रोज बार्क्ली (जन्म: १९ डिसेम्बर १९९८) एक अङ्ग्रेज व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब चेल्सी र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको रूपमा खेल्दछन्।

रोज बार्क्ली
सन् २०१५ मा बार्क्ली एभर्टनका लागि खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम रोज बार्क्ली[१]
जन्म मिति (1993-12-05) ५ डिसेम्बर १९९३ (उमेर ३०)[२]
जन्म स्थान लिभरपुल, इङ्ल्यान्ड
उचाइ ६ फिट २ इन्च (१.८९ मी)[३]
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति[४]
क्लब जानकारी
वर्तमान टोली
चेल्सी
सङ्ख्या १८
युवा करियर
२००५–२०१० एभर्टन प्रशिक्षण केन्द्र
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१०–२०१८ एभर्टन १५० (२१)
२०१२सेफिल्ड वेनस्डे (ऋण) १३ (४)
२०१३लिड्स युनाइटेड (ऋण) (०)
२०१८– चेल्सी ५६ (४)
२०२०–२०२१एस्टन भिल्ला (ऋण) २४ (३)
अन्तर्राष्ट्रिय करियर
२००८–२००९ १६ वर्ष मुनि (२)
२००९–२०१० १७ वर्ष मुनि (२)
२०१०–२०१२ १९ वर्ष मुनि[५] १२ (०)
२०१३ २० वर्ष मुनि[६] (०)
२०१२–२०१३ २१ वर्ष मुनि[७] (१)
२०१३– इङ्ल्यान्ड ३३ (६)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९:१५, ४ अक्टोबर २०२१ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२:५४, ३ अक्टोबर २०२१ (युटिसी)

सन् २०१० मा बार्क्ली १७ वर्षको उमेरमा इङ्ल्यान्डको प्रिमियर लिग नामक एक सर्वोच्च फुटबल लिग मार्फत व्यावसायिक फुटबल खेलजीवनको सुरुवात गरेका थिए। सन् २०१० देखि सन् २०१८ सम्मको अवधिमा बार्क्लीले क्लबका लागि कुल १७९ उपस्थितिहरूमा जम्मा २७ गोल गर्न सफल भएका थिए। सन् २०१२ मन उनी इङ्ल्यान्डको च्याम्पियनसिप नामक दोस्रो सर्वोच्च लिगमा प्रतिस्पर्धा गर्ने सेफिल्ड वेनस्डे नामक फुटबल क्लबमा ऋणमा आवद्ध भएका थिए भने उनले उक्त क्लबसँगको १ वर्षे बसाइँ १३ उपस्थितिहरूमा कुल ४ गोल गर्न सफल भएका थिए। सन् २०१३ मा बार्क्ली च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने लिड्स युनाइटेडमा ऋणमा आवद्ध भएका थिए। सन् २०१८ मा बार्क्लीले प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने क्लब चेल्सीसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए। उक्त क्लबमा आवद्ध भएको वर्ष चेल्सीले एफए कप जित्न सफल भएक‍ थियो भने चेल्सीका लागि सन् २०१९ को युरोपा लिग उपाधि जिताउन बार्क्लीले महत्त्वपूर्ण योगदान दिएका थिए।

बार्क्लीले सन् २००८ मा इङ्ल्यान्ड १६ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए। उनले १६ वर्ष मुनिको राष्ट्रिय टोलीका लागि कुल ७ उपस्थितिहरू जनाएका थिए। सन् २०१३ मा उनले इङ्ल्यान्डको वरिष्ठ राष्ट्रिय टोलीका लागि पहिलो आधिकारिक खेल खेलेका थिए जहाँ उनले सन् २०१४, ब्राजिलमा आयोजित फिफा विश्वकपमा राष्ट्रको प्रतिनिधित्व गर्ने सुवर्ण अवसर प्राप्त गरेका थिए। सन् २०१६, फ्रान्समा आयोजना हुन लागेको युएफा युरोक लागि उनी २३ खेलाडी मध्ये पर्न सफल भएका थिए भने त्यससमय राष्ट्रिय टोलीका प्रशिक्षक रोय होगसन थिए। युरोपा कपमा लागि उनलाई राष्ट्रिय टोलीमा छनोट गरिएतापनि उनले उक्त प्रतियोगितामा कुनै पनि उपस्थितिहरू जनाएका थिएनन्।

