मन्सुर बिन जायद अल नाह्यान
ढाँचा:Infobox royal styles शेख मन्सुर बिन जायद बिन सुल्तान अल नाह्यान ( अरबी: منصور بن زايد بن سلطان آل نهيان ; जन्म २१ नोभेम्बर १९७०), प्राय: शेख मन्सुर भनेर चिनिन्छ, [१] [२] [३] एक इमिराती राजपरिवार सदस्य र राजनीतिज्ञ हुन् जो संयुक्त अरब इमिरेट्सका वर्तमान उपराष्ट्रपति र उपप्रधानमन्त्री हुन्, साथै राष्ट्रपति कार्यालयका मन्त्री तथा अबु धाबीको राज परिवारको सदस्य हुन्। उनी युएईका वर्तमान राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यान [४] का भाइ हुन् | उनको विवाह दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेख मनाल बिन्त मोहम्मद अल मकतौमसँग भएको छ। उनी एक एक अर्बपति हुन् र "सिटी फुटबल ग्रुप " मार्फत उनले म्यानचेस्टर सिटी एफसी सहित विभिन्न फुटबल क्लबहरू स्वामित्व लिएका छन् ।
Mansour bin Zayed Al Nahyan | |
---|---|
संयुक्त अरब इमिरेट्सका उपराष्ट्रप | |
पद बहाली 29 March 2023 सहकर्मी मोहम्मद बिन रसिद अल मकतुम | |
राष्ट्रपति | मोहम्मद बिन जायद अल नाहयान |
Deputy Prime Minister of the United Arab Emirates | |
पद बहाली 10 May 2009 | |
राष्ट्रपति | खलिफा बिन जायद अल नाहयान मोहम्मद बिन जायद अल नाहयान |
प्रधानमन्त्री | मोहम्मद बिन रसिद अल मकतुम |
पूर्वाधिकारी | Sultan bin Zayed Al Nahyan Hamdan bin Zayed Al Nahyan |
Minister of Presidential Court of the United Arab Emirates | |
पद बहाली 1 November 2009 | |
राष्ट्रपति | खलिफा बिन जायद अल नाहयान मोहम्मद बिन जायद अल नाहयान |
प्रधानमन्त्री | मोहम्मद बिन रसिद अल मकतुम |
जन्म | अबुधाबी, Trucial States | २० नोभेम्बर १९७०
जीवनसाथी |
|
सन्तान |
|
घराना | Al Nahyan |
बाबु | जायद बिन सुल्तान अल नाह्यान |
आमा | Fatima bint Mubarak Al Ketbi |
राजनीतिक करियर
सम्पादन गर्नुहोस्सन् १९९७ मा, मन्सुरलाई राष्ट्रपति कार्यालयको अध्यक्ष नियुक्त गरियो, जुन समयमा उनका बुबा शेख जायद युएईका राष्ट्रपति थिए। आफ्नो बुबाको मृत्यु पछि राष्ट्रपति बनेका उनका सौतेनी दाजु शेख खलिफा ले उनलाई संयुक्त अरब इमिरेट्सको राष्ट्रपति मामिलाको पहिलो मन्त्रीको (राष्ट्रपति कार्यालय र राष्ट्रपतीय अदालतको एकीकरण पछी बनेको) रूपमा नियुक्त गरे। उनले आफ्नो दाइ युवाराज मोहम्मद बिन जायद अल नाह्यानलाई सहयोग गर्न अबु धाबीमा धेरै पदहरूमा पनि काम गरे। [५]
खेलकुद
सम्पादन गर्नुहोस्मन्सुर एक कुशल घोडा सवार हुन् र उनले मध्य पूर्व मा आयोजित धेरै रेसिङ टूर्नामेंट जितेका छन्, र एमिरेट्स हर्स रेसिङ अथोरिटी का अध्यक्ष हुन् । उनी अरेबियन घोडा दौडको बलियो समर्थक र अबु धाबीमा वार्षिक जायेद अन्तर्राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताका संरक्षक हुन्। [६]
सेप्टेम्बर २००८ मा, शेख मन्सुरले पूर्व थाई प्रधानमन्त्री थाक्सिन सिनावात्राबाट म्यानचेस्टर सिटी फुटबल क्लब खरिद गरे। २३ सेप्टेम्बर २००८ मा, मन्सुरको अबु धाबी युनाइटेड ग्रुप ले आफ्नो अधिग्रहण वार्ता पूरा गर्यो र स्वामित्व हस्तान्तरण गरियो। उनीसँग सिटी फुटबल ग्रुपको पनि स्वामित्व छ, जसको स्थापना २०१४ मा भएको थियो र यसमा म्यानचेस्टर सिटी एफसी, मेलबर्न सिटी एफसी, न्यूयोर्क सिटी एफसी, मुम्बई सिटी एफसी र अन्य क्लबहरू समावेश छन्। उनले मालिकको रूपमा आफ्नो क्लब म्यानचेस्टर सिटीका दुई खेलमा मात्र उपस्थित भएका छन्, पहिलो २०१० मा र पछिल्लो २०२३ यूएफा च्याम्पियन्स लिग फाइनल । [७]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Articles relating to Sheikh Mansour", The Guardian, अन्तिम पहुँच २३ डिसेम्बर २०१३।
- ↑ Ogden, Mark (२९ अप्रिल २०१३), "Manchester City owner Sheikh Mansour bin Zayed al Nahyan expected to secure MLS franchise in New York", The Daily Telegraph, अन्तिम पहुँच २३ डिसेम्बर २०१३।
- ↑ Viner, Brian (१४ अगस्ट २०१०), "Sheikh Mansour: The richest man in football", The Independent, अन्तिम पहुँच २६ अक्टोबर २०१०।
- ↑ "Cabinet Members", UAE, मूलबाट ३ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ डिसेम्बर २०१२।
- ↑ Miller, Niamh (२७ मार्च २०१५), "Mansour bin Zayed Al Nahyan, the richest man in soccer", Luxatic (अङ्ग्रेजीमा), अन्तिम पहुँच २१ जुलाई २०२२।
- ↑ "Full Zayed marathon next year", Gulf News (अङ्ग्रेजीमा), ८ जनवरी २०१०, अन्तिम पहुँच ८ फेब्रुअरी २०२२।
- ↑ "Man City buyers complete takeover", BBC Sport, अन्तिम पहुँच २३ सेप्टेम्बर २००८।