मोहम्मद साहाबुद्दिन

मोहम्मद साहाबुद्दिन (बङ्गाली: মোহাম্মদ সাহাবুদ্দিন, जन्म: १० डिसेम्बर १९४९) चुप्पु (बङ्गाली: চুপ্পু) नामले पनि परिचित, बङ्गलादेशका २२औँ र वर्तमान राष्ट्रपति, न्यायविद्, निजामती कर्मचारी र राजनीतिज्ञ हुन्।[][] उनी सन् २०२३ को राष्ट्रपतीय चुनावमा सत्तारुढ अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए। साहाबुद्दिनले सन् २०११ देखि २०१६ सम्म जिल्ला न्यायाधीश र भ्रष्टाचार विरोधी आयोगका आयुक्तको रूपमा काम गरेका थिए।[][]

महामहिम, सम्माननीय
मोहम्मद साहाबुद्दिन
মোহাম্মদ সাহাবুদ্দিন
सन् २०२३ मा साहाबुद्दिन
२२औँ बङ्गलादेशको राष्ट्रपति
पद बहाली
२४ अप्रिल २०२३
प्रधानमन्त्रीशेख हसिना
मुहम्मद युनुस (कामचलाउ)
पूर्वाधिकारीअब्दुल हमिद
व्यक्तिगत विवरण
जन्म
मोहम्मद साहाबुद्दिन

(1949-12-10) १० डिसेम्बर १९४९ (उमेर ७५)
पाबना, पूर्वी बङ्गाल, पूर्वी पाकिस्तान
राष्ट्रियताबङ्गलादेशी
राजनीतिक दलबङ्गलादेश अवामी लिग[]
जीवन साथी
सन्तान(हरू)अरशाद अदनान
निवास(हरू)बङ्गभवन, ढाका, बङ्गलादेश
मातृ शिक्षाप्रतिष्ठान
उपनामचुप्पु[]
सैन्य सेवा
शाखा/सेवा मुक्तिवाहिनी
 ∟ मुजिबवाहिनी
सेवाको वर्षहरूसन् १९७१
लडाई/युद्धहरूबङ्गलादेशको स्वतन्त्रता युद्ध

प्रारम्भिक जीवन र शिक्षा

सम्पादन गर्नुहोस्

साहाबुद्दिनको जन्म सन् १९४९ डिसेम्बर १० का दिन पूर्वी पाकिस्तानको (हाल बङ्गलादेश) पबना सदर उपजिल्लाको शिवरामपुर गाउँमा भएको थियो। उनका बुबाको नाम सर्फुद्दिन अन्सारी र आमाको नाम खयरुन्नेसा थियो।[] उनले सन् १९६६ मा पबना राधानगर मजुमदार एकेडेमी स्कुल एन्ड कलेजबाट प्रवेशिका परीक्षा, सन् १९६८ मा पबना एडवर्ड कलेजबाट एचएससी, सन् १९७१ मा बिएससी उतिर्ण गरेका थिए।[][] उनले सन् १९७४ मा राजशाही विश्वविद्यालयबाट मनोविज्ञानमा एमएससी गरेका थिए। उनले सन् १९७५ मा अमिनुद्दिन कानुन कलेजबाट कानुन स्नातकोत्तर प्राप्त गरेका थिए।[१०]