क्लब खेलजीवन सम्पादन गर्नुहोस्

एभर्टन सम्पादन गर्नुहोस्

सन् २०१० मा बार्क्ली १७ वर्षको उमेरमा इङ्ल्यान्डको प्रिमियर लिग नामक एक सर्वोच्च फुटबल लिग मार्फत व्यावसायिक फुटबल खेलजीवनको सुरुवात गरेका थिए भने त्यससमय लिगको सन् २०११-१२ संस्करण चलिरहेको थियो।[८] सन् २०११ अगस्ट २० का दिन बार्क्लीले एभर्टनका लागि।पहिलो खेल क्विन पार्क रेन्जर्सको विरुद्धमा खेलेका थिए भने उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण उनी खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए।[९] उक्त क्लबमा आवद्ध भई उत्कृष्ट खेल प्रदर्शन गरेका कारण उनले प्रशंसा प्राप्त गरेका थिए।[१०] सन् २०११ डिसेम्बरमा बार्क्लीले एभर्टनसँगको थप साँढे चार वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[११] सन् २०१२ सेप्टेम्बर १४ का दिन बार्क्लीले च्याम्पियनसिप नामक इङ्ल्यान्डको दोस्रो सर्वोच्च लिगमा प्रतिस्पर्धा गर्ने क्लब सेफिल्ड वेनस्डे १ महिनाका लागि ऋणमा आवद्ध भएका थिए भने सोही दिन उनले युनाइटेडको तर्फबाट ब्राइटन एन्ड होभ एल्भियससँग क्लबको प्रतिनिधित्व गर्दै मैदान उत्रिएका थिए।[१२] उक्त खेलको अर्को हप्ता आयोजित लिग चरणको खेलमा बार्क्लीले बोल्टन वान्डरर्स विरुद्धको खेलमा क्लबको तर्फबाट पहिलो गोल गर्न सफल भएका थिए।[१३] उनले पछि एभर्टनको तर्फबाट नबोलाइएसम्म सोही क्लब रहेर खेलहरूमा सहभागिता जनाएका थिए।[१४] सन् २०१३ मा उनी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने क्लब लिड्स युनाइटेडमा ऋणमा आवद्ध भएका थिए।[१५][१६] सन् २०१३ को जनवरीमा बार्क्लीले युनाइटेडका तर्फबाट बर्न्सलीको विरुद्ध पहिलो खेल खेलेका थिए।[१७][१८][१९]

चेल्सी सम्पादन गर्नुहोस्

 
सन् २०१८ मा बार्क्ली चेल्सीको तर्फबाट खेल्दै

सन् २०१८ जनवरी ५ का दिन बार्क्लीले इङ्ल्यान्डको प्रिमियर लिग नामक सर्वोच्च लिगमा प्रतिस्पर्धा गर्ने क्लब चेल्सीसँगको साँढे पाँच वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए भने उनी १ करोड पचास लाख युरोको लागतमा चेल्सीमा भित्रिएका थिए।[२०][२१] चेल्सीमा आवद्ध भएपछि उनले ८ नम्बरे खेफ पोशाक लगाउन सुरु गरेका थिए जुन सङ्ख्याको पोशाक उनले एभर्टनमा छँदा पनि लगाउने गरेका थिए।[२२][२३] सन् २०१९ जनवरी २४ का दिन बार्क्लीले इएफएल कप नामक एक प्रतियोगितामा चेल्सीको तर्फबाट आर्सनल विरुद्ध पहिलो खेल खेलेका थिए तर उक्त खेलमा चेल्सी २-१ गोल अन्तरले पराजित भएको थियो भने उक्त खेलमा उनी घाइते भएका विलियानलाई प्रतिस्थापन गर्दै मैदान उत्रिएका थिए।[२४][२५] १ फेब्रुअरी २०१८ का दिन बार्क्लीले चेल्सीको तर्फबाट प्रिमियर लिगमा एएफसी बोर्नमाउथ विरुद्धको खेलमा पर्दापण गरेका थिए भने खेलमा चेल्सी ३-० गोल अन्तरले पराजित हुन पुगेको थियो। [२६][२७]

