नेपालका राजा
नेपालका राजा (परम्परागत रूपमा श्री ५ महाराजधिराजको रूपमा परिचित) वि.सं १९२५ देखि २०६५ सम्म नेपाल अधिराज्यको राष्ट्रप्रमुख थिए। नेपालका राजाले शाह वंशका प्रमुख समेत थिए भने नेपालको पहिलो संविधानसभाले २०६५ जेठ १५ गतेका दिन २४० वर्षे लामो राजतन्त्रको अन्त्य गरेको थियो।[१] महेन्द्रले वि.सं २०१९ सालमा रजौटा उन्मुलन गर्दै सल्यान, बझाङ, जाजरकोट र मुस्ताङमा मानार्थ राजा कायम गरेका थिए। नेपालको जनआन्दोलन २०६३ पश्चात् यी चारै मानार्थ राजाहरूको पदवी स्वत अन्त्य भएको थियो।[२]
नेपालको श्री ५ महाराजधिराज | |
---|---|
विवरण | |
शैली | महाराजधिराज |
पहिलो राजा | श्री ५ महाराजधिराज पृथ्वीनारायण शाह |
अन्तिम राजा | ज्ञानेन्द्र वीर विक्रम शाह |
गठन | १८२५ असोज १३ |
उन्मूलन | २०६५ जेठ १५ |
निवास | नारायणहिटी दरबार, काठमाडौँ, नेपाल |
नियुक्तिकर्ता | वंश गत |
दावीकर्ता | महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह |
इतिहास
सम्पादन गर्नुहोस्नेपाल अधिराज्य श्री ५ बडामहराजधिराज पृथ्वीनारायण शाहले १८२५ असोज १३ मा स्थापित गरेका थिए।[३] गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले, नेपालको एकीकरणको क्रममा काठमाडौँ, पाटन, र भक्तपुरमा विजयी हासिल गर्दै उक्त राज्यहरूलाई आफ्नो राज्यमा गाभेका थिए। नेपाल अधिराज्य विधिवत एक निरपेक्ष राजतन्त्रात्मक राज्य थियो। तथापि, १९०३ देखि सम्म सात सालको क्रान्ति, सम्म देश जहानीया राणा शासनको नियन्त्रणमा रहेको थियो। ४६ सालको जनआन्दोलन पछि देशमा नयाँ संविधान लागू गरिएको थियो र देश संवैधानिक राजतन्त्रात्मक राष्ट्रमा परिणत भएको थियो।
२०५२ फागुन १ मा नेपाली कम्युनिष्ट पार्टी (माओवादी) द्वारा नेपाली गृहयुद्धको सुरुवात भएको थियो जसको उद्देश भनेको राज्यलाई परास्त गर्ने र "जनगणतन्त्र"को स्थापना गर्नु थियो।[४] २०६१ माघ १९ मा गृहयुद्धमा सुरक्षाको स्थिति बिग्रिएपछि राजा ज्ञानेन्द्रले आपतकालिन अवस्थाको घोषणा गरेका थिए जस पश्चात् राजाले संविधानलाई स्थगित गर्दै देशमाथि प्रत्यक्ष नियन्त्रण लिन थालेका थिए।[५] २०६३ वैशाख ११ मा, नेपालको जनआन्दोलन २०६३ पश्चात्, राजा पूर्ण शक्ति त्याग गर्न र विघटित प्रतिनिधि सभा पुनःस्थापित गर्न सहमत भएका थिए।२०६३ मङ्सिर ५ मा, विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरिएसँगै जनयुद्ध समाप्त भएको थियो।[६] २०६३ माघ १ मा, राजालाई नवगठित अन्तरिम विधायिकाले आफ्नो कर्तव्य प्रयोग गर्नबाट निलम्बित गरेको थियो। अन्ततः २०६५ जेठ १५ राजालाई पहिलो संविधानसभाले औपचारिक रूपमा खारेज गरेको थियो र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको थियो।[७]
दरबार हत्याकाण्ड
सम्पादन गर्नुहोस्२०५८ जेठ १९ मा, राजा वीरेन्द्रको वंश नाश हुने गरि शाही परिवारमा एक हत्याकाण्ड घटेको थियो।[८] यस घटनामा युवराज दीपेन्द्रको हात रहेको बताइन्छ।[९] यस हत्याकाण्डलाई नेपालको एक विवादास्पद हत्याकाण्डको रूपमा लिइन्छ। दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली प्रहार गरि हत्या गरेको र पछि आफैँलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएको थियो।[१०] तथापि, यो प्रतिवेदन प्रतिको विश्वास न्युन रहेको छ। हत्याकाण्ड पश्चात्, दीपेन्द्र कोमामा हुँदा उनलाई राजा घोषित गरिएको थियो। राजा घोषित भएको तीन दिन पश्चात् उनको निधन भएको थियो।[११] त्यस पछि उनका काका, ज्ञानेन्द्र नेपालको राजामा नियुक्त भएका थिए।
टिप्पणी
सम्पादन गर्नुहोस्पृथ्वीनारायण शाह "एकीकृत" नेपालका पहिलो शासक थिए। यद्यपि, १८२५ भन्दा अघिनै आधुनिक नेपालमा विभिन्न साना राज्यहरू थिए जसमध्ये शाह राजाहरूले उनीहरूमध्ये केही (विशेष गरी गोरखामा) शासन गरिरहेका थिए। त्यसकारण शाह वंशको वास्तविक इतिहास पृथ्वीनारायण शाह भन्दा धेरै पहिले नै रहेको छ।[१२]
शाही निशान
सम्पादन गर्नुहोस्-
नेपालको शाही निशान, १९८४
-
नेपालको शाही निशान, २०२५
-
नेपालको शाही निशान, २०५७
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "आज लोकतन्त्र दिवस, २४० वर्षे राजतन्त्र ढलेको १३ वर्ष पूरा"। डिसी नेपाल (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ चिरञ्जीवी ढुङ्गाना। "मुस्ताङी राजाको अन्तिम वाक्य यस्तो थियो.."। अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "पृथ्वीनारायण शाह साम्राज्यवादी तानाशाह की राष्ट्र निर्माता ?"। क्यापिटल एफएम (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "जनयुद्ध सुरु गर्ने दिन प्रचण्ड र बाबुराम कहाँ थिए ? (भिडियोसहित)"। नागरिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति ३ जनवरी २०२१।
- ↑ "माघ १९: ज्ञानेन्द्र शाहको त्यो 'राजनीतिक कु'"। देश सञ्चार (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "अनुसूची ४ – नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता" (नेपाली) भाषा)। नेपाल कानुन आयोग। सङ्ग्रह मिति ३ जनवरी २०२१।
- ↑ "संघीय लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव संसदबाट पारित"। बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "दरबार हत्याकाण्ड: यी हुन् नेपालमा सत्ता परिवर्तन गराउने चर्चित घटना"। अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "जेठ १९ को त्यो आधा घण्टा जसले सर्वनाश गर्यो (सन्दर्भ दरबार हत्याकाण्ड)"। पहिलो पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको 'घटनाको यथार्थ विवरण'"। नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "बन्द नभएको एउटा अध्याय"। कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ "नेपालको इतिहास", मूलबाट २००९-०८-१६-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २००९-०८-१६ मिति