रिडी
पश्चिम नेपालको तानसेन बजारदेखि ३६ किलोमिटर उत्तर-पश्चिममा पर्ने गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलबाट बग्ने पवित्र कालीगण्डकी र गण्डकीको तिरमै अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण स्थल | यहा मणिमुकुन्द सेन द्वारा प्रतिस्थपित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण ऋषिकेश मन्दिर छ | माघ महिनाको पहिलो दिन (माघे संक्रान्ति) दिन बिहानैदेखि कालीगण्डकीमा स्नान गरी ऋषिकेश मन्दिरमा पूजाअर्चना गर्नेको घुइँचो लाग्छ । कालीगण्डकीमा स्नान गरी ऋषिकेशको दर्शन गर्दा चारधाम गएबराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन उक्त मेलामा आउँछन् । माघे संक्रान्ति मेला रिडी (रूरू क्षेत्र)मा तीन दिन लाग्छ । धेरै भक्तजनको उपस्थिति रहने उक्त मेला पहिले ३ दिनसम्म लाग्ने मकरमेलाको आकर्षण बढ्दै गएपछि केही वर्ष यता मकरमेला ५ दिनसम्म लाग्ने गरेको छ । रूरू क्षेत्र कृषकका लागि आवश्यक सामग्री दरी, काम्लो, ठेकी आदि किनबेच गर्ने व्यापारिकस्थलका रूपमा पनि परिचित छ ।
[१] पाल्पा /रिडि
ऋषिकेश मन्दिर/ रिडि क्षेत्र:
-पाल्पाका राजा मुकुन्द सेनले बनाएको अति प्राचीन ऋषिकेश मन्दिर कालिगण्डकि
नदिको पश्चिम तटमा अबश्थित छ ।
-भनिन्छ सत्य युगमा रूरू ऋषिले भगवान विष्णुको तपस्या गरी प्रसन्न तुल्याई
ऋषिकेशव नामका भगवान बिष्णुको साक्षात् मुर्ति स्थनपना गरेपछि मुकुन्द सेनले काली गण्डकिमा स्नान गर्दा यो मुर्ति भेटिएकोले त्यसको केही पर उच्च स्थानमा मन्दिर निर्माण गरी मुर्ति स्थापना गराईएको थियो ।
-रूरू ऋषिले तपस्या गरेको यो ठाउँलाई रूरू क्षेत्र वा रिडि भनिन्छ । - माघे शन्क्रान्तिमा रिडिमा लाग्ने ठूलो मेलामा नेपाल, भारत बर्मा, श्रीलंकाबाट
हिन्दु धर्मावलम्बीहरूको घुईचो लाग्ने गर्छ ।
- यो दिन ऋषिकेशव मुर्तिलाई रिडि बजारमा परिक्रमा गराईन्छ । - ज्ञानको प्रचार प्रसार तथा धार्मिक महत्त्वका कारणले रिडिलाई नेपालको वनारस
पनि भनिन्छ । रबि घिमिरे- मुसिकोट -४ गुल्मि