रणमत्त महाचील
रणमत्त महाचील (Aquila heliaca) दक्षिणपूर्वी युरोप हुँदै पश्चिम तथा मध्य एसियासम्ममा पाइने चिलको एक प्रजाति हो। यसको प्रजाति हिउँदमा बसाई सरेर अफ्रिका, मध्य पूर्व, दक्षिण तथा पूर्वी एसियासम्म जाने गर्छन।[२] यसलाई अङ्ग्रेजीमा इस्टर्न इम्पेरियल इगल (Eastern Imperial Eagle) भनिन्छ।
रणमत्त महाचील | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | A. heliaca
|
वैज्ञानिक नाम | |
Aquila heliaca स्याभिग्नी, १८०९ | |
पर्याय | |
Aquila heliacea heliacea |
विबरणसम्पादन
रणमत्त महाचील ठूलो नापको मजुबुत शरीर भएको महाचील जसका लामा र चौडा पखेटाहरू, लामोलामो पुच्छर तथा प्रष्ट रूपले बाहिर निस्किएको टाउको र घाँटी भएको हुन्छ। वयस्क रणमत्त महाचीलको लम्बाई ६८ देखि ९० सेन्टिमिटर (२७ देखि ३५ इन्च) पंखेटा फिजाउँदा १.७६ देखि २.१६ मिटर ( ५ फिट ९ इन्च देखि ७ फिट १ इन्च) सम्म हुन्छ। यसले आकाशिँदा हावामा तैँरिदा पखेटाहरू सीधा राख्ने गर्छ। वयस्क रणमत्त महाचीलको पखेटाको माथिल्लोभाग प्राय: एकनासको, काँधका प्वाँखहरूमा साना सेता टाटाहरू तथा सुनौलामैला तालु र गर्दन साथै दुई रङ भएको पुच्छर हुन्छ। बच्चा रणमत्त महाचीलको पखेटाको पङ्खाधार प्रष्ट रूपले मोडिएको, मुख्य पखेटाको भित्री भागमा फिक्का किलाकार चिन्ह, ठाडा धर्कापूर्ण मैलामैला शरीर रथा पङ्खढकनी, एकनासको फिक्का नितम्ब र ढाड साथै पखेटाको माथिल्लो, मध्य तथा मुख्य पङ्खढकनीमा सेता टुप्पाहरू भएको हुन्छ।
वितरण तथा वासस्थानसम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ BirdLife International (२०१२), "Aquila heliaca", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच १६ जुलाई २०१२।
- ↑ Ferguson-Lees, J.; Christie, D. (२००१), Raptors of the World, Houghton Mifflin Harcourt, आइएसबिएन 0-618-12762-3।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा Aquila heliaca सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : Aquila heliaca |
- पन्छी जीवन प्रजाति तथ्यपान्ना पोडिसेप्स क्रिस्टाटस
- "एभीबेसमा", एभीबेस।
- "इन्टरनेट चरा सङ्कलन सम्बन्धित मिडियाहरू", इन्टरनेट चरा सङ्कलन।
- भिरियो तस्वीर सङ्ग्रह भिरियोमा (ड्रेक्सल विश्वविद्यालय)
- Aquila heliacaको दायरा आइयुसीएन रातो सूची नक्सामा
- रेकर्ड गरिएको आवाज Eastern imperial eagle जेनो-कान्टोमा