लुम्बिनी प्रदेशको मुख्यमन्त्री

लुम्बिनी प्रदेशको मुख्यमन्त्री लुम्बिनी प्रदेशको सरकार प्रमुख हो। नेपालको संविधान २०७२को धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको नियुक्त गर्ने व्यवस्था छ।[] मुख्यमन्त्री पाँच वर्ष वा प्रदेश सभा विघटन नभएसम्म पदमा रहन्छन्।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री
बहालवाला
चेतनारायण आचार्य
२०८१ जेठ १६ देखि
लुम्बिनी प्रदेश सरकार
सम्बोधनमाननीय
स्थितिसरकार प्रमुख
सदस्य
नियुक्तिकर्ताप्रदेश प्रमुख
अवधिप्रदेश सभाको पदावधिमा बहुमतको हासिल गरेमा
५ वर्ष नहुञ्जेल सम्म वा पहिले विघटन नगरेसम्म
कुनै सीमा छैन
गठनवि.सं २०७४
प्रथम धारकशङ्कर पोखरेल
तलबरु - ६१,०००
वेबसाइटआधिकारिक वेबसाइट

लुम्बिनी प्रदेशका वर्तमान मुख्यमन्त्री नेकपा (एमाले)का चेतनारायण आचार्य हुन्। उनी २०८१ साउन ७ मा, मुख्यमन्त्रीमा नियुक्त भएका थिए।[]

नेपालको संविधान २०७२ले मुख्यमन्त्रीपदका लागि योग्य हुनका लागि आवश्यक योग्यता निर्धारण गरेको छ। मुख्यमन्त्रीले प्रदेश सभा सदस्य बन्नका लागि योग्यता पूरा गरेको हुनुपर्दछ।[]

प्रदेश सभाको सदस्य हुनु पर्दछ:

  • एक नेपाली नागरिक
  • सम्बन्धित प्रदेशको मतदाता
  • २५ वर्ष वा सो भन्दा बढी उमेरका
  • कुनै पनि फौजदारी कसुरमा दोषी ठहर नभएको
  • कुनै पनि कानूनद्वारा अयोग्य घोषित नभएको र

कुनै पनि लाभको पद धारण नगरेको

यसका साथै मुख्यमन्त्री प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता हुनुपर्नेछ। यदि कुनै दलसँग बहुमत छैन भने अन्य दलको समर्थनमा मुख्यमन्त्रीसँग प्रदेश सभामा बहुमत हुनैपर्छ। निर्वाचन भएको तीस दिनभित्र मुख्यमन्त्री नियुक्त नभएमा वा प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेशसभामा सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरिन्छ। यदि यसरी नियुक्त गरिएको मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएमा, कुनै पनि प्रदेश सभा सदस्यले दलगत निष्ठाको बावजूद संसदमा बहुमत प्राप्त गर्न सक्दछ, उसलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ। यदि यी मुख्यमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न असफल भएमा प्रदेश प्रमुखले सभा भङ्ग गर्छन् र नयाँ चुनावको आह्वान गरिन्छ।[]

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरूको सूची

सम्पादन गर्नुहोस्
क्रम तस्वीर नाम
निर्वाचन क्षेत्र
(जन्म)
कार्यकाल सभा
(निर्वाचन)
राजनीतिक दल मन्त्रिपरिषद् स्रोत
पदभार सम्हालेको पदभार छोडेको अवधि
 
शङ्कर पोखरेल
दाङ २ (क)का सांसद
(जन्म २०१९)
२०७४ फागुन ३ २०७८ वैशाख १९ ३ वर्ष, ७६ दिन पहिलो
(२०७४)
नेकपा (एमाले) शङ्कर पोखरेल मन्त्रिपरिषद् [][]
२०७८ वैशाख १९ २०७८ साउन २७ १०१ दिन [][]
 
कुलप्रसाद केसी
रोल्पा १ (क)का सांसद
(जन्म २०२७)
२०७८ साउन २७ २०७९ पुस २८ १ वर्ष, १५४ दिन नेकपा (माओवादी केन्द्र) कुलप्रसाद केसी मन्त्रिपरिषद् []
 
लीला गिरी
रुपन्देही २ (क)का सांसद
(जन्म २०११)
२०७९ पुस २८ २०८० वैशाख १४ १०५ दिन दोस्रो
(२०७९)
नेकपा (एमाले) लीला गिरी मन्त्रिपरिषद् [१०]
 
डिल्लीबहादुर चौधरी
दाङ ३ (क)का सांसद
(जन्म २०२५)
२०८० वैशाख १४ २०८० चैत २२[११] ३४३ दिन नेपाली काङ्ग्रेस डिल्लीबहादुर चौधरी मन्त्रिपरिषद् [१२][११]
 
जोखबहादुर महरा
रोल्पा १ (क)का सांसद
(जन्म २०१९)
२०८० चैत २३ २०८१ साउन ७ १०८ दिन नेकपा (माओवादी केन्द्र) जोखबहादुर महरा मन्त्रिपरिषद् [१३]
चेतनारायण आचार्य
अर्घाखाँची १ (क)का सांसद
(जन्म २०२४)
२०८१ साउन ७ बहालवाला ९१ दिन नेकपा (एमाले) चेतनारायण आचार्य मन्त्रिपरिषद् [१४]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "नेपालको संविधान २०७२ – धारा १६७", नेपाल कानुन आयोग (नेपालीमा), मूलबाट १३ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-१३ 
  2. "लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१ 
  3. नेपालको संविधानको धारा १७८ को बमोजिम (२०७२ असोज ३)
  4. नेपालको संविधानको धारा १६८ को बमोजिम (२०७१ असोज ३)
  5. "Shankar Pokharel appointed Province 5 CM", thehimalayantimes.com, १४ फेब्रुअरी २०१८, अन्तिम पहुँच २०२२-०६-०३ 
  6. Republica, "Chief Minister of Lumbini Province Shanker Pokharel resigns", My Republica (अङ्ग्रेजीमा), मूलबाट १३ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-१३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०८-१३ मिति
  7. "Shankar Pokharel calls governor to his office and gets sworn in as Lumbini CM", Setopati, मूलबाट ८ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१ 
  8. "लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा", ekantipur.com (नेपालीमा), मूलबाट ११ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-११ 
  9. "लुम्बिनीका मुख्यमन्त्री केसीले लिए शपथ", ekantipur.com (नेपालीमा), मूलबाट १३ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-१३ 
  10. "UML's Leela Giri stakes claim for Lumbini chief ministership", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-११ 
  11. ११.० ११.१ "Lumbini Chief Minister Chaudhary resigns", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०४-२९ 
  12. "Dilli Bahadur Chaudhary appointed Lumbini chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०४-२७ 
  13. "Maoist Centre’s Mahara becomes Lumbini chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०४-२९ 
  14. "लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२४-०७-२२