याज्ञसेनी
याज्ञसेनी (अङ्ग्रेजी: en:Yajnaseni (Play) सुमन पोखरेलद्वारा लेखिएको एउटा नेपाली नाटक हो । यो नाटक प्रतिभा रायद्वारा उडिया भाषामा लेखिएको सोही शीर्षकको उपन्यासमा आधारित रहेको छ । सुमन पोखरेलले दृष्यमा याज्ञसेनीलाई मात्र ल्याएर उपन्यासलाई सोलो नाटकका रूपमा रूपान्तरण गरेका हुन् ।[१] [२] पोखरेलले रायको उपन्यासको मर्मलाई नछोडी नाटकलाई आफ्नो अलग ढङ्गबाट प्रस्तुत गरेका छन् ।[३]
नाटकमा प्रसिद्ध पौराणिक महाकाव्य महाभारतकी पात्रा याज्ञसेनीका भोगाइ र भावनाहरूको प्रदर्शन रहेको छ । यो नाटकमा महाभारतको कथालाई द्रौपदीका दृष्टीबाट देखाएर नवव्याख्या गरिएको छ ।[१]
यस नाटकलाई स्टेज प्रदर्शनका लागि पहिलोपल्ट आरोहणले तयार गरेको हो । यो नाटक पहिलोपल्ट दुई महिने अमेरिका यात्राको क्रममा सन् २०१६ अक्टोबर २ तारिकमा संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको ड्यालसमा रहेको इर्भिङ आर्ट सेन्टरमा प्रदर्शन भएको थियो । आरोहणले तयार गरेको यो नाटकलाई सुनील पोखरेलले निर्देशन गरेका हुन् । नाटकमा याज्ञसेनीको भूमिकामा निशा शर्माले खेलेकी छन् ।[२] [४]
महाभारतको ठूलो क्यानभास र धेरै चरित्रको कथामा सोलो नाटक तयार पारि नेपाली भाषामा प्रस्तुत गरिएको 'याज्ञसेनी' पुनः कल्याणी कला मण्डलमले ६ दिनसम्म आयोजना गरेको १२औं रामधनु नाटय मेलामा नेपालका तर्फबाट आरोहण गुरुकुलको यस नाटक दोस्रो दिन मञ्चन गरिएको हो ।[५] [६]
कथानक
सम्पादन गर्नुहोस्नाटकमा याज्ञसेनी अर्थात् द्रौपदीको जीवनमा चीरहरणको घटना सधैं अप्रिय बनेर रहयो । युधिष्ठिरले उनलाई जुवामा हारे । दुर्योधनले आफ्नै भाउजूको दु:शासनको हातबाट चीरहरण गर्न लगाउँदा समेत पाँच पाण्डवले केही गर्न सकेनन् । पछि महाप्रस्थानका लागि स्वर्ग जाँदै गर्दा बाटोमा चिप्लिएर लडेकी याज्ञसेनीलाई उनका पाँच पति कसैले उठाउनसमेत चाहेन । सहायताका लागि पुगेका भीमलाई समेत युधिष्ठिरले रोक्छन् र अगाडि बढ्न आदेश दिन्छन् । चिप्लिएर लडेकी याज्ञसेनी हिउँमा पुरिँदै गर्दाको मनोविज्ञानमा रहेर नाटक तयार पारिएको छ ।
नाटकको अन्त्यमा याज्ञसेनीले आफूलाई टुक्रयाएर बाँडिनुको पीडा, महाभारत युद्धमा पाँच छोरा गुमाउनुको पीडा र सभामा चीरहरणको अपमान सहनुपर्दाको पीडालाई सम्झँदै कृष्णलाई गुनासो गर्छिन्, ‘हे कृष्ण, मेरो जीवनमा जे भयो भयो । कुनै पनि नारीको जीवनमा कहिल्यै त्यस्तो नहोस् । कुनै नारीले एकैपल्ट एकभन्दा बढी पति कहिल्यै पनि राख्न नपरोस् । नारीलाई रूपवती बनाऊ तर पुरुषलाई त्यतिबिघ्न कामुक नबनाऊ ।[५]
References
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ शिव शर्मा (आश्विन १७, २०७३), "निशा र सुनिलको जोडीले टेक्सासका नेपालीलाई चखाए नाटकको स्वाद", टेक्सास (अमेरिका): कान्तिपुर, अन्तिम पहुँच डिसेम्बर ११, २०१७। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०६ मिति
- ↑ २.० २.१ "छुट्टाछुट्टै ‘सोलो’ नाटक लिएर अमेरिका जाँदै सुनील-निशा दम्पती", काठमाडौँ: कला सेतोपाटी, बिहीबार, भाद्र ३०, २०७३, अन्तिम पहुँच डिसेम्बर ११, २०१७। वेब्याक मेसिन अभिलेखिकरण अगस्ट ५, २०१७ मिति
- ↑ Yajnaseni, 2016, Aarohan Gurukul p.2
- ↑ "टेक्ससको ड्यालसमा निशाको ‘याज्ञसेनी’ प्रदर्शित (फोटो फिचर)", काठमाडौँ: हिमालय खबर, २०७३ आस्विन १७, अन्तिम पहुँच डिसेम्बर ११, २०१७। वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २४, २०१७ मिति
- ↑ ५.० ५.१ सुशील पौडेल, कोलकाता (पुस २८, २०७३), "द्रौपदीका आँखाबाट महाभारत", काठमाडौै, अन्तिम पहुँच डिसेम्बर ११, २०१७। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२४ मिति
- ↑ "12th Ramdhanu Nattyamela", Kalyani, West Bengal, १५ सेप्टेम्बर २०१६, अन्तिम पहुँच २०१७-०९-२४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२४ मिति