प्रतिभा राय
प्रतिभा राय (जन्म २१ जनवरी १९४३) ओडिया भाषाकी लेखिका हुन् जसलाई सन् २०११ को लागि ४७औ ज्ञानपीठ पुरस्कारले सम्मानित गरिएको थियो। प्रतिभा रायको आज सम्म २० उपन्यासहरू, २४ लघुकथा सङ्ग्रहहरू, १० यात्रा वृतान्तहरू, दुई कविता सङ्ग्रहहरू र धेरै निबन्ध प्रकाशित भइसकेका छन्। उनको प्रमुख रचनाहरूको देशका प्रमुख भारतीय भाषाहरू र अङ्ग्रेजीमा समेत अन्य विदेशी भाषाहरूमा पनि अनुवाद भइसकेका छन्। उनको प्रसिद्ध उपन्यास शिलापद्मको हिन्दीमा कोणार्कको नामले र याज्ञसेनीको द्रौपदीको नामले अनुवाद भएको छ जो हिन्दीमा धेरै भन्दा धेरै पढिने उपन्यासहरूमा एक हो।
प्रतिभा राय | |
---|---|
जन्म | अलाबोल, जगतसिंहपुर जिल्ला, ओडिशा | २१ जनवरी १९४३
भाषा | ओडिया |
राष्ट्रियता | भारतीय |
शिक्षा | स्नातकोत्तर (शिक्षा), डाक्टरेट (शैक्षिक मनोविज्ञान)[१] |
अल्मा मेटर | रावेनशा कालेज |
उल्लेखनीय कार्यहरू | याज्ञसेनी, शिलापद्म |
उल्लेखनीय पुरस्कारहरू | ज्ञानपीठ पुरस्कार मूर्तिदेवी पुरस्कार |
जीवनसाथी | अक्षय चन्द्र राय |
बच्चाहरू | आद्याशा, अन्वेष, एसकान्त |
वेबसाइट | |
http://www.pratibharay.org/ |
जीवन
सम्पादन गर्नुहोस्प्रतिभा रायको जन्म २१ जनवरी १९४१ मा जगतसिंहपुर जिल्लाको बालीकुडा क्षेत्रको एक गाउँमा भएको थियो।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Gulati, Varun (२००९), "Language in India", languageinindia.com, अन्तिम पहुँच २८ दिसम्बर २०१२, "an M.A. in Education and Ph.D. in Educational Psychology"