लालीगुराँस नेपालको राष्ट्रिय फूल हो। यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ। यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो। लालीगुराँस सामान्यतया माघ, फागुन तिर फूलेको देखिन्छ। तर छिटो फूल्ने ठाउँमा यो फूल पुषको महिनामा पनि फूलेको देखिन्छ। फूलको रंग रातो हुन्छ। फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठुलो हुन्छ। यसको पात लामो हुन्छ। पातको लम्बाइ लगभग ५ देखि १० से.मी. सम्म हुन्छ। यसको रुखको उँचाई र आकार ठाउँ अनुसार फरक हुन्छ। निम्न पहाडी भू-भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठुलो र झ्याम्म परेको हुन्छ।

लालीगुराँस
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: एस्टेरिड्स
गण: Ericales
परिवार: Ericaceae
वंश: गुराँस
Sm.
प्रजाति:
R. arboreum
वैज्ञानिक नाम
Rhododendron arboreum
Sm.

लालीगुराँसलाई अंग्रेजीमा 'रोडोडेन्ड्रन' भनिन्छ । ल्याटिन भाषाको ‘रोडो’ (रातो) र ‘डेन्ड्रन’ (वृक्ष) शब्दबाट बनेको हो । यसलाई ‘रातो रुख’ को अर्थमा रोडोडेन्ड्रन नाम दिइएको हो ।

विश्वभर १ हजार १ सय ५७ प्रजातिका गुराँस पाइन्छन् । वनस्पति विभागका अनुसार नेपालमा ३१ प्रजाति गुराँस पहिचान भएका छन् । नेपालको कुल वन क्षेत्रको करिब १० प्रतिशत भूभागमा गुराँस फेलापर्छ । विशेष गरी पूर्वदेखि सुदूरपश्चिमसम्मका ४३ जिल्लाका मध्य र उच्च पहाडी तथा हिमाली क्षेत्रमा यी ३१ प्रजातिका गुराँस पाइन्छन् ।

गुराँस नेपालसहित चीन, भारत, भुटान, म्यानमार, भियतनाम, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, उत्तर कोरिया, दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा पाइन्छ। अन्य देशहरूमा भने यो प्राकृतिक रूपमा नभई पछि सारेर लगाइएको हो।

विश्वमा लालीगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य ५ प्रकारका गुराँस फेला पर्छन्। यसै वर्गमा पर्ने सेतो गुराँस ३ हजार मिटर भन्दा माथिको उचाइमा पाइन्छ। तीनजुरेलाई "गुराँसको राजधानी" मानिन्छ।

राष्ट्रिय फूल

सम्पादन गर्नुहोस्

लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । विक्रम संवत् २०१९ मा लालीगुराँसलाई राष्ट्रिय फूलको मान्यता दिइएको थियो।

यसको फूललाई जुस बनाउने काममा प्रयोग गरिन्छ। यो पतझड अर्थात् decidious वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत-बैशाख महिनामा फूल्ने गर्दछ। नेपालमा पाइने लालीगुराँसका दुवै प्रजातिहरू औषधि मानिन्छन्। लालीगुराँस घाँटीमा खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा खाँदा खड्किएको चीज निस्कन्छ। त्यसैले पनि यसलाई औषधि मानिन्छ। नेपालमा गुराँसको सर्वत बन्दछ। विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ। इलाम जिल्लाको मङ्गलबारे गाविसमा रहेको १६.१ मीटर अग्लो सो लालीगुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्