ललित नारायण मिश्र
ललित नारायण मिश्र (सन् १९२३ फेब्रुअरी २ – सन् १९७५ जनवरी ३) एक भारतीय राजनीतिज्ञ थिए जसले सन् १९७३ देखि सन् १९७५ सम्म भारत सरकारमा रेल मन्त्रीको रूपमा सेवा गरेका थिए। उनलाई बिहारको पहिलो मुख्यमन्त्री कृष्ण सिन्हाद्वारा राजनीतिमा ल्याएका थिए, जब उनलाई भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको आग्रहमा संसदीय सचिव बनाइएको थियो।[१] सन् १९७५ मा समस्तीपुर रेलवे स्टेसनमा बम विष्फोट हुँदा उनको मृत्यु भएको थियो। अदालतको मुद्दा वर्षौंको लागि ढिलाइ भएको थियो र अन्ततः सन् २०१४ डिसेम्बरमा पूर्णता पाएको थियो।
ललित नारायण मिश्र | |
---|---|
१४औँ रेल मन्त्री (भारत) | |
कार्यकाल सन् १९७३ फेब्रुअरी ५ – सन् १९७५ जनवरी २ | |
प्रधानमन्त्री | इन्दिरा गान्धी |
पूर्वाधिकारी | तोन्से अनन्थ पाई |
उतराधिकारी | कमलपति त्रिपाठी |
व्यक्तिगत विवरण | |
जन्म | बसनपट्टी, सहरसा जिल्ला, बिहार | २ फेब्रुअरी १९२२
मृत्यु | ३ जनवरी १९७५ समस्तीपुर, बिहार | (उमेर ५२)
राजनीतिक दल | भारतीय राष्ट्रिय कांग्रेस |
जीवन साथी | कामेश्वरी देवी |
सन्तान(हरू) | ६ |
मातृ शिक्षाप्रतिष्ठान | पटना विश्वविद्यालय |
बाल्यकाल
सम्पादन गर्नुहोस्ललित नारायण मिश्रको जन्म सन् १९२२ मा वसन्त पञ्चमीमा बिहारको तत्कालिन सहरसा जिल्ला हाल सुपौल जिल्लाको बसनपट्टीमा मैथिल ब्राह्मण परिवारमा भएको थियो। उनले सन् १९४८ मा पटना विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नाताकोत्तर पुरा गरेका थिए। युवा मिश्रले राष्ट्रवादी श्रीकृष्ण सिन्हा र अनुग्रह नारायण सिन्हालाई उच्च सम्मानमा राखेका थिए।[२] उनको विवाह कामेश्वरी देवीसँग भएको थियो। उनको राजनीतिज्ञ विजय कुमार मिश्र सहित दुई छोरी र चार छोराहरू रहेका थिए।
राजनीतिक करियर
सम्पादन गर्नुहोस्मिश्र भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीमा प्रवेश गरेका थिए र भारतीय लोक सभाको पहिलो, दोस्रो र पाँचौंमा निर्वाचित भएर सदस्य भएका थिए। उनी सन् १९६४ देखि १९६६ र त्यसपछि सन् १९६६ देखि १९७२ मा राज्य सभाका सदस्य थिए। उनले पार्टी र सरकारमा विभिन्न पदमा काम गरेका थिए। उनले संसदीय सचिव, योजना, श्रम तथा रोजगार मन्त्रालय (सन् १९५७–६०), गृह उपमन्त्री (सन् १९६४–६६), उप अर्थमन्त्री (सन् १९६६–६७), रक्षा उत्पादन राज्यमन्त्री (सन् १९६७–७०) भएका थिए। सन् १९७० देखि सन् १९७३ फेब्रुअरी ४ सम्म उनी विदेश व्यापार मन्त्री थिए। सन् १९७३ फेब्रुअरी ५ मा उनलाई तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले केन्द्रीय रेलवे मन्त्री बनाएका थिए।
