सुनील पोखरेल

नेपाली नाट्य कलाकार तथा निर्देशक

सुनील पोखरेल (अङ्ग्रेजी: Sunil Pokharel; जन्म वि.सं. २०२० असार ०२ ) नेपाली नाट्य कलाकार तथा निर्देशक हुन् []। उनी शिथिल अवस्थामा रहेको नेपाली नाट्य परम्परालाई ब्यूँझाउने व्यक्तित्वका रूपमा चिनिन्छन् [] [] []। उनले भारतको राष्ट्रिय नाट्य विद्यालयबाट नाटकसम्बन्धी औपचारिक शिक्षा प्राप्त गरेका हुन् []। उनले अनेकौँ नेपाली, भारतीय तथा युरेपेली नाटकहरूको निर्देशन गरेका छन् []। पोखरेल नेपाल सरकारद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार'बाट विभूषित भएका छन् । []

सुनील पोखरेल
सुनील पोखरेल
जन्मसुनील पोखरेल
२०२० असार ०२
खोटाङ, नेपाल
पेशाकलाकार, रङ्गकर्मी, निर्देशक
कार्यकालवि.सं. २०३७ देखि  – हालसम्म
उल्लेखनीय कार्य
पुतलीको घर, अग्निको कथा, इदमित्थम्, याज्ञसेनी
गृहनगरविराटनगर
आफन्तसुगम पोखरेल

प्ररम्भिक जीवन

सम्पादन गर्नुहोस्

सुनील पोखरेलको जन्म वि.सं. २०२० भदौ ०२ गते खोटाङ जिल्लाको नौला गाउँमा भएको हो । उनी एघार वर्षका हुँदा परिवार विराटगगर बसाइँ सरेपछि उनी पनि सगैँ विराटनगर झरे । उनले विराटनगरको गोग्राहा हाई स्कूलबाट विद्यालयको आफ्नो पढाइ पूरा गरे । []

पोखरेलले वि.सं. २०३४ सालमा एस.एल.सी. उतिर्ण गरेपछि विराटनगर कै महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट आइ.ए. अध्ययन गरे । पछि भारतको राष्ट्रिय नाट्य विद्यालयमा छात्रवृत्ति पाएर पोखरेल सन् १९८४ मा नाटक पढनका लागि नयाँ दिल्ली गए र सन् १९८७ मा पढाइ पूरा गरेर नेपाल फर्किए । उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name []

पोखरेल विराटनगरमा स्कूल पढदादेखि नै नाटकमा काम गर्न थालेका हुन् । दश कक्षामा पढदापढ्दै बद्री अधिकारी, रमेश बुढाथोकीहरू संलग्न रहेको दियालो समूहमा आबद्ध भई एकाङ्की नाटकहरूमा अभिनय गरेर उनले नाट्य यात्रा शुरू गरेका हुन् । उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name दिल्लीबाट फर्केर आएपछि उनले नेपालको पहिलो नाट्य विद्यालय आरोहण गुरुकुल स्थापना गरे । पोखरेलले अनेकौँ नेपाली, भारतीय तथा युरेपेली नाटकहरूको निर्देशन गरेका छन् ।[१०]

 
सुनील पोखरेल
  • अग्निको कथा
  • पुतलीको घर
  • न्यायप्रेमी
  • चतुरेको दाउपेच
  • रसोमन
  • मिडनाइट समर सपना
  • घनचक्कर
  • याज्ञसेनी
  • जयमाया आफू मात्र लेखापानी आइपुगी


  • न्यायप्रेमी
  • पुतलीको घर
  • जात सोध्नु जोगीको
  • इदमित्थम्
  • वनफूल
  • पुतलीको घर

सम्मान तथा पुरस्कार

सम्पादन गर्नुहोस्
  • राष्ट्रिय प्रतिभाका पुरस्कार [११]


सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्