ब्राजिल महिला राष्ट्रिय फुटबल टोली


ब्राजिल महिला राष्ट्रिय फुटबल टोली (पोर्तगाली: Seleção Brasileira de Futebol Feminino), अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताहरूमा ब्राजिलको प्रतिनिधित्व गर्ने महिला राष्ट्रिय फुटबल टोली हो। यो ब्राजिल फुटबल सङ्घदक्षिण अमेरिकी फुटबल सङ्घको अधिनमा रहेको छ। पुरुष टोलीको समान, ब्राजिली टोली महिला फुटबलमा विश्वको एक मजबूत राष्ट्र मानिन्छ जुन उनीहरूको नतीजाबाट प्रमाणित हुन्छ।[८] टोली हालसम्म ८ पटक फिफा महिला विश्वकपमा सहभागी भइसकेको छ जहाँ टोली सन् २००७ को संस्करण मा उप विजेता बनेको थियो। सन् २००४ र २००८ को ओलम्पिकमा पनि टोली उपविजेता बनेको थियो। कोपा अमेरिका फेमेनिनाको उपाधि टोलीले सात पटक (सन् १९९१, सन् १९९५, सन् १९९८, सन् २००३, सन् २०१०, सन् २०१४ र सन् २०१८) जितेको छ। टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल अमेरिकाको विरुद्धमा खेलेको थियो जहाँ टोली २-१ ले पराजित भएको थियो।[९]

ब्राजिल
उपनाम(हरू)Seleção[१]
As Canarinhas[२]
Verde-Amarela[३]
सङ्गठनConfederação Brasileira de Futebol
सङ्घदक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका)
प्रमुख प्रशिक्षकपिया सुन्धागे
कप्तानमार्ता
सर्वाधिक उपस्थितिफोर्मिगा (१९८)[४]
सर्वाधिक गोलकर्तामार्ता (१०८)
फिफा कोडBRA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयतावृद्धि(१६ अप्रिल २०२१)[५]
उच्च वरीयता(मार्च २००९)
निम्न वरीयता११ (सेप्टेम्बर २०१९)
पहिलो अन्तर्राष्ट्रिय
 संयुक्त राज्य अमेरिका २–१ ब्राजिल 
(जेजोलो, इटाली; २२ जुलाई १९८६)
ठूलो विजय
 ब्राजिल १५–० बोलिभिया 
(उबेरलाँजिया, ब्राजिल; १८ जनवरी १९९५)
 ब्राजिल १५–० पेरू 
(मार देल प्लाता[६], अर्जेन्टिना; २ मार्च १९९८)
ठूलो हार
 संयुक्त राज्य अमेरिका ६–०[७] ब्राजिल 
(डेनभर, अमेरिका; २६ सेप्टेम्बर १९९९)
विश्वकप
उपस्थिति८ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजाउप-विजेता (२००७)
कोपा अमेरिका
उपस्थिति७ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजाविजेता (सन् १९९१, सन् १९९५, सन् १९९८, सन् २००३, सन् २०१०, सन् २०१४, सन् २०१८)
कोनकाकाफ महिला गोल्डकप
उपस्थिति१ (पहिलो खेल सन् २०००)
उत्कृष्ट नतिजाउप-विजेता (सन् २०००)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. ढाँचा:Cita web
  2. ढाँचा:Cita web
  3. ढाँचा:Cita web
  4. ढाँचा:Cita web
  5. "फिफा/कोकाकोला महिला विश्व वरीयता क्रम", फिफा, १६ अप्रिल २०२१, अन्तिम पहुँच १६ अप्रिल २०२१ 
  6. ढाँचा:Cita web
  7. ढाँचा:Cita web
  8. ढाँचा:Cita web
  9. "Seleção Brasileira Feminina (1986–1995)", RSSSF, २०. सेप्टेम्बर २०१४, अन्तिम पहुँच २३. डिसेम्बर २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्