मधेश प्रदेशको मुख्यमन्त्री

मधेश प्रदेशको मुख्यमन्त्री मधेश प्रदेशको सरकार प्रमुख हो। नेपालको संविधान २०७२को धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको नियुक्त गर्ने व्यवस्था छ।[] मुख्यमन्त्री पाँच वर्ष वा प्रदेश सभा विघटन नभएसम्म पदमा रहन्छन्।

मधेश प्रदेशको मुख्यमन्त्री
बहालवाला
सतिशकुमार सिंह
२०८१ जेठ १५ देखि
मधेश प्रदेश सरकार
सम्बोधनमाननीय
स्थितिसरकार प्रमुख
सदस्य
नियुक्तिकर्ताप्रदेश प्रमुख
अवधिप्रदेश सभाको पदावधिमा बहुमतको हासिल गरेमा
५ वर्ष नहुञ्जेल सम्म वा पहिले विघटन नगरेसम्म
कुनै सीमा छैन
गठनवि.सं २०७४
प्रथम धारकलालबाबु राउत
तलबरु - ६१,०००
वेबसाइटआधिकारिक वेबसाइट

मधेश प्रदेशका वर्तमान मुख्यमन्त्री जनमत पार्टीका सतिशकुमार सिंह हुन्। उनी २०८१ जेठ २५ मा, मुख्यमन्त्रीमा नियुक्त भएका थिए। [][]

नेपालको संविधान २०७२ले मुख्यमन्त्रीपदका लागि योग्य हुनका लागि आवश्यक योग्यता निर्धारण गरेको छ। मुख्यमन्त्रीले प्रदेश सभा सदस्य बन्नका लागि योग्यता पूरा गरेको हुनुपर्दछ।[]

प्रदेश सभाको सदस्य हुनु पर्दछ:

  • एक नेपाली नागरिक
  • सम्बन्धित प्रदेशको मतदाता
  • २५ वर्ष वा सो भन्दा बढी उमेरका
  • कुनै पनि फौजदारी कसुरमा दोषी ठहर नभएको
  • कुनै पनि कानूनद्वारा अयोग्य घोषित नभएको र

कुनै पनि लाभको पद धारण नगरेको

यसका साथै मुख्यमन्त्री प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता हुनुपर्नेछ। यदि कुनै दलसँग बहुमत छैन भने अन्य दलको समर्थनमा मुख्यमन्त्रीसँग प्रदेश सभामा बहुमत हुनैपर्छ। निर्वाचन भएको तीस दिनभित्र मुख्यमन्त्री नियुक्त नभएमा वा प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेशसभामा सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरिन्छ। यदि यसरी नियुक्त गरिएको मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएमा, कुनै पनि प्रदेश सभा सदस्यले दलगत निष्ठाको बावजूद संसदमा बहुमत प्राप्त गर्न सक्दछ, उसलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ। यदि यी मुख्यमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न असफल भएमा प्रदेश प्रमुखले सभा भङ्ग गर्छन् र नयाँ चुनावको आह्वान गरिन्छ।[]

मधेश प्रदेशका मुख्यमन्त्रीहरूको सूची

सम्पादन गर्नुहोस्
क्रम तस्वीर नाम
निर्वाचन क्षेत्र
(जन्म (वि.सं))
कार्यकाल सभा दल मन्त्रिपरिषद् स्रोत
पदभार सम्हालेको पदभार छोडेको अवधि
 
लालबाबु राउत
पर्सा १(ख)का सांसद
(जन्म:२०२१)
२०७४ फागुन २ २०७९ पुस २९ ४ वर्ष, ३३३ दिन पहिलो
(२०७४)
सङ्घीय समाजवादी फोरम, नेपाल राउत मन्त्रिपरिषद् []
समाजवादी पार्टी, नेपाल
जनता समाजवादी पार्टी, नेपाल
 
सरोजकुमार यादव
बारा १ (ख)
का सांसद
(जन्म २०१८)
२०७९ पुस २९ २०८१ जेठ २५ १ वर्ष, १४६ दिन दोस्रो
(२०७९)
यादव मन्त्रिपरिषद् []
सतिशकुमार सिंह
सप्तरी २ (क)
का सांसद
(जन्म: २०२८)
२०८१ जेठ १५ बहालवाला १२९ दिन जनमत पार्टी सिंह मन्त्रिपरिषद् []

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "नेपालको संविधान २०७२ – धारा १६७", नेपाल कानुन आयोग (नेपालीमा), मूलबाट १३ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-१३ 
  2. Republica, "Newly-appointed Madhesh CM Singh expands Cabinet", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०६-०७ 
  3. "Janamat Party’s Singh appointed Madhesh chief minister", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२४-०६-०७ 
  4. नेपालको संविधानको धारा १७८ को बमोजिम (२०७२ असोज ३)
  5. नेपालको संविधानको धारा १६८ को बमोजिम (२०७१ असोज ३)
  6. "Lalbabu Raut to be sworn in Province 2 CM today", The Himalayan Times (अङ्ग्रेजीमा), १४ फेब्रुअरी २०१८, मूलबाट ८ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१ 
  7. "JSP provincial assembly leader Saroj Kumar Yadav appointed Madhesh province chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-११ 
  8. "New Madhesh chief minister forms 14-member Cabinet", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०६-०९