बङ्गलादेशको प्रमुख सल्लाहकार

बङ्गलादेशको प्रमुख सल्लाहकार (बङ्गाली: গণপ্রজাতন্ত্রী বাংলাদেশের প্রধান উপদেষ্টা) जनवादी गणतन्त्र बङ्गलादेशको कामचलाउ वा अन्तरिम सरकारका प्रमुख हो जसले अन्तरिम कालमा निर्वाचित सरकारबाट अर्को सरकारमा सत्ता हस्तान्तरण गर्न कामचलाउ सरकारबाट ९० दिनसम्म सरकार प्रमुखको रूपमा काम गर्छन्। कामचलाउ सरकारको जिम्मेवारी बङ्गलादेशमा संसदीय निर्वाचन गर्नु हो। प्रमुख सल्लाहकारले १० जना सल्लाहकारहरूको समितिको नेतृत्व गर्छन्। प्रमुख सल्लाहकारको कार्यकारी अधिकार निर्वाचित सरकारमा प्रधानमन्त्रीको शक्ति लगभग केही संवैधानिक सीमाहरूद्वारा सीमित छ। अन्य सल्लाहकारहरूका साथ, उनलाई सबै प्रमुख राजनीतिक दलहरूले स्वीकार गर्न राजनीतिक तटस्थ व्यक्तिहरूमध्येबाट छानिएको हुन्छ।[]

प्रमुख सल्लाहकारको प्रतीक चिन्ह
प्रमुख सल्लाहकारको झण्डा
बहालवाला
मुहम्मद युनुस
८ अगस्ट २०२४ देखि
सम्बोधनसम्माननीय
(कूटनीतिक)
माननीय प्रमुख सल्लाहकार
(अनौपचारिक)
माननीय
(औपचारिक)
निवासराष्ट्रिय अतिथि भवन जमुना, ढाका
नियुक्तिकर्ताबङ्गलादेशको राष्ट्रपति
अवधि९० दिन, अथवा अर्को आम निर्वाचन नहुञ्जेल र नयाँ प्रधानमन्त्रीले कार्यभार नसम्हाल्दासम्म।
अग्रगामीफखरुद्दीन अहमद
प्रथम पदाधिकारीमुहम्मद हाबिबुर रहमान
गठनसन् १९९६
वेबसाइटcao.gov.bd

सन् १९९१ मा गरिएको संविधानको तेह्रौँ संशोधनमार्फत कामचलाउ शासन प्रणाली लागू गरिएको थियो। सैन्य तानाशाह हुसेन मुहम्मद एरशादलाई सत्ताबाट हटाएपछि लोकतान्त्रिक निर्वाचन गर्न यो प्रणालीको स्थापना गरिएको थियो। उक्त संशोधनले अन्तिम अवकाश प्राप्त प्रधानन्यायाधीशलाई मुख्य सल्लाहकारमा नियुक्त गर्न सिफारिस गरेको थियो। सन् १९९६ मा न्यायाधीश मुहम्मद हबिबुर रहमानलाई कार्यवाहक सरकारको मुख्य सल्लाहकारको रूपमा नियुक्त गरिएको थियो।[] उनले बङ्गलादेशका राष्ट्रपति अब्दुर रहमान विश्वाससँग मिलेर सन् १९९६ मा बङ्गलादेशमा भएको सैन्य विद्रोह प्रयासको प्रतिरोध गरेका थिए। सन् २००६ देखि २००८ सम्म बङ्गलादेशको राजनीतिमा सङ्कट निम्त्याएको बङ्गलादेश जातीयतावादी दलबाट कामचलाउ सरकारको प्रमुख सल्लाहकार नियुक्त गर्न जटिलता उत्पन्न भएको थियो।[] बङ्गलादेश जातीयतावादी दलले राष्ट्रपति इयाजुद्दिन अहमदलाई कामचलाउ सरकारको मुख्य सल्लाहकारको रूपमा नियुक्त गरिएतापनि उनले बङ्गलादेश अवामी लिगबाट राजीनामा दिन गरिएको मागको सामना गर्नुपरेको थियो।[] इयाजुद्दीन अहमदको सट्टामा पछि फखरुद्दीन अहमदलाई चुनिएको थियो। राजनीतिक सङ्कटको समयमा सेनासमर्थित कामचलाउ सरकारको नेतृत्व मुख्य सल्लाहकार फखरुद्दिन अहमदले गरेका थिए।[] फखरुद्दीन अहमदले आफ्ना तीन विशेष सहायकहरू नियुक्त गर्दा उनीहरूलाई राज्यमन्त्रीको दर्जा दिइएको थियो। उनका सहायकहरू देवाशीष राय, एमए मालेक र प्राध्यापक एम तामिम थिए। यसको बाबजुद प्रमुख सल्लाहकारका सहायकहरूको संवैधानिक वैधतालाई लिएर केही विवाद उत्पन्न भएको थियो।[]

