बेसीसहर नगरपालिका
(बेसीशहर नगरपालिकाबाट अनुप्रेषित)
बेसीसहर नगरपालिका नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो। यो लमजुङ जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र पनि हो। बेसीसहर बजार रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ।[३] यो नगरपालिका २०७१ वैशाख २५ गते घोषणा भई २०७१ जेठ १ गतेबाट कार्यन्वयनमा आएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा बेसीसहर,उदीपुर,गाउँसहर र चण्डीस्थान गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा बागलुङपानी (३,४,७-९), बाँझाखेत हिलेटक्सार(९) र चिती गाविसलाई पनि यसमा गाभिएको थियो। यस नगरपालिकामा १४ वटा वडाहरू रहेका छन्।[४]
बेसीसहर नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°१३′५२″उ ८४°२२′३९″पू / 28.23111°N 84.37750°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | लमजुङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | गुमानसिंह अर्याल (नेकपा (एमाले)) |
• उपप्रमुख | पदमा गुरुङ (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १२७.६४ किमी२ (४९.२८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३८,२३२ |
• घनत्व | ३००/किमी२ (७८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेसीसहर नगरपालिकाको कुल जनसङ्ख्या ३८,२३२ रहेको छ भने यहाँ ११,०३८ घरधुरी रहेका छन्।[२]
बेसीसहर नगरपालिकाको चित्र दीर्घा
सम्पादन गर्नुहोस्-
गाउँसहरबाट हेर्दा बेसीसहर नगरपालिका
-
हिलेटक्सारबाट हेर्दा बेसीसहर नगरपालिका
-
बेसीशहर
-
बेसीशहर नगरपालिकाको गाउँशहरमा रहेको लमजुङ दरबारको पेन्टिङ
-
बेसीशहर नगरपालिकाको फलियासाँघु उदिपुरमा रहेको मध्य मर्स्याङ्दी जलविद्युतको ड्याम
-
बेसीशहर नगरपालिकाको उदिपुरमा रहेको उदिपुर कालिका मन्दिर
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[स्थायी मृत कडी]
- ↑ "बेसीशहर नगरपालिकाको वडा बिभाजन र जनसङ्ख्या", जिल्ला विकास समिति, लमजुङ, अन्तिम पहुँच २०१४-०९-१५।