विकिपिडिया:अन्य विकिमीडिया परियोजनाहरूबाट सामग्री लिने

विकिपिडियामा धेरै पल्ट अन्य विकिमीडिया परियोजनाहरूबाट जानकारी, तथ्य इत्यादि लाग्छन् । यसमा प्रयोगकर्ताहरुले यो ध्यानमा राख्नु पर्दछ कि विकिपिडियाको प्रतिलिपि अधिकारका अनुसार मूल लेखकहरूलाई श्रेय दिनु आवश्यक हुन्छ । विकिपिडियामा सामग्री क्रिएटिभ कमन्स एट्रिब्युसन-सेयरअलाइक ३.० अनपोर्टेड तथा जिएनयू मुक्त डकुमेन्टेसन लाइसेन्सका अन्तर्गत उपलब्ध छ । यसमा सामग्रीका उपयोगको छूट छ, तर यसमा श्रेय दिने शर्त सामेल छ ।

कानूनी जानकारी सम्पादन गर्नुहोस्

सामग्री जसको श्रेय दिने आवश्यकता छैन सम्पादन गर्नुहोस्

  • केवल उद्धरण
  • सामान्य उखानहरू
  • साधारण जानकारीको सूची जसलाई बनाउनमा रचनात्मकताको आवश्यकता पर्दैन
  • गणितीय एवं विज्ञानका फर्मूलाहरू
  • सामग्री जसलाई पूर्णतया हटाइनेछ (उदाहरण: बर्बरता, प्रतिलिपि अधिकार उल्लङ्घन, व्यक्तिगत जानकारी, अर्थहीन सामग्री इत्यादि)

श्रेय दिने तरिकाहरू सम्पादन गर्नुहोस्

अन्य विकिमीडिया परियोजनाहरूबाट लिइएका सामग्रीको श्रेय दिने धेरै तरिकाहरू छन् ।

  • आयात: अन्य विकिमीडिया परियोजनादेखि सामग्री आयात गर्न सकिन्छ । यो कार्य प्रबन्धक, प्रशासक र अन्तरविकि आयातकहरूद्वारा गर्न सकिन्छ । यसमा सामग्रीको इतिहास पनि साथमा आयात हुन्छ, अतः मूल लेखकहरूको नाम पनि सँगै आउँछ र उनको श्रेय पृष्ठ इतिहासमा पाउन सकिन्छ । यदि नयाँ पृष्ठ बनाउनु छ भने सामग्रीलाई सिधै नयाँ पृष्ठका नाममा आयात गर्न सकिन्छ । यदि कुनै उपस्थित पृष्ठमा सामग्री जोड्नु छ भने सामग्री जोडेपछि मूल पृष्ठलाई कुनै अन्य नामले आयात गर्न त्यसको र उपस्थित पृष्ठको अवतरण इतिहासलाई विलय गर्न सकिन्छ ।
  • सम्पादन सारांश: अन्य विकिमीडिया परियोजनाहरूबाट सामग्री लिदा सम्पादन सारांशमा मूल पृष्ठको लिङ्क प्रदान गर्न सक्छ । यसबाट पृष्ठ इतिहासमा यो कुरा दर्ता हुन जान्छ कि पृष्ठमा कुनै अन्य पृष्ठसित सामग्री जोडिएको थियो । यस्तो गर्दा निम्न तरिकाहरूको प्रयोग गर्न सकिन्छ:
  • स्थाई लिङ्क: मूल पृष्ठको स्थाई लिङ्क प्रदान गरियोस् । उदाहरण: http://en.wikipedia.org/w/index.php?title=xyz&oldid=123456789 देखि लिइएको सामग्री
  • मूल पृष्ठको लिङ्क र अवतरण सङ्ख्या: मूल पृष्ठको लिङ्क र सामग्री जस अवतरणदेखि लिइएको थियो, त्यस अवतरणको सङ्ख्या प्रदान गरियोस्। उदाहरण: [[:en:xyz]] अवतरण सङ्ख्या १२३४५६७८९ बाट लिएको सामग्री
  • मूल पृष्ठको लिङ्क: मूल पृष्ठको लिङ्क प्रदान गरिन्छ । यसको प्रयोग त्यसबेला गर्नु पर्दछ जब मूल पृष्ठमा सामग्री लिएको दिन कुनै सम्पादन नभएको होस् र सामग्री त्यस समयका अवतरणबाट नै लिइएको होस्, कुनै पुरानो अवतरणबाट होइन । उदाहरण: [[:en:xyz]]बाट लिइएको सामग्री

यदि सामग्री जोड्ने बेला प्रयोगकर्ता सारांशमा श्रेय दिन विर्सिन्छ भने त्यो त्यसको तुरन्त पछिको पृष्ठमा कुनै सानो परिवर्तन गरेर (उदाहरण एक खाली लाइन जोडेर) सम्पादन सारांशमा माथि दिइएका तरिकाहरूद्वारा श्रेय दिन सकिन्छ ।

