मुहम्मद युनूस
मुहम्मद युनूस (बङ्गाली भाषा:মুহাম্মদ ইউনূস) बाङ्गलादेशका ख्यातिप्राप्त अर्थशास्त्री, बैङ्कर तथा नागरिक समाजका अगुवा हुन् । उनलाई सन् २००६ मा नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित गरिएको थियो । बङ्गलादेशमा ग्रामिण बैङ्क तथा लघुवित्त स्थापना गरी ग्रामिण क्षेत्रमा उल्लेखनीय आर्थिक सुधार गरेबापत त्यहाँको ग्रामिण बैङ्क तथा युनूसलाई संयुक्त रूपमा सो पुरस्कार प्रदान गरिएको हो । विश्वमा शान्ति स्थापनाका निम्ति गरिबीलाई चिर्नु आवश्यक छ भन्ने निष्कर्षका साथ नर्वेको नोबेल कमिटीले डा. युनूस तथा उनले स्थापना गरेको ग्रामिण बैङ्कलाई नोबेल पुरस्कारका निम्ति सिफारिस गरेको थियो । उनी नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम बङ्गलादेशी पनि हुन् । यसबाहेक पनि डा. युनूस विभिन्न पुरस्कारहरूबाट सम्मानित भएका छन् । सन् २००९ मा उनले संयुक्त राज्य अमेरिकाको प्रेसिडेन्सीयल मेडल अफ फ्रिडम तथा सन् २०१० मा कंग्रेसनलगोल्ड मेडलबाट सम्मानित भए । सन् २००८मा फरेन पोलेसी नामक पत्रिकाले प्रमुख १०० विश्वस्तरीय चिन्तकहरूको सूचीमा दोस्रो स्थानमा राखेको थियो ।
![]() मुहम्मद यूनुस बिश्वब्यापी अर्थशास्त्र सम्मेलन डेभोसमा | |
जन्म | सन् १९४० जुन २८ चिटागोंग, ब्रिटिश राज (हाल बङ्गलादेश) |
---|---|
राष्ट्रियता | बङ्गलादेशी |
संस्थान |
|
क्षेत्र |
|
बिद्यालय/परम्परा | माइक्रोक्रेडिट |
शिक्षा | |
योगदान | |
पुरस्कार |
|
जानकारी हरु यहाँ IDEAS/RePEc छन् । |
मुहम्मद युनूस | |
---|---|
![]() | |
वेबसाइट | http://www.muhammadyunus.org/ ![]() |
सन्दर्भ सूचीसम्पादन
- ↑ "List of Independence Awardees", Cabinet Division, Government of People's Republic of Bangladesh, अन्तिम पहुँच २०१२-११-२९।
यस बाहेक पढ्नुहोससम्पादन
- David Bornstein; The Price of a Dream: The Story of the Grameen Bank and the Idea That Is; Simon & Schuster; १९९६; ISBN ०-६८४-८११९१-X
बाह्य कडीहरूसम्पादन
- आधिकारिक वेबसाइट
- फेसबुकमा मुहम्मद यूनुस
- गरीबका लागि बैङ्कर २००६ मा भाषण
- मुहम्मद यूनुस चार्ली रोज प्रोग्राममा
- इन्टरनेट चलचित्र डेटाबेसमा मुहम्मद यूनुस
- मुहम्मद यूनुसको बारेमा वा गरिएका कार्यहरू (वर्ल्डक्याट श्रेणीमा) रहेको छ ।
- मुहम्मद यूनुस समाचार तथा टिप्पणीहरु द न्युयोर्क टाइम्समा
- मुहम्मद युनूस समाचार सङ्कलन तथा टिप्पणी द गार्जियनमा
- मुहम्मद युनूस समाचार सङ्कलन तथा टिप्पणी अल जजिरामा
- मुहम्मद युनूस अर्थ संघ्रहालयमा
- मुहम्मद यूनुस नोटेबल नाम डाटाबेसमा
- शैक्षिक प्रौद्योगिकी पत्रिकासँग विशेष साक्षात्कार