लेखापरीक्षक
संस्था वा कम्पनीको लेखापरीक्षण गर्नको लागि नियुक्त गरिएको व्यक्तिलाई लेखापरीक्षक भन्ने गरिन्छ ।[१] अर्को शब्दमा लेखापरीक्षण गर्ने व्यक्तिलाई लेखापरीक्षक भनिन्छ ।
लेखापरीक्षकको प्रकार
सम्पादन गर्नुहोस्- बाह्य लेखापरीक्षक
- आन्तरिक लेखापरीक्षक
बाह्य लेखापरीक्षणको योग्यता
सम्पादन गर्नुहोस्नेपालमा लेखापरीक्षक हुनको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्यता प्राप्त गरी व्यावसाय सञ्चालनको प्रमाणपत्र लिएको व्यक्ति हुनु पर्ने कानुनी प्रावधान रहेको छ ।
लेखापरीक्षकको अधिकारहरू
सम्पादन गर्नुहोस्- लेखा सम्बन्धी श्रेस्तामा खुल्ला पहुँच पाउने अधिकार
- लेखापरीक्षणसँग सम्बन्धित जानकारी तथा स्पष्टिकरण माग गर्ने अधिकार
- लेखापरीक्षणमा आवश्यक बाह्य विशेषज्ञको राय माग गर्ने अधिकार
- लेखापरीक्षणको पारिक्षमिक पाउने अधिकार
- बार्षिक साधारण सभाको सूचना तथा सभामा भाग लिन पाउने अधिकार
- लेखापरीक्षण प्रतिवेदनमा हस्ताक्षर गर्ने अधिकार
- लेखापरीक्षक हटाइने प्रक्रियामा मनासिब माफिकको स्पष्टिकरण दिने अधिकार
- विशेष साधारण सभा बोलाउने अधिकार[२]
लेखापरीक्षकको नियुक्ती
सम्पादन गर्नुहोस्नेपालको कम्पनी ऐन, २०६३ अनुसार लेखापरीक्षकको नियुक्ती निम्न अनुसार हुने गर्दछ ।
- प्रथम लेखापरीक्षकः कम्पनीको प्रथम साधारण सभा हुनु भन्दा अगाडि पहिलो लेखापरीक्षक कम्पनीको सञ्चालक समितिले गर्ने गर्दछ ।
- शेयरधनीले नियुक्तीः कम्पनीको प्रथम लेखापरीक्षक बाहेक अन्य लेखापरीक्षकहरूको नियुक्ती पब्लिक कम्पनीको हकमा साधारण सभाबाट शेयरधनी मार्फत हुने गर्दछ भने प्राइभेट कम्पनीको हकमा कम्पनीको प्रबन्धपत्र, नियमावली वा सर्वसम्वत सम्झौताको आधार वा उक्त कागजातहरूमा व्यवस्था नभएको खण्डमा साधारण सभाबाट हुने गर्दछ ।
- कम्पनी रजिष्ट्रारको कार्यालयले नियुक्तीः कम्पनीको सञ्चालक समितिबाट अनुरोध भएको तथा निम्न अवस्थामा विद्यमान भएको खण्डमा कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीको लेखापरीक्षकको नियुक्ती गर्न सक्दछ ।
- कम्पनीको साधारण सभाबाट लेखापरीक्षण नियुक्त गर्न नसकेमा
- कम्पनीले साधारण सभा गर्न नसकेमा
- नियुक्त गरिएको लेखापरीक्षकले कार्य छाडेमा
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Practical Auditing, Kul Narsingh Shrestha, 2012, Nabin Prakashan, Kathmandu, Nepal
- ↑ https://nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf