शिवदेव प्रथम लिच्छवी वंशका एक राजा थिए जसले नेपालमा लगभग सन् ५९० देखि ६०५ सम्म शासन गरे उनी मानदेव द्वितीयका छोरा थिए र कैलाशकुट भवन भनिने नौ तले दरबारमा बस्थे।[१]

शिवदेव प्रथम
नेपाल मण्डलको राजा
शासनकाल५९०–६०५
पूर्वाधिकारीधर्मदेव
उत्तराधिकारीअम्शुवर्मा
सन्तान
वंशलिच्छवि
बाबुमानदेव द्वितीय
धर्महिन्दु धर्म

सन् ५९८ मा, एक सामन्ती शासक, अम्शुवर्मा, जो वैश्य वंशका थिए, एक प्रभावशाली अधिकारीको पदमा पुगे र महाराजाधिराजको उपाधि ग्रहण गरे। अम्शुवर्माको उदयको प्रतिरोध गर्नुको सट्टा, उनले आफ्नी छोरीको विवाह उनीसँग गरे। उनको मृत्युपछि उनका ज्वाइँ अम्शुवर्मा राजा भए।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Kessler, P. L., "Kingdoms of South Asia - Nepal", The History Files (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  2. Shrestha, D.B. (१९७२), The History of Ancient and Medieval Nepal, पृ: ११।