चेल्सीका नयाँ प्रबन्धक माउरिच्यो सारीको नेतृत्वमा रहेको चेल्सीको तर्फबाट प्रिमियर लिगको एक खेलमा बार्क्लीले सन् २०१८ अक्टोबर ७ का दिन आयोजित साउथह्याम्पटन विरुद्धको खेलमा पहिलो गोल गर्न सफल भएका थिए भने यसको साथै चेल्सीले सन् २०१८-१९ को प्रिमियर लिग संस्करणको सुरुवाती खेलमा ३-० गोल अन्तरले जित हासिल गर्दै निकै उत्कृष्ट प्रिमियर लिग संस्करण सुरु गरेको थियो।[२८] सन् २०१८ अक्टोबर २० का दिन आयोजित म्यानचेस्टर युनाइटेड विरुद्धको खेलमा बार्क्लीले खेल सकिने केही समय अगाडि बराबरी गोल फर्काइ खेललाई बराबरीमा ल्याएका थिए।[२९] अक्टोबर २८ का दिन आयोजित बर्नली विरुद्धको।खेलमा बार्क्लीको एक गोलको सहायताले चेल्सीले बर्नलीलाई ४-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[३०] सन् २०१९ फेब्रुअरी १५ का दिन आयोजित युरोपा लिग अन्तर्गत माल्मु विरुद्धको खेलमा बार्क्लीले पहिलो युरोपेली प्रतियोगितामा गोल गर्न सफल भएका थिए भने उक्त खेल चेल्सीले २-१ गोल अन्तरले जित्न सफल भएको थियो।[३१][३२][३३]

अन्तर्राष्ट्रिय खेलजीवन सम्पादन गर्नुहोस्

 
सन् २०१२ मा बार्क्ली १९ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट खेल्दै

बार्क्लीले एक अङ्ग्रेजी अन्तर्राष्ट्रिय फुटबल खेलाडीको रूपमा इङ्ल्यान्डका १६,१७,१८,१९,२० र २१ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेकम छन् भने उनले वरिष्ठ राष्ट्रिय टोलीको पनि विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिनिधित्व गर्दै आएका छन्।[३४] बार्क्लीले सन् २००८ मा इङ्ल्यान्ड १६ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए। उनले १६ वर्ष मुनिको राष्ट्रिय टोलीका लागि कुल ७ उपस्थितिहरू जनाएका थिए। सन् २००९ मा आयोजित तोनुवा दे मोन्तेजी नामभ एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बार्क्लीले १६ वर्ष मुनिको राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका थिए भने उक्त प्रतियोगिताको अन्तिम खेलमा राष्ट्रिय टोलीले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिता उपाधि जित्न सफल भएको थियो।[३५] सन् २०१० मा आयोजित युएफा युरोपेली यु-१७ च्याम्पियन्सिप नामक एक अन्तर्राष्ट्रिय प्रतियोगितामा इङ्ल्यान्डले स्पेनलाई अन्तिम खेलमा पराजित गर्दै उपाधि जित्न सफल भएको थियो भने उपाधि जितका लागि बार्क्लीले महत्त्वपूर्ण योगदान दिएका थिए।[३६]

सन् २०११ को अगस्ट महिनामा बार्क्लीलाई २१ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने बोलाइएको थियो।[३७] सन् २०१३, तुर्कीमा आयोजित फिफा यु-२० विश्वकपका लागि राष्ट्रिय टोली गठन गर्ने समयमा बार्क्लीलाई पनि २१ पुरुषको टोलीमा समावेश गरिएको थियो भने यस टोलीको प्रशिक्षक पद पिटर टेलरले सम्हालेका थिए।[३८] प्रतियोगिता सुरु हुनु भन्दा अगाडि सन् २०१३ जुन १६ का दिन उनले उरुग्वे विरुद्धको खेलमा राष्ट्रिय टोलीले इङ्ल्यान्डलाई ३-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[३९] सन् २०१३ अगस्ट १३ का दिन स्कटल्यान्ड विरुद्ध आयोजित खेलमा बार्क्लीले २१ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट पहिलो गोल गरेका थिए भने उक्त खेल राष्ट्रिय टोलीले ६-० को फराकिलो गोल अन्तरले हात पार्न सफल भएको थियो। [४०]

