नगेन्द्र थापा नेपाली गीतकार, कवि एवम् रचनाकार हुन् ।[१] उनी नारायण गोपाल, गोपाल योञ्जन, प्रेमध्वज प्रधान, मणिक रत्न, आदि गायकहरूका समकालीन गीतलेखक एवम् मित्र पनि हुन् । उनको पहिलो कविता वि.सं. २०१८ सालको रूपरेखा पत्रिकामा छापिएको थियो । उनले प्रतिभा कविता सङ्ग्रह, नारायणको बाँसुरी र हाम्रो प्रिति बस्यो रे, लगायतका रचनाहरू गरेका छन् । [२] उनी नारायण गोपालका परममित्र हुन् । उनले नारायणका लागि थुप्रै गीतहरू लेखेका छन् । उनलाई नारायणका पिता आशा गोपालले थापाकाजी भनी सम्बोधन गर्दथे । नरेन्द्रले नारायणलाई राष्ट्रिय नाँचघरको मुख्यप्रबन्धकमा नियुक्त गराउन भूमिका खेलेका थिए । नारायणकी श्रीमती पेमलाले नगेन्द्र र नारायणका शुभचिन्तक बसन्त चौधरी, फत्तेमान राजभण्डारी लगायतको सहयोगमा नारायण गोपाल संगीत कोषको स्थापना गरेकी थिइन् ।[३]

जन्म सम्पादन गर्नुहोस्

उनको जन्म धनकुटा जिल्ला को मुगा गाउँमा वि.सं. २००२ असार ९ गते भएको हो । उनी मुगाली थापा कुलमा जन्मिएका हुन् । उनी नेपालका प्रधानमन्त्री सूर्यबहादुर थापाका भाइ हुन् । उनको विराटनगरमा निजी निवास पनि थियो । पछि दाजुसँगै काठमाडौंको मालीगाउँमा बसाइँ सरे ।

स्रोतहरू सम्पादन गर्नुहोस्