मनाङ- मर्स्याङ्दी क्लब

नेपाली फुटबल क्लब
(मनाङ मर्स्याङ्दी क्लबबाट अनुप्रेषित)

मनाङ मर्स्याङ्दी क्लब नेपालको 'क' श्रेणीको फुटबल क्लब हो । यस फुटबल सबैभन्दा धेरै पटक नेपालको राष्ट्रिय लिग जित्ने एकमात्र फुटबल क्लब हो। जसले हालसम्म ७ पटक शहिद स्मारक ए-डिभिजन लिग जितेको छ । भने अन्तिम पटक २०१४ मा राष्ट्रिय लिग जितेको थियो । सन् १९८६ १९८७, १९८९ २०००, २००३, २००६, २०१४ गरी सात पटक सम्म राष्ट्रिय लिग जितेको यस क्लबले सन् २०१३ सालमा अन्तर्राष्ट्रिय उपाधिका रूपमा किङस् कप जित्न सफल भएको थियो ।

मनाङ मर्स्याङ्दी क्लब
पुरा नाममनाङ- मर्स्याङ्दी क्लब
उपनाम(हरू)'मनाङे'
स्थापना१९८२; ४३ वर्ष अघि (१९८२)
मैदानदशरथ रङ्गशाला,
काठमाडौँ, नेपाल
मैदान क्षमता२५,००० अन्दाजी
अध्यक्षज्याम्लिङ घले
प्रशिक्षकराजु काजी शाक्य[]
assistant नबिन न्य
लिग२०१५ नेपाल राष्ट्रिय लिग
२०७२दोस्रो
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ

मनाङ मर्स्याङदी क्लब जसलाई नेपालीरियल म्याड्रिड भनेर समेत चिनिन्छ । भने यस फुटबल क्लबको राष्ट्रिय लिग तथा अन्य जुनसुकै सानो ठूलो फुटबल प्रतियोगितामा प्रमुख प्रतिद्वन्दीका रूपमा सुरुमा रानीपोखरी कर्नर टिम (आरसीटि)न्युरोड टिम (एन.आर.टि)आएको थियो भने पछिलो पटक नेपालकै अर्को उत्कृष्ट क्लब थ्री स्टार क्लबनेपाल पुलिस क्लब लिईन्छ। साथै अन्य नेपाली फुटबल टिमहरूलाई पनि यस टिमको प्रतिद्वन्द्वी मानिन्छ ।

स्थापना नामाकरण

सम्पादन गर्नुहोस्

मनाङ मर्स्याङदी क्लब झगडाबाट सुरु भएको एउटा क्लब हो । ठमेल ११ र थ्रीस्टार क्लब बीचको बि-डिभिजनको खेल हुँदा बिजेता टोली ए-डिभिजनमा उक्लने अवस्था थियो । तर खेल अन्त्य नहुदै खेलाडी बीच विवाद सुरु भयो । विवादित खेलमा थ्री स्टार विजयी भयो । र झगडा गरेको आरोपमा ठमेल ११ लाई प्रतिबन्ध लगाइयो । प्रतिबन्धित ठमेल ११ मा खेलाडी र पदाधिकारीले नंया क्लब स्थापना गरे । मनाङबाट आएका मानिसहरूले यसमा लगानी गरे । सुरुमा यसको नाम मर्स्याङदी- मनाङ क्लब थियो । त्यस थ्री स्टार र मनाङ मर्स्याङदी क्लब स्थापना काल देखि नै प्रतिद्वन्दीको रूपमा उदाएका थिए ।

डी डिभिजनबाट ए डिभिजन

सम्पादन गर्नुहोस्

मनाङले त्यो समयमा समूह डिभिजनबाट ए डिभिजन सम्म पुग्दा सबैमा च्याम्पियन भएको थियो । अझ कुनै पनि खेल हारेको थिएन । ०४३ अघि ए-डिभिजनमा बढुवा भएको मनाङले त्यसपछि निरन्तर सफलतामा आफूलाई अब्बल बनायो । ‘ए’ डिभिजन उक्लिएपछि मनाङले पछि फर्कनुपरेको छैन । त्यसपछि मनाङ ०४३ सँगै ०४४ र ०४६ मा पनि च्याम्पियन बन्यो । []

