দেশ", প্রথম আলো (बङ्गालीमा), ১৯ মে ২০২০, अन्तिम पहुँच ১৯ মে ২০২০ 
  51. "ঘণ্টায় প্রায় আড়াইশো কিলোমিটার গতি নিয়ে ধেয়ে আসছে সুপার সাইক্লোনটি", বিবিসি বাংলা (बङ्गालीमा), ১৯ মে ২০২০, अन्तिम पहुँच ১৯ মে ২০২০ 
  52. "Cyclone Amphan: Death toll rises to 26", Dhaka Tribune (अङग्रेजीमा), २१ मई २०२०, अन्तिम पहुँच २२ मे २०२० 
  53. Singh, Shiv Sahay (२१ मई २०२०), "Cyclone Amphan kills 72 in West Bengal, brings life to a halt", The Hindu (अङग्रेजीमा), अन्तिम पहुँच २२ मे २०२० 
  54. Borham, Maneshka (मे २०२०), "Adverse weather claims two lives", Sunday Observer (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ मे २०२० 
  55. "வங்கக் கடலில் உருவானது புயல்.. சென்னைக்கு தென் கிழக்கே 670 கி.மீ தொலைவில் 'ஆம்பன்'"  ஒன்இந்தியா தமிழ் (மே 16, 2020)
  56. "உம்பன் புயல் முழுவதுமாக கரையை கடந்தது... மேற்குவங்கத்தில் 3 பேர் உயிரிழப்பு"  நியூஸ்18 தமிழ் (மே 20, 2020)
  57. "பலத்த மழையும்பெய்தது."  தினமணி (20 மே, 2020)
  58. "72 people dead in West Bengal, Mamata urges PM Modi to visit state", The Economic Times, २१ मे २०२०, अन्तिम पहुँच २१ मे २०२० 
  59. "72 killed in Cyclone Amphan fury, 15 dead in Kolkata alone", [Cyclone Amphan Live Updates], THE HINDU, २० मे २०२०, अन्तिम पहुँच २१ मे २०२० 
  60. "72 killed in Amphan’s march through Bengal, PM Modi to visit today", The Times of India (Bennett, Coleman & Company), Times News Network, २२ मे २०२०, अन्तिम पहुँच २१ मे २०२० 
  61. Barik, Satyasundar (२० मे २०२०), "Amphan: Heavy rain, wind hit coastal districts of Odisha", The Hindu, अन्तिम पहुँच २० मे २०२० 
  62. Mohanty, Debabrata (२१ मे २०२०), "3 dead as Cyclone Amphan crosses Odisha before making landfall in Bengal", hindustantimes, अन्तिम पहुँच २१ मे २०२० 
  63. "पश्चिम- मध्य बङ्गाल की खाड़ी में सुपर चक्रवाती तूफान ‘अम्फान‘ पश्चिम बङ्गाल और उत्तरी ओडिशा के तटीय क्षेत्रों के लिए चक्रवात चेतावनी: ऑरेंज संदेश", जानकारी विउरो (हिन्दी भाषामा), अन्तिम पहुँच २० मई २०२० 
  64. "जानिए क्या है महा तूफान अम्फान, जानिए इससे जुड़ी १० अहम बातें और आपके सभी सवालों के जवाब", भारत टिवी (हिन्दी भाषामा), २० मई २०२०, अन्तिम पहुँच २० मई २०२० 
  65. "बङ्गाल पर टूटा अम्फान का कहर, शहरों में दिखा तबाही का भयानक मंजर", https://m.aajtak.in (हिन्दीमा)। 
  66. "चक्रवाती तूफान अम्फान के कारण कोलकाता में १९ लोगों की मौत", अमर उज्जा (हिन्दी भाषामा), २२ मई २०२०, अन्तिम पहुँच २२ मई २०२० 
  67. "এপার বাংলাকে তছনছ করে ওপার বাংলায়, ফের ধ্বংসলীলা শুরু আমফানের", এশিয়ানেট নিউজ নেটওয়ার্ক প্রাইভেট লিমিটেড (बाङ्लामा), ২১ মে ২০২০, अन्तिम पहुँच ২২ মে ২০২০ 
  68. "ঘূর্ণিঝড় আম্পান: কক্সবাজারে ৯ নম্বর মহাবিপদ সংকেত"কক্সবাজার বার (बाङ्ला भाषा)। सङ्ग्रह मिति २२ मे २०२० 
  69. "ঘূর্ণিঝড় আম্পান: মানবিক দুর্যোগ ব্যবস্থাপনা এখন বেশি জরুরি"বিশ্ব খবর (बाङ्ला भाषा)। सङ्ग्रह मिति २२ मे २०२० 
  70. "ঘূর্ণিঝড় আম্পান: সমুদ্র থেকে উপকূলে ফিরেছেন জেলেরা"যুগান্তর (बाङ्ला भाषा)। सङ्ग्रह मिति २० मे २०२० 
  71. "ঘূর্ণিঝড় আম্পান: চট্টগ্রাম বন্দরের কার্যক্রম বন্ধ"আরটিভি অনলাইন (बाङ्ला भाषा)। सङ्ग्रह मिति २१ मे २०२० 
  72. "ঘূর্ণিঝড় আম্পান: উপকূলীয় জেলাগুলোতে ৫ থেকে ১০ ফুট উচ্চতার জলোচ্ছ্বাসের আশংকা"বিবিসি বাংলা (बाङ्ला भाषा)। सङ्ग्रह मिति २१ मे २०२० 
  73. "चक्रवात अम्पन: बङ्गालको समुद्री आँधीका कारण कम्तीमा १५ जनाको मृत्यु"आर्थिक खबर। सङ्ग्रह मिति २१ मे २०२० 
  74. "भारत र बङ्गलादेशमा आँधीले वितण्डा मच्चायो, १६ को मृत्यु, ३० लाख घरवारविहिन"हाम्रो पात्रो। सङ्ग्रह मिति २१ मे २०२० 
  75. "कोरोना महामारीका बीच आँधीको उत्पात- कम्तीमा १५ जनाको मृत्यु, लाखौँ प्रभावित !"हाम्रो पात्रो। सङ्ग्रह मिति २१ मे २०२० 
  76. "आँधीबाट जोगाउन भारत र बङ्गलादेशका लाखौँ मानिस स्थान्तरण"नेपाल टेलिभिजन। सङ्ग्रह मिति २१ मे २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्