भूरिश्रवा महाभारत कुरुक्षेत्रको युद्धमा कौरवहरूको पक्षबाट लडेका थिए । भूरिश्रवाको हजुरबुबाको नाम बाल्हिक तथा बाबुको नाम सोमदत्त थियो । भूरिश्रवाका हजुरबुबा बाल्हिक हस्तिनापुरका महाराज शान्तनुका दाजु  थिए । यस हिसाबले भूरिश्रवा कुरुवंशी थिए भने उनी नाताले दुर्योधनका काका पर्दथे । सोमदत्तको छोरो भएको हुनाले भूरिश्रवालाई सौमदत्ती पनि भनिन्थ्यो । उनी बाल्हिक राज्यस्थित एक सानो क्षेत्रका राजकुमार थिए । कृष्णकी माता देवकीको स्वयंवरमा सोमदत्त राजकुमार सिनीसँग लडेका थिए । सिनीले  मित्र वसुदेवको पक्षबाट लडेर देवकीलाई वसुदेवका लागि जितेका थिए । कतैकतै अपहरण गरेका थिए समेत भनिन्छ तर यो किंवदन्ती मात्र मानिन्छ । यो घटनाले गर्दा दुई राजवंशका बीचमा शत्रुताले जन्म लिएको थियो ।

भूरिश्रवा
प्राप्त जानकारी
परिवारसोमदत्त (पिता)
बच्चाकृतवर्मा

महाभारत युद्ध सम्पादन गर्नुहोस्

महाभारत युद्धमा भूरिश्रवाले भाइ शलसँग मिलेर थुप्रै योद्धाका साथ युद्ध गरेका थिए । शललाई सहदेवका पुत्र श्रुतकर्माले वध गरेका थिए । महाभारत युद्धमा उनले  हजुरबुबा तथा बुबाका साथमा लागेर भाग लिएका थिए । भूरिश्रवा कौरव सेनाका एघार सेनापतिमध्येका एक थिए । भूरिश्रवाको रथमा यूप  (यज्ञको पशु बाँध्ने खम्बा) को चिहृन हुन्थ्यो । उक्त रथको ध्वजा सूर्यसमान प्रकाशित हुन्थ्यो भने त्यसमा चन्द्रमाको चिहृनसमेत दृष्टिगोचर हुन्थ्यो ।

महाभारत युद्धमा सम्भवतः १३औँ र १४औँ दिन सात्यकिले कौरव पक्षका अनेक उच्च कोटिका योद्धाहरूलाई मारेका थिए जसमा जलसन्धि, त्रिगर्तहरूको गजसेना, सुदर्शन, म्लेच्छहरूको सेना, कर्णपुत्र प्रसेन आदि थिए । यो देखेर भूरिश्रवाले सात्यकिमाथि आक्रमण गरे । सात्यिकी शिनीका नाति थिए भने भूरिश्रवा सोमदत्तका पुत्र थिए ।

भूरिश्रवाले यसअघि सात्यकिका १० जना छोराहरूलाई मारेका थिए । यसपछि सात्यकि र भूरिश्रवाका बीच घोर द्वन्द्व युद्ध हुन थाल्यो । सुरुमा धनुर्युद्ध, फेरि गदा युद्ध अनि अन्तमा तरवार युद्ध भयो । लड्ने क्रममा अचानक सात्यकिको हातबाट तरवार फुस्केर खस्यो ।

भूरिश्रवाले सात्यकिलाई तरवार उठाउनेसम्म पनि मौका नदिई टाउकाको कपालमा समातेर गर्दन छप्काउनका लागि तरवार के उजाएका थिए, उक्त दृश्य देखिरहेका अर्जुनले कृष्णको प्रेरणामा वाण प्रहार गरेर भूरिश्रवाको तरवारसहितको हात कुहिनामुनि काटिदिए । त्यस दिन कृष्णले सुर्यास्त अगाडि नै जयद्रथको बध गर्ने प्रतिज्ञा गरेका थिए ।

यसरी सात्यकिको ज्यान त जोगियो तर यसो गर्नु युद्धको नियम विपरीत थियो । भूरिश्रवा अर्जुनको यस प्रकारको हस्तक्षेपबाट औधि रिसाए ।

युद्धको नियमअनुसार जब दुई समान बलका योद्धा आपसमा लडिरहेका हुन्छन् त्यतिबेला तेस्रो योद्धाले बीचमा हस्तक्षेप गर्नु हुँदैनथ्यो । यस घटनाबाट दुःखी भूरिश्रवा युद्ध क्षेत्रमै आमरण अनशन बसे । तर सात्यकिले अचानक तरवार उठाएर निहत्था जमिनमा बसिरहेका घाइते भूरिश्रवाको टाउको छिनालिदिए ।

सात्यकिलाई श्रेष्ठ योद्धा मानिन्थ्यो । तर उनले क्रोधवश युद्धक्षेत्रमा यस प्रकारको अत्यन्त अनुचित कार्य गरे । सात्यकिले यस्ता प्रकारले भूरिश्रवालाई मारका हुँदा सैनिकहरूले उनको अभिनन्दन गरेनन् ।

मौसुल पर्व सम्पादन गर्नुहोस्

मौसुल पर्वको घटनाको प्रसङ्गमा, कृतवर्माले सात्यकीको यस कृत्यको निन्दा गरेका थिए। त्यसबाट यादव-यादव बीच आपसमा मारकाट सुरु भयो। सात्यकीले कृतवर्मालाई तरबार प्रहार गरि हत्या गरे।

सन्दर्भ सम्पादन गर्नुहोस्


ढाँचा:कुरुक्षेत्र युद्ध का योद्धा