  • ढाँचाहरूको प्रयोग: अन्य विकिमीडिया परियोजनाहरूबाट सामग्री लिए पश्चात पृष्ठमा अथवा त्यसको वार्ता पृष्ठमा उपयुक्त ढाँचाको प्रयोग गरिन्छ । यो ढाँचा भिन्न पृष्ठहरूका लागि भिन्न छन्:
  • चित्र: यदि कुनै अन्य विकिमीडिया परियोजनाबाट चित्र लिनु परे केवल ग़ैर-मुक्त चित्रहरुलाई नैं विकिपिडियामा अपलोड गर्नु पर्दछ। मुक्त चित्रहरुलाई सीधै विकिमीडिया कमन्समा नैं हालिनु पर्दछ। ग़ैर-मुक्त चित्रहरुलाई अन्य विकिमीडिया परियोजनाहरुबाट लिदा चित्रहरुमा {{epg}}को प्रयोग गरिन्छ। यसका अतिरिक्त, चित्रहरुका स्रोत परियोजनाहरु भन्दा भिन्न हुन्छन्, चित्रहरुमा मूल स्रोतको जानकारी, उपयुक्त लाइसेन्स ट्याग, र उचित उपयोग औचित्य पनि प्रदान गर्नुपर्दछ।
  • अन्य पृष्ठ: यदि कुनै पृष्ठलाई कुनै अन्य नेपाली परियोजनाबाट लिनु छ अथवा कुनै अन्य भाषाबाट लिएर त्यसै भाषामा सामग्रीलाई राख्नु छ भनें त्यसको वार्ता पृष्ठमा {{Interwiki copy}}को प्रयोग गरिन्छ । यदि कुनै अन्य भाषाबाट सामग्रीलाई लिएर त्यसका नेपालीमा अनुवाद गर्नु छ भने त्यसको वार्ता पृष्ठमा {{अनुवाद}}को प्रयोग गरिन्छ ।

श्रेय दिनका निम्ति कुन तरिकाहरूको प्रयोग गरिएको छ भन्ने कुरासित कार्यशैली कस्तो छ भनेर निर्धारित हुन्छ

कार्यशैली श्रेय दिने तरिकाहरू
आयात सम्पादन सारांश ढाँचाहरूको प्रयोग
अतिउत्तम हो स्थाई लिङ्क सहित हो
उत्तम होइन स्थाई लिङ्क सहित हो
राम्रो होइन मूल पृष्ठको लिङ्क र अवतरण सङ्ख्या हो
सामान्य होइन मूल पृष्ठको लिङ्क हो

सबै प्रयोगकर्ताहरूले प्रयत्न यो गर्नु पर्दछ कि ती आफ्नो समय अनुसार जति राम्रो कार्यशैलीको प्रयोग गर्न सक्छन्, गर्नुपर्दछ; र कम-भन्दा-कम सामान्य कार्यशैलीको स्तर बनिरहोस्।

बिना श्रेयका लागि धेरै सामग्री सम्पादन गर्नुहोस्

जुन पृष्ठहरूमा अन्य विकिमीडिया परियोजनाहरूबाट श्रेय नदिइकन सामग्री जोडिन्छ, तिनमा ढाँचाहरूको प्रयोग गर्नु पर्दछ। यदि पृष्ठ हटाउने नीतिमा पर्दैन भने सामान्य तौरमा त्यसलाई केवल श्रेय नदिनेको कारणमा हटाउनु हुँदैन, तर ढाँचाहरूको प्रयोग गरेर उचित रुपले श्रेय प्रदान गर्नु पर्दछ। जुन पृष्ठहरूमा यो पृष्ठ बनाउनु पहिले बिना श्रेयका अन्य परियोजनाहरूबाट जानकारी जोडिएका छन्, ती पनि यसमा सामेल छन्।

सामग्री जसको स्रोत पृष्ठ हटाई दिइएको छ सम्पादन गर्नुहोस्

यदि कुनै पृष्ठमा जसको स्रोत पृष्ठ हटाइएको छ यस्ता पृष्ठबाट सामग्री लिइएकोछ जसको भने माथि दिएका तरिकाहरूद्वारा श्रेय प्रदान गर्नु पर्याप्त हुँदैन किनभने मूल पृष्ठ स्वयं उपलब्ध हुँदैन । यदि मूल परियोजनाबाट जानकारी कुनै यस्ता कारणले हटाइएको छ जो पृष्ठ हटाउने नीतिमा सम्मिलित छ भने त्यहाँबाट लिएका सामग्रीलाई हटाइनु पर्छ। यदि कारण हटाउने नीतिदेखि अलग छ भने फेरि मूल परियोजनाका कुनै प्रबन्धकलाई अनुरोध गरेर मूल लेखकहरूको पूर्ण सूची वार्ता पृष्ठमा प्रदान गरिनु पर्छ । यदि यीमध्ये कुनै कार्य सम्भव नभए पृष्ठ हटाइनु पर्छ ।

सहायक लिङ्कहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्