विदेश व्यापार मन्त्रीको पदमा रहेको समय उनले भारतको भावी प्रधानमन्त्री डा. मनमोहन सिंहको क्षमतालाई पहिचान गर्ने पहिलो व्यक्ति थिए र उनलाई विदेश व्यापार मन्त्रालयमा आफ्नो सल्लाहकारको रूपमा नियुक्त गरेका थिए। उनीहरूको पहिलो भेट संयोगवश भारत–अमेरिका–चिली उडानमा भएको थियो।[३] वाणिज्य मन्त्री मिश्र (त्यस समयमा विदेश व्यापार मन्त्री) संयुक्त राष्ट्र व्यपारिक विकास सम्मेलनको बैठकमा भाग लिन चिलीको सान्तियागो गइरहेका थिए।[३]
हत्या
सम्पादन गर्नुहोस्रेलमन्त्रीको हैसियतमा उनले समस्तीपुर– दरभाङ्गा ब्रोडगेज रेलमार्ग खुला भएको घोषणा गर्न सन् १९७५ जनवरी २ मा समस्तीपुर गएका थिए। मञ्चमा बम विष्फोट हुँदा उनी गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै दानापुरस्थित रेलवे अस्पताल लगिएकोमा भोलिपल्ट उनको मृत्यु भएको थियो।[४]
अनुसन्धान र परीक्षण
सम्पादन गर्नुहोस्इन्दिरा गान्धीले हत्याको लागि "विदेशी शक्तिहरू" लाई दोष दिएकी थिइन्। उनले सिआइएलाई सङ्केत गरेकी थिइन्।[५] उनको भाइ जगन्नाथ मिश्रले ललित नारायण मिश्र र इन्दिरा गान्धीले केजिबीबाट घूस लिएको मित्रोखिन आर्काइभ्सको दावीलाई अस्वीकार गरेका थिए भने भारतीय राष्ट्रिय काङ्ग्रेसले उक्त पुस्तकलाई "शुद्ध सनसनीपूर्ण र अस्पष्ट" भनेर वर्णन गरेको छ।[६][७] सन् २०१२ जुलाई २६ मा, भारतीय सर्वोच्च अदालतले ३३ वर्ष बितिसक्दा पनि सत्र अदालतमा मुद्दाको टुङ्गो लाग्न नसकेकोले ढिलाइको कारणहरूमा जाने बताएको थियो।[८] सन् २०१३ जुलाई अनुसार, हत्याको आरोपमा २७ वर्षीय व्यक्ति ६५ वर्षको हुन पुगेको थियो। उनले आफ्नो निर्दोषता प्रमाणित गर्न उद्दृत गरेका ३९ साक्षीमध्ये ३१ जनाको मृत्यु भइसकेको छ। उक्त मुद्दालाई २० भन्दा बढी विभिन्न न्यायाधीसहरूले अनुमानित दैनिक आधारमा वर्षहरूमा उनको मुद्दा सुनेका थिए।[९]
३९ वर्षको सुनुवाइपछि सन् २०१४ डिसेम्बर ८ मा दिल्लीको अदालतले मिश्रको हत्यामा संलग्न चार जनालाई दोषी ठहर गरेको थियो। मुद्दामा पाँचौं अभियुक्तको मृत्यु भइसकेको थियो।[१०] तीन आनन्द मार्गका अनुयायीहरू, सन्तोशानन्द, सुदेवानन्द र गोपालजी, अधिवक्ता रञ्जन द्विवेदीको साथमा मिश्र र अन्य दुई जनाको हत्यामा दोषी ठहराइएका थिए। उनीहरुलाई जिल्ला अदालतले जन्मकैद र २५ हजारदे खि २० हजार रुपैयाँसम्म जरिवाना तोकेको थियो। अदालतले आनन्द मार्गका धार्मिक नेता प्रभात रञ्जन सरकारलाई हत्याको आरोपमा जेलमा परेकाले इन्दिरा गान्धी सरकारलाई सरकारलाई रिहा गर्न दबाब दिन मिश्रको हत्या गरेको उल्लेख गरेको थियो। पछि सरकारलाई सफाइ दिइएको थियो। अदालतले यो पनि उल्लेख गरेको थियो कि छ जना आनन्द अनुयायीहरू भागलपुर जिल्ला, बिहारको एउटा गाउँमा भेट्टाए र सन् १९७३ मा षड्यन्त्रको योजना बनाएका थिए।[११] भर्खरको मुद्दामा, उच्च अदालतले तल्लो ट्रायल अदालतको फैसला खारेज गर्दै र सिबिआईले उपलब्ध गराएको प्रमाणले उच्च अदालतको इजलासलाई विश्वास गर्न नसकेका कारण चारै अभियुक्तलाई सफाइ दिएको थियो।
विरासत