स्वतन्त्रता युद्धमा भूमिका

सम्पादन गर्नुहोस्

राजनीतिक कार्यकाल

सम्पादन गर्नुहोस्

राष्ट्रपतित्व

सम्पादन गर्नुहोस्

राष्ट्रपति पद

सम्पादन गर्नुहोस्
 
मन्त्रिपरिषद् विभागद्वारा प्रकाशित राजपत्र

सन् २०२३ फेब्रुअरी १३ का दिन साहाबुद्दिन बङ्गलादेशको २२औँ राष्ट्रपतिको रूपमा निर्विरोध निर्वाचित भएका थिए।[११][१२] त्यसको अघिल्लो दिन अर्थात् १२ फेब्रुअरी मा बङ्गलादेश अवामी लिगको उम्मेदवारको रूपमा राष्ट्रपति पदका लागि उनको नाममा दुई नामाङ्कन पत्र दायर गरिएको थियो।[१३] मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले १३ फेब्रुअरीमा मोहम्मद साहाबुद्दिनलाई औपचारिक रूपमा राष्ट्रपतिको रूपमा घोषणा गरेका थिए।[१४] २४ अप्रिल २०२३ मा बङ्गलादेशको जातीय संसदका सभामुख शिरीन शर्मिन चौधुरीले उनलाई बङ्गलादेशको राष्ट्रपतिको रूपमा बिहान ११ बजे बङ्गभवनमा पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। सोही दिन, राष्ट्रपतिद्वारा पदभार ग्रहण गर्ने सम्बन्धमा मन्त्रिपरिषद् महाशाखाद्वारा आधिकारिक राजपत्रलाई प्रकाशन गरिएको थियो।[१५]

व्यक्तिगत जीवन

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Mohammad Shahabuddin poised to become the next president of Bangladesh", WION, १२ फेब्रुअरी २०२३। 
  2. "Shahabuddin Chuppu takes oath as Bangladesh's 22nd president", Al Jazeera English, २४ अप्रिल २०२३। 
  3. "রাষ্ট্রপতির কার্যালয়", bangabhaban.portal.gov.bd (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०५-०५ 
  4. "মো. সাহাবুদ্দিন রাষ্ট্রপতি নির্বাচিত: ইসি"বাংলা ট্রিবিউন (बङ्गाली भाषा)। सङ्ग्रह मिति १६ फेब्रुअरी २०२३ 
  5. হোসেন, কাজী মোবারক। "আওয়ামী লীগের প্রার্থী সাহাবুদ্দিন চুপ্‌পু, তিনিই হচ্ছেন রাষ্ট্রপতি"bdnews24.com (बङ्गाली भाषा)। सङ्ग्रह मिति २०२३-०२-१२ 
  6. "AL nominates Shahabuddin Chuppu for country's next President", The Business Standard (अङ्ग्रेजीमा), १२ फेब्रुअरी २०२३, अन्तिम पहुँच २०२३-०२-१२ 
  7. "এক নজরে সাহাবুদ্দিন চুপ্পু"দৈনিক জনকণ্ঠ (बङ्गाली भाषा)। सङ्ग्रह मिति १२ फेब्रुअरी २०२३ 
  8. "আমার স্মৃতিতে রাধানগর মজুমদার একাডেমী পাবনা"। सङ्ग्रह मिति २०२०-०६-०७ 
  9. "আরএম একাডেমির ১১৯ বছর পূর্তিতে স্মৃতিচারণ"দৈনিক জনকন্ঠ। सङ्ग्रह मिति २०२०-०६-०७ 
  10. "আওয়ামী লীগের মনোনীত রাষ্ট্রপতি সাহবুদ্দিন আহমেদ কে?"बिबिसी बाङ्ला (बङ्गाली भाषा)। १२ फेब्रुअरी २०२३। सङ्ग्रह मिति १२ फेब्रुअरी २०२३ 
  11. "সংবাদ বিজ্ঞপ্তি" (PDF)www.ecs.gov.bd। बङ्गलादेश निर्वाचन आयोग। सङ्ग्रह मिति १३ फेब्रुअरी २०२३ 
  12. "মো. সাহাবুদ্দিন রাষ্ট্রপতি নির্বাচিত"প্রথম আলো। सङ्ग्रह मिति १३ फेब्रुअरी २०२३ 
  13. "রাষ্ট্রপতি পদে মনোনয়ন জমা দিয়ে যা বললেন সাহাবুদ্দিন চুপ্পু"দৈনিক যুগান্তর। सङ्ग्रह मिति १३ फेब्रुअरी २०२३ 
  14. "২২তম রাষ্ট্রপতি নির্বাচিত হলেন মোহাম্মদ সাহাবুদ্দিন"দৈনিক জনকণ্ঠ। सङ्ग्रह मिति १३ फेब्रुअरी २०२३ 
  15. প্রতিবেদক, কূটনৈতিক। "রাষ্ট্রপতি মো. সাহাবুদ্দিনকে অভিনন্দন জানিয়ে বার্তা চীনা প্রেসিডেন্টের"প্রথম আলো (बङ्गाली भाषा)। सङ्ग्रह मिति २०२३-०४-२४