महासेन चक्रवात सपेक्षित रूपमा कमजोर उष्णप्रदेशीय चक्रवातीय आँधी हो जसले दक्षिणी तथा दक्षिणपूर्वी एसियाका छ देशमा केही मानिसको ज्यान लियो । बङ्गालको खाडीको दक्षिणी भागमा सन् २०१३ को सुरुवातमा न्युन चापीय क्षेत्रबाट उत्पति भएको महासेन बिस्तारै संगठित हुँदै गयो । झण्डै स्थिर अवस्थामा रहेकै अवस्थामा एकीकृत हुँदै मे १० सम्ममा शक्तिहिनताको स्थितीमा पुगिसकेको थियो । शक्तिहिनताको स्थितीमै बिस्तारै-बिस्तारै अगाडि बढ्न थालेपछि मे ११ मा यसले आँधीको बल प्राप्त गर्यो र यसले उक्त मौसमको पहिलो नामाकरण गरिएको चक्रवात 'महासेन'को रूप लियो ।

महासेन चक्रवात
चक्रवात (आइएमडी स्केल)
उष्णकटिबन्धीय आँधी (सिम्पसन)
उत्पत्ति१० मे २०१३ (2013-05-10)
विलुप्तीमे १७, २०१३ (2013-05-17)
सर्वोच्च गति३-मिनेट लगातार: ८५ किमि/घण्टा (५० माईल/घण्टा)
१-मिनेट लगातार: ९५ किमि/घण्टा (६० माईल/घण्टा)
सर्वनिम्न चाप९८८ एईचपीए (एमबार); २९.१८ इन्च/एईचजी
हताहत९६ जना, ६ बेपत्ता
प्रभावित क्षेत्र
को भाग

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्