सन् २०११ मा संविधानको १५औँ संशोधनद्वारा १३औँ संशोधनले ल्याएको कामचलाउ शासन प्रणालीको अन्त्य गरिएको थियो जसले निर्वाचित सरकारलाई भविष्यमा कुनै पनि आम चुनाव गर्न अनुमति दिन्छ। बङ्गलादेशका पूर्व प्रधान तथा १९औँ न्यायाधीश एबिएम खायरुल हकले कामचलाउ सरकारलाई गैरकानुनी र असंवैधानिक घोषणा गरेका थिए। सन् २०२४ को अगस्ट ५ मा शेख हसिनाले जनविद्रोहका कारण राजीनामा दिएपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। युनुसले ८ अगस्टका दिन सपथ लिएका थिए।[][][]

प्रमुख सल्लाहकारहरूको सूची

सम्पादन गर्नुहोस्

हालसम्म बङ्गलादेशमा ६ प्रमुख सल्लाहकारहरू रहेका छन्।।[१०]

क्रम नाम
(जन्म–मृत्युु)
चित्र पदभार ग्रहण पदत्याग म्याद राजनीतिक दल
बङ्गलादेशको कामचलाउ सरकार
मुहम्मद हाबिबुर रहमान[११]
(सन् १९२८–२०१८)
  ३० मार्च १९९६ २३ जुन १९९६ ८५ दिन स्वतन्त्र
लतिफुर रहमान[११]
(सन् १९३६–२०१७)
१५ जुलाई २००१ १० अक्टोबर २००१ ८७ दिन स्वतन्त्र
इयाजउद्दिन अहमद[११]
(१९३१–२०१२)
राष्ट्रपति तथा प्रमुख सल्लाहकार (अतिरिक्त भूमिका)
  २९ अक्टोबर २००६ ११ जनवरी २००७ ७४ दिन स्वतन्त्र
फजलुल हक
(सन् १९३८–)

बहालवाला प्रमुख सल्लाहकार

११ जनवरी २००७ १२ जनवरी २००७ १ दिन स्वतन्त्र
फखरुद्दिन अहमद[१२]
(सन् १९४०–)
  १२ जनवरी २००७ ६ जनवरी २००९ १ वर्ष, ३६० दिन स्वतन्त्र
(सैन्य सहायता)
बङ्गलादेशको अन्तरिम सरकार
मुहम्मद युनुस[१३]
(सन् १९४०–)

प्रमुख सल्लाहकार

  ८ अगस्ट २०२४ अद्यावधि ८३ दिन स्वतन्त्र

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Molla, MAS, "Should Justice Hasan express embarrassment?", The Daily Star, मूलबाट २०२३-०१-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०१-०९  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-२९ मिति
  2. "'Cancel system of appointing last retired CJ as chief adviser'", The Daily Star (अङ्ग्रेजीमा), २०१०-०९-२८, मूलबाट २०१८-०१-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०१-०९ 
  3. "Chief adviser from ex-chief justices", The Daily Star (अङ्ग्रेजीमा), २०१२-०८-०९, मूलबाट २०१८-०१-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०१-०९ 
  4. "Iajuddin must quit now as chief adviser", The Daily Star, २००६-१२-१२, मूलबाट २०२१-११-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०१-०९  वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-२५ मिति
  5. "Advisers acted differently", The Daily Star (अङ्ग्रेजीमा), २०११-०९-१७, मूलबाट २०१८-०१-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०१-०९ 
  6. "3 special assistants to CA appointed", The Daily Star (अङ्ग्रेजीमा), २००८-०१-११, मूलबाट २०१८-०१-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०१-०९ 
  7. "Who's Who In Bangladesh's New Interim Govt As Ex-PM Sheikh Hasina Flees Restive Nation?"News18 (अङ्ग्रेजी भाषा)। २०२४-०८-०५। सङ्ग्रह मिति २०२४-०८-०६ 
  8. PTI (२०२४-०८-०६)। "Bangladesh President says interim govt to be formed after dissolving parliament, orders release of ex-premier Khaleda Zia"news.abplive.com (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२४-०८-०६ 
  9. Newsroom (२०२४-०८-०५)। "Bangladesh: PM Sheikh Hasina resigned - president to form an interim government"Modern Diplomacy (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२४-०८-०६ 
  10. "A look back at caretaker governments throughout the years", मूलबाट ६ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अगस्ट २०२४ 
  11. ११.० ११.१ ११.२ "Non-party caretaker", The Daily Star (अङ्ग्रेजीमा), २०१३-१०-२२, मूलबाट २०१८-०१-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०१-०९ 
  12. "The chief adviser's education promises", The Daily Star (अङ्ग्रेजीमा), २००८-०३-०९, मूलबाट २०१९-०१-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०१-०९ 
  13. "Muhammad Yunus takes oath as head of Bangladesh's interim government"