सन् २०१३ को अगस्ट महिनामा बार्क्लीलाई इङ्ल्यान्डको वरिष्ठ टोलीको प्रतिनिधित्व गर्ने बोलाइएको थियो।[४१] सन् २०१४, ब्राजिलमा आयोजना हुन लागेको फिफा विश्वकप संस्करणका लागि राष्ट्रिय टोली गठन गर्ने समयमा बार्क्लीलाई पनि २१ पुरुषको टोलीमा समावेश गरिएको थियो।[४२] राष्ट्रिय टोलीको तर्फबाट बार्क्लीले उक्त टोलीमा आवद्ध भएको अर्को महिना पहिलो उपस्थिति जनाएका थिए जहाँ मल्दोभा विरुद्धको विश्वकप छनोट खेलमा उनी ज्याक विल्सेरलाई विस्थापित गर्दै मैदान उत्रिएका थिए। मल्दोभाको विरुद्ध आयोजित खेलमा राष्ट्रिय टोलीले मल्दोभालाई ४-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[४३] बार्क्लीले सन् २०१४ ब्राजिलमा आयोजपित फिफा विश्वकपमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए भने उनले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा इटालीको विरुद्ध राष्ट्रको प्रतिनिधित्व गरेका थिए जहाँ राष्ट्रिय टोलीले इटाली विरुद्धको खेलमा २-१ गोल अन्तरले पराजित हुन पुगेको थियो।[४४] उनले इङ्ल्यान्डका लागि कोस्तारिका विरुद्ध पुरै ९० मिनेट खेल खेलेका थिए। सज् २०१६ को युएफा युरो कप छनोट खेल अन्तर्गत सन् २०१५ सेप्टेम्बरमा बार्क्लीले सान मारिनो विरुद्धको खेलमा वरिष्ठ राष्ट्रिय टोलीको तर्फबाट पहिलो गोल गर्न सफल भएका थिए भने उक्त खेल राष्ट्रिय टोलीले ६-० को फराकिलो गोल अन्तरले हात पारेको थियो।[४५]

खेलजीवन तथ्याङ्क सम्पादन गर्नुहोस्

क्लब सम्पादन गर्नुहोस्

अद्यावधिक ४ अक्टोबर २०२०
क्लबका लागि जनाएको उपस्थिति तथा गरेका गोलहरू
क्लब संस्करण लिग एफए कप लिग कप युरोप अन्य जम्मा
विभाग उपस्थिति गोलहरू उपस्थिति गोलहरू उपस्थिति गोलहरू उपस्थिति गोलहरू उपस्थिति गोलहरू उपस्थिति गोलहरू
एभर्टन फुटबल क्लब २०१०–११[४६] प्रिमियर लिग
२०११–१२[४७] प्रिमियर लिग
२०१२–१३[४८] प्रिमियर लिग
२०१३–१४[४९] प्रिमियर लिग ३४ ३८
२०१४–१५[५०] प्रिमियर लिग २९ [क] ३६
२०१५–१६[५१] प्रिमियर लिग ३८ ४८ १२
२०१६–१७[५२] प्रिमियर लिग ३६ ३९
जम्मा १५० २१ १२ १२ १७९ २७
सेफिल्ड वेनस्डे (ऋण) २०१२–१३[४८] इएफएल च्याम्पियनसिप १३ १३
लिड्स युनाइटेड (ऋण) २०१२–१३[४८] Championship
चेल्सी २०१७–१८[५३] प्रिमियर लिग
२०१८–१९[५४] प्रिमियर लिग २७ १२[क] [ख] ४८
२०१९–२०[५५] प्रिमियर लिग २१ [ग] [घ] ३१
२०२०–२१[५६] प्रिमियर लिग
जम्मा ५२ १५ ८६ ११
एस्टन भिल्ला (ऋण) २०२०–२१[५६] प्रिमियर लिग
कुल २२० ३० २१ २० २० २८३ ४३
  1. १.० १.१ युरोपा लिगमा जनाएको उपस्थिति सहित
  2. एफए कम्युनिटी सिल्डमा जनाएको उपस्थिति सहित
  3. युएफा च्याम्पियन्स लिगमा जनाएको उपस्थितिहरू सहित
  4. युएफा सुपर कपमा जनाएको उपस्थिति सहित

अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

अद्यावधिक १४ अक्टोबर २०१९[५७]
राष्ट्रिय टोलीका लागि जनाएको उपस्थिति तथा गरेका गोलहरू
राष्ट्रिय टोली वर्ष उपस्थिति गोल
इङ्ल्यान्ड २०१३
२०१४
२०१५
२०१६
२०१८
२०१९
जम्मा ३३

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Updated squads for 2017/18 Premier League confirmed", Premier League, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 
  2. "Ross Barkley", 11v11.com, AFS Enterprises, अन्तिम पहुँच १२ अप्रिल २०२० 
  3. "Ross Barkley: Overview", Premier League, अन्तिम पहुँच १२ अप्रिल २०२० 
  4. "Pundits purr over 'Gascoigne-like' Barkley in 2016", BBC Sport, ५ जनवरी २०१८, अन्तिम पहुँच १२ अप्रिल २०२० 
  5. "England's matches: The under 19's: 2010–20", England Football Online, ९ अप्रिल २०१९, अन्तिम पहुँच ६ अगस्ट २०१९ 
  6. "England's matches: The under 20's", England Football Online, ११ जुन २०१९, अन्तिम पहुँच ६ अगस्ट २०१९ 
  7. "England's matches: The under 21's: 2010–20", England Football Online, २४ जुन २०१९, अन्तिम पहुँच ६ अगस्ट २०१९ 
  8. "Cahill Speaks To GrandOldTeam", GrandOldTeam, मूलबाट ९ अगस्ट २०११-मा सङ्ग्रहित। 
  9. Lewis, Andy (२० अगस्ट २०११), "Barkley handed debut", Everton F.C., मूलबाट २५ अगस्ट २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अगस्ट २०११  वेब्याक मेसिन अभिलेखिकरण ११ अक्टोबर २०१२ मिति
  10. "Transfer deadline quotes of the day", BBC Sport, ३१ अगस्ट २०११, अन्तिम पहुँच ३१ अगस्ट २०११ 
  11. "Teenager Ross Barkley signs long-term Everton contract", BBC Sport, १६ डिसेम्बर २०११, अन्तिम पहुँच १७ डिसेम्बर २०११ 
  12. "Sheffield Wednesday sign Everton's Ross Barkley on loan", BBC Sport, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१२ 
  13. "Brighton 3–0 Sheff Wed". BBC Sport. 14 September 2012. Retrieved 27 October 2012.
  14. "Sheffield Wed 1–2 Bolton". BBC Sport. 22 September 2012. Retrieved 22 September 2012.
  15. "Everton's Ross Barkley extends Sheffield Wednesday loan". BBC Sport. 22 October 2012. Retrieved 27 October 2012.
  16. "Barkley To Return To Blues", Everton F.C., मूलबाट २२ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २२ नोभेम्बर २०१२ मिति
  17. "Barkley Loaned To Leeds", Everton F.C., ११ जनवरी २०१३, मूलबाट २२ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण १५ जनवरी २०१३ मिति
  18. "Everton midfielder arrives on loan", Leeds United F.C., ११ जनवरी २०१३, मूलबाट १३ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जनवरी २०१३ 
  19. "Barnsley vs Leeds", Leeds United F.C., १२ जनवरी २०१३, मूलबाट ४ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २०१३ 
  20. "Barkley joins the Blues", Chelsea F.C., ५ जनवरी २०१८। 
  21. "Ross Barkley: Chelsea sign midfielder from Everton for £15m", BBC Sport, ५ जनवरी २०१८, अन्तिम पहुँच ५ जनवरी २०१८ 
  22. "Chelsea announce signing of Ross Barkley from Everton in £15m deal", The Guardian, ५ जनवरी २०१८। 
  23. "Mayor refers Barkley transfer to police", BBC News, १० जनवरी २०१८। 
  24. "Ross Barkley transfer: 'No fraud' in Everton to Chelsea move", BBC Sport, १६ जनवरी २०१८, अन्तिम पहुँच १७ जनवरी २०१८ 
  25. "Report: Arsenal 2 Chelsea 1 (2–1 on agg)", Chelsea F.C., २४ जनवरी २०१८। 
  26. "Chelsea Suffer Shock 3–0 Defeat to Bournemouth in Premier League Action", Bleacher Report (Turner Broadcasting System), १ फेब्रुअरी २०१८। 
  27. "Chelsea 1-0 Manchester United", BBC Sport, १९ मे २०१८, अन्तिम पहुँच ३० सेप्टेम्बर २०२० 