रेलिगेसन बिनाको लिगमा मनाङ मर्स्याङ्दी च्याम्पियन भएको थियो । मछिन्द्र विरुद्धको अन्तिम खेलमा बाहेक सबै खेलमा यो क्लब विजयी भएको थियो ।

बर्तमान खेलाडीहरू

सम्पादन गर्नुहोस्

अन्तिम समय २ अक्टोबर सम्मको मनाङ मर्स्याङ्दीका खेलाडीहरू.[]

नं. स्थान खेलाडी
  गोलरक्षक विशाल श्रेष्ठ
  गोलरक्षक अशोक बराल
  रक्षापङ्क्ति विराज महर्जन
  रक्षापङ्क्ति कमल श्रेष्ठ
  रक्षापङ्क्ति विमल बस्नेत
  रक्षापङ्क्ति सुरज विश्वकर्मा
  रक्षापङ्क्ति प्रवेश दनुवार
  रक्षापङ्क्ति कर्मचेकि गुरूङ
  रक्षापङ्क्ति मीलन गुरूङ
  मध्यपङ्क्ति राम कृष्ण बस्नेत
नं. स्थान खेलाडी
  मध्यपङ्क्ति पुजन उपरकोटी
  मध्यपङ्क्ति डोना थापा मगर
  मध्यपङ्क्ति हेमन गुरूङ
  मध्यपङ्क्ति विशाल राई
  मध्यपङ्क्ति सुजल श्रेष्ठ
  रक्षापङ्क्ति मोहम्मद आशीफ []
  अग्रपङ्क्ति अनन्त तामाङ
  अग्रपङ्क्ति विमल राना
  अग्रपङ्क्ति दिपक राई
  अग्रपङ्क्ति अफेज ओलावाले
  अग्रपङ्क्ति ओलुवाउन्मी सोमीदी
  रक्षापङ्क्ति भीक्टर

मनाङ मर्स्याङ्दी क्लबका वर्तमानका प्रायोजकहरू:

नेपाली राष्ट्रिय लिगमा प्रदर्शनी

सम्पादन गर्नुहोस्

जितेका उपाधिहरू

सम्पादन गर्नुहोस्
  • राष्ट्रिय लिग:७

१९८६ १९८७, १९८९ २०००, २००३, २००६, २०१४, २०१८-१९

  • बुढासुब्बा गोल्डकप:१

२००४

  • खुकुरी गोल्डकप:१

२००३

  • इटहरी गोल्डकप:१

२००७

  • आहा ! गोल्ड कप:३

२००४, २००५ ,२०१२

  • आदर्श कप:१

२०११

२०७३

  • सिमरा गोल्डकप:१

२०१२

  • सुदुरपस्चिम खप्तड गोल्डकप;१
  • पोखरा कप:१

२०१२[]

  • किङस् कप(भुटान):

अन्तर्राष्ट्रिय उपस्थितिहरू

सम्पादन गर्नुहोस्
  • एसियन क्लब च्याम्पियनसिप:१

१९८८:छनोट चरण

  • एएफसी प्रेसिडेन्ट कप:२

२००६:समूह चरण २०१४:अन्तिम चरण

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "MMC Appoint Experienced Raju Shakya As A Head Coach", GoalNepal.com, १९ जनवरी २०१५, अन्तिम पहुँच १९ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१५ मिति
  2. घरेलु लिग उतारचढावपूर्ण विगत[स्थायी मृत कडी]
  3. "MMC Finalizes Squad For A Division League; Signs Jersey Sponsor With Signature", goalnepal.com, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१८ 
  4. "Manang Marshyangdi Club Signs Muhammed Asif From Calcutta Customs", goalnepal.com, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१८ 
  5. http://www.nepalifootball.com/co mpetitions/domestic-co mpetitions/pokhara-gc/9-unca tegorised/236-safal-pokhara- gold-cup-news.html
  6. "हरि उत्कृष्ट प्रशिक्षक, लव र अस्मिता रेफ्रीमा", हाम्रो खेलकुद, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६ [स्थायी मृत कडी]
  7. "मनाङलाई ‘क्लब अफ दी इयर’", khelpati.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६ 

बाह्य सुत्रहरू

सम्पादन गर्नुहोस्