लामिछाने थापा
लामिछाने थापा थापा काजीहरूको एक कुलघरान हो । यी थापाहरू गर्ग गोत्रका क्षत्रियहरु हुन् । [२] धर्मराज थापाले लामिछाने थापाको वंशावली लेख्नुभएको थियो ।[३]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
---|---|
नेपाल | |
भाषाहरू | |
नेपाली भाषा (खस कुरा) | |
धर्महरू | |
हिन्दु धर्म [१] | |
सम्बन्धित जातीय समूह | |
लामिछाने, बगाले थापा, गोदार थापा, श्रीपाली बस्नेत |
शाखा
सम्पादन गर्नुहोस्लामिछाने थापाको वंशावलीका अनुसार सरदार रामकृष्ण थापा मुगा, धनकुटा गएका थिए । उनी पोखराका लामिछाने थापा थिए । उनी राजा पृथ्वीनारायण शाहको आदेशमा युद्ध लड्ने हेतूले पोखराबाट गोरखा हुँदै धनकुटाको थाक्लेमा आइपुगेका थिए । मुगा गाउँमा बसाइँ सरे र तिनका पुस्ताहरूलाई मुगाली थापा वा धनकुटे थापा भनियो । [४]
धनकुटा मूलघर भएका नेपालको सर्वाधिक ५ पटकको प्रधानमन्त्री सूर्यबहादुर थापा एक मुगाली लामिछाने थापा हुन्।
उल्लेखनीय लामिछाने थापाहरू
सम्पादन गर्नुहोस्- सूर्यबहादुर थापा, नेपालको प्रधानमन्त्री
- धर्मराज थापा, जनकवि केशरी
- नगेन्द्र थापा, नेपाली गीतकार
- सुनिलबहादुर थापा, नेपालको मन्त्री एवम् सभासद
- शेरबहादुर थापा, भिक्टोरिया क्रस प्राप्त गर्ने गोर्खाली