  28. "Ross Barkley takes chance as Blues pose mount title threat: five things we learned from Chelsea vs Southampton", The Independent, ८ अक्टोबर २०१८। 
  29. "REPORT: CHELSEA 2 MANCHESTER UNITED 2", Chelsea F.C., २१ अक्टोबर २०१८। 
  30. "REPORT: BURNLEY 0 CHELSEA 4", Chelsea F.C., २८ अक्टोबर २०१८। 
  31. "Malmo 1-2 Chelsea: Ross Barkley scores first European goal in Europa League last-32 first leg", Sky Sports, १५ फेब्रुअरी २०१९। 
  32. "Chelsea 3-0 Malmo (5-1 aggregate): Maurizio Sarri's side ease into Europa League last 16 first leg", Sky Sports, २१ फेब्रुअरी २०१९। 
  33. Bevan, Chris (२९ मे २०१९), "Chelsea 4–1 Arsenal", BBC Sport, अन्तिम पहुँच ३० सेप्टेम्बर २०२० 
  34. "FA.com Profile: Ross Barkley", The Football Association, अन्तिम पहुँच ८ अगस्ट २०११ 
  35. "England retain Montaigu title", The Football Association, १३ अप्रिल २००९, अन्तिम पहुँच ८ अगस्ट २०११ 
  36. "England comeback seals U17 crown", UEFA, ३० मे २०१०, अन्तिम पहुँच ८ अगस्ट २०११ 
  37. "Final squad named". The Football Association. 28 May 2013. Retrieved 17 June 2013.
  38. "Training win for Three Lions". The Football Association. 16 June 2013. Retrieved 17 June 2013.
  39. "England Under-21s thrash Scotland 6–0 in friendly". BBC Sport. 13 August 2013. Retrieved 13 August 2013.
  40. "Andros Townsend and Ross Barkley in England squad". BBC Sport. 27 August 2013. Retrieved 27 August 2013.
  41. "England 4–0 Moldova". BBC Sport. 6 September 2013. Retrieved 10 September 2013.
  42. "England World Cup squad 2014: Ross Barkley and Raheem Sterling called up", The Guardian (London), १२ मे २०१४, अन्तिम पहुँच १४ मे २०१४ 
  43. McNulty, Phil (१६ जुन २०१४), "England 1–2 Italy", BBC Sport, अन्तिम पहुँच १९ अक्टोबर २०१४ 
  44. "Costa Rica 0–0 England", BBC Sport, २४ जुन २०१४, अन्तिम पहुँच ४ अप्रिल २०१५ 
  45. McNulty, Phil (५ सेप्टेम्बर २०१५), "San Marino 0–6 England", BBC Sport, अन्तिम पहुँच ७ अप्रिल २०१६ 
  46. "सन् २०१०/२०११ मा रोज बार्क्लीद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ३ अक्टोबर २०२० 
  47. "सन् २०११/२०१२ मा रोज बार्क्लीद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ३ अक्टोबर २०२० 
  48. ४८.० ४८.१ ४८.२ "सन् २०१२/२०१३ मा रोज बार्क्लीद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ३ अक्टोबर २०२० 
  49. "सन् २०१३/२०१४ मा रोज बार्क्लीद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ३ अक्टोबर २०२० 
  50. "सन् २०१४/२०१५ मा रोज बार्क्लीद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ३ अक्टोबर २०२० 
  51. "सन् २०१५/२०१६ मा रोज बार्क्लीद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ३ अक्टोबर २०२० 
  52. "सन् २०१६/२०१७ मा रोज बार्क्लीद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ३ अक्टोबर २०२० 
  53. "सन् २०१७/२०१८ मा रोज बार्क्लीद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ३ अक्टोबर २०२० 
  54. "सन् २०१८/२०१९ मा रोज बार्क्लीद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ३ अक्टोबर २०२० 
  55. "सन् २०१९/२०२० मा रोज बार्क्लीद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ३ अक्टोबर २०२० 
  56. ५६.० ५६.१ "सन् २०२०/२०२१ मा रोज बार्क्लीद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ३ अक्टोबर २०२० 
  57. "Barkley, Ross", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच ३ अक्टोबर २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्