महुवन नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको पर्सा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। गण्डक नहरले छोएको यो गाविस आर्थिक दृष्टिले जिल्लामा प्रमुख रहेको छ। यहाॅ हार्डवेयर, मलखाद, कपडा, किराना आदिको थोक तथा खुदरा पसल हुनुको साथै हप्तामा दुई दिन तरकारीको हाटबजार लाग्ने गर्छ जसले गर्दा छिमेकी गाविसको लागि किनबेच तथा व्यापारको मुख्य केन्द्र बनेको छ महुवन। यहा प्राचीन तथा ऐतिहासिक पारसनाथ बाबाको मन्दिर रहेको छ जसको नामले नै जिल्लाको नामाकरण पर्सा गरिएको हो।

महुवन
देश नेपाल
अञ्चलनारायणी
जिल्लापर्सा जिल्ला
जनसङ्ख्या
 (२०५८)
 • जम्मा३१०६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्