सम्पादन गर्नुहोस्उनको नाउँमा एक विश्वविद्यालय, ललित नारायण मिथिला विश्वविद्यालय, एमबिए संस्थानहरू, ललित नारायण मिश्र आर्थिक विकास र सामाजिक परिवर्तन संस्थान, पटना (एलएनएमआई, पटना), एलएन मिश्र इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट, मुजफ्फरपुर र एक रेलवे अस्पताल गोरखपुर, उत्तर प्रदेश रहेका छन्। उनको सम्झनामा भारत सरकारले हुलाक टिकट जारी गरेको थियो।
परिवार
सम्पादन गर्नुहोस्मिश्रका परिवारका धेरै सदस्य सार्वजनिक सेवामा संलग्न छन्। विजय कुमार मिश्र बिहारमा जनता दल (संयुक्त) का विधान सभा सदस्य हुन्। उनका अन्य छोराहरू डा. विनय कुमार मिश्र, जो सेवानिवृत्त इएनटी विशेषज्ञ हुन्, सञ्जय मिश्र, एक व्यापारी र विकास मिश्र, व्यापारी र एक सामाजिक कार्यकर्ता हुन्। उनका छोरीहरू बिना झा जीवित छिन् भने मीरा झाको मृत्यु भइसकेको छ। उनका कान्छो भाइ स्वर्गीय डा. जगन्नाथ मिश्र तीन कार्यकाल बिहारको मुख्यमन्त्री भइसकेका छन्।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Pranava K Chaudhary (१ जुन २००९), "Prez releases book on Nehru, Sri Babu letters", The Times of India, मूलबाट १४ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुन २००९।
- ↑ LN MISHRA Commemorative Volume:1978 (१ मार्च २०१२), "LN MISHRA Commemoration Volume", मूलबाट ८ अक्टोबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुन २००९।
- ↑ ३.० ३.१ T. N. Ninan (२२ मे २००४), "Speaking softly & making it stick", Rediff, मूलबाट १४ अप्रिल २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २००९।
- ↑ Limca Book of Records 1991, Bombay, पृ: ४१।
- ↑ "Indira's India and the KGB"।[स्थायी मृत कडी]
- ↑ Sudhi Rajan Sen (१८ सेप्टेम्बर २००५), "Timeless mystery", The Indian Express, मूलबाट २७ जनवरी २०१३-मा सङ्ग्रहित।
- ↑ PTI (१८ सेप्टेम्बर २००५), "Allegations in Mitrokhin Archives vague: Congress", Rediff News, मूलबाट २५ मार्च २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अक्टोबर २००९।
- ↑ Venkatesan, J. (२७ जुलाई २०१२), "Supreme Court to go into delay after 1991 in L.N. Mishra murder case", The Hindu (Chennai, India), मूलबाट २९ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१२।
- ↑ SA Aiyar (१७ जुलाई २०१३), "Without quick justice, politics will stay criminalized", The Times Of India, मूलबाट २४ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुलाई २०१३।
- ↑ Alok Pandey (८ डिसेम्बर २०१४), "Former Union Minister LN Mishra Gets Justice 39 Years After His Murder", NDTV.com।
- ↑ "L N Mishra case: Four convicts awarded life sentence by trial court.", Business Standard, PTI, १८ डिसेम्बर २०१४, मूलबाट १८ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण १८ डिसेम्बर २०१४ मिति