मार्ता भिएरा दा सिल्भा (जन्म:१९ फेब्रुअरी १९८६), मार्ताको रूपमा परिचित एक ब्राजिली फुटबल खेलाडी हुन् जसले अमेरिकी क्लब ओर्लान्डो प्राइड[२]ब्राजिल महिला राष्ट्रिय फुटबल टोलीको लागि अग्रपङ्क्तिबाट खेल खेल्छिन्।[३][४][५] फिफा महिला विश्वकपमा उनले हाल सम्मकै सर्वाधिक गोलको किर्तिमानी कायम गर्न सफल छिन् जहाँ उनले हालसम्म १७ गोल गरिसकेकी छिन्। मार्तालाई सर्व समयको प्रतिष्ठित फुटबल खेलाडीको रूपमा लिइन्छ।[६]

मार्ता
व्यक्तिगत जानकारी
पुरा नाम मार्ता भिएरा दा सिल्भा
जन्म मिति (1986-02-19) १९ फेब्रुअरी १९८६ (उमेर ३८)
जन्म स्थान आलागोस, ब्राजिल
उचाइ १.६२ मिटर[१]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
ओर्लान्डो प्राइड
सङ्ख्या १०
युवा करियर
सन् १९९९ सेन्त्रो स्पोर्तिभो आलागोआनो
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २०००–२००२ भास्को दा गामा फुटबल क्लब १६ (४)
सन् २००२–२००४ सन्ता क्रुस ३८ (१६)
सन् २००४–२००८ उमेओ इको १०३ (१११)
सन् २००९ लस एन्जलस सोल १९ (१०)
सन् २००९–२०१०सान्तोस महिला फुटबल क्लब (ऋण) १४ (२६)
सन् २०१० गोल्ड प्राइड फुटबल क्लब २४ (१९)
सन् २०११ सान्तोस महिला फुटबल क्लब १२ (१३)
सन् २०११ वेस्टर्न न्युयोर्क फ्ल्यास १४ (१०)
सन् २०१२–२०१४ तिरेसो फुटबल क्लब ३८ (२७)
सन् २०१४–२०१७ रुसेनगोद फुटबल क्ल ४३ (२३)
सन् २०१७– ओर्लान्डो प्राइड ५५ (२३)
अन्तर्राष्ट्रिय करियर
सन् २००२ ब्राजिल १९ वर्ष मुनि
सन् २००२– ब्राजिल १५४ (१०८)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १२ अक्टोबर २०१९
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० मार्च २०२०

मार्तालाई हालसम्म ६ पटक सर्वोत्कृष्ट वर्ष खेलडीको रूपमा पुरस्कार प्रदान गरिएको थियो जहाँ उनले लगातार सन् २००६ देखि सन् २०१० सम्म पाँच पटक र सन् २०१८ मा एक पटक गरि कुलमा ६ पटक पुरस्कार हात पारिसकेकी छिन्। ब्राजिली पत्रिका एपोकाले सन् २००९ मा, उनलाई १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा नामकरण गरेको थियो।[७] सन् २००४ र सन् २००८ को ग्रीष्मकालिन ओलम्पिकमा ब्राजिलले रजत पदक हाल पार्दा उनले महत्त्वपूर्ण योगदान गरेकी थिइन्

सन् २०१५ देखि, उनले राष्ट्रिय टोलीको लागि सर्वाधिक ११० गोल गरिसकेकी छिन् जहाँ उनले पुरुष टोलीलाई समेत उछिन्न सफल भएकी छिन्।[८] सन् २०१९ फिफा महिला विश्वकपमा उनले इटाली विरुद्धको खेलमा आफ्नो १७ गोल गरेकी थिइन् जसमा उनले जर्मनेली खेलाडी बिर्गित प्रिन्जलाई पछि पार्न सफल भएकी थिइन्। यसका साथसाथै उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन्।[९][१०][११][१२][१३][१४] पाँच फरक संस्करणको विश्वकपका सबै संस्करणहरूमा गोल गर्ने उनी एकमात्र (पुरुष र महिला दुबैको) खेलाडी हुन्।[१५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्