नरेन्द्रदेव (वि सं ६९९-७३५) शिवदेव प्रथमका नाति तथा उदयदेवका पुत्र थिए ।

नरेन्द्रदेव
नेपालका राजा
शासनकालवि सं ६९९-७३५
राज्याभिषेक६९९
पूर्वाधिकारीभीमर्जुनदेव
उत्तराधिकारीशिवदेव द्वितीय
जन्मविसं ६८१
मृत्युवि सं ७३५
वंशलिच्छवि वंश
बाबुउदयदेव
धर्महिन्दु

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

अंशुवर्माको निधन पछि वि.सं. ६७९ म गद्दीमा बसेका उदयदेवलाई दुई वर्षपछी भाइ ध्रुवदेव तथा गुप्त सामन्त जिष्णुगुप्तले पदच्युत गरेपछी उदयदेवले सपरिवार तिब्बतको शरणमा गएका थिए । त्यस समय नेपालको दरबारमा राजा ध्रुवदेव र सामन्त जिष्णुगुप्तको द्वैध शासन चलेको थियो । उदयदेवको निधन तिब्बतमै भयो, उनका छोरा नरेन्द्रदेवले चाहिँ वि सं ६८१ देखि ६९८ सम्म अर्थात् १७ वर्षसम्म[स्रोत नखुलेको] तिब्बतमा निर्वासित जीवन बिताए ।

अधिकार प्राप्ती सम्पादन गर्नुहोस्

ध्रुवदेवका उत्तराधिकारी भीमार्जुनदेव भए । उनी राजा ध्रुवदेवका छोरा थिए । उता जिष्णु गुप्तको मृत्यु पछि उनका छोरा विष्णु गुप्त आफ्नो पिताको ठाउँमा आए । उनले भीमार्जुनदेवसँग संयुक्त शासन चलाए । नरेन्द्रदेवले वि सं ६९९ मा तिब्बतको समेत सहायता लिई नेपालको द्वैध शासन समाप्त पारेर पैतृक गद्दीमा अधिकार जमाए । उनले विष्णु गुप्तलाई खत्तम गरी भीमर्जुनदेवलाई गद्दीबाट हटाउन सफल भइ आफ्नो हातमा राज्यको अधिकार लिए ।[१]

अरुणाश्व विरुद्धको युद्ध सम्पादन गर्नुहोस्

वि सं ७०३ मा उत्तर भारतका सम्राट हर्षवर्द्धनका सामन्त अरुणाश्वले चिनियाँ राजदूत वाङ्युन्चेलाई अपमानित गरे । [२] त्यसरी चिनियाँ राजदूतको अपमान गरेको थाहा पाएर चिनियाँ सेनाले उत्तर भारतमाथी आक्रमण गर्यो । नेपालका राजा नरेन्द्रदेवले राजा हर्षवर्द्धनको मृत्युु पछी भारतका राजा भएका अरुणाश्वको विरुद्ध चीनलाई मद्दत गर्ने निर्णय गरे । वि सं ७०० मा चिनियाँ राजदूत लि. पिआओले भारतको भ्रमण गर्दा नेपालमा पनि आएर बसेका थिए । त्यसरी चीन र नेपालको सम्बन्ध राम्रो हुन गएको थियो ।

नरेन्द्रदेवले आफ्नो तर्फबाट ७००० जवान घोडचढी चिनियाँ सेनामा थप गरी पठाए । चीनबाट भारतमा आक्रमण गर्न भनी १२०० घोडचढी रवाना भएका मा राजा नरेन्द्रदेवले ७००० घोडचढी थप गरे । मध्य भारतमा नेपाली सेनाले आक्रमण गरी राजधानीमा तीन दिन सम्म घेराउ गरिदिए । त्यसरी राजधानीमा घेराउ भएकाले राजा अरुणाश्व पलायन भए । त्यो युद्ध मा १३००० भारतीय योद्धाले ज्यान गुमाए । फेरि भागेर गएका अरुणाश्वले पुनः आक्रमण गर्दा थप १००० मानिस मारिएर अरुणाश्व कैद भए । यो कुरा ताङ्वृतान्तमा स्पष्ट लेखिएको छ ।

रातो मछिन्द्रनाथ सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ ६९
  2. हितनारायण झा,द लिच्छविज, पृष्ठ १५१
पूर्वाधिकारी
भीमार्जुनदेव
नेपालको राजा
वि सं ६९९-७३५
उत्तराधिकारी 
शिवदेव द्वितीय