बृहदीश्वर मन्दिर
बृहदेश्वर वा बृहदीश्वर मन्दिर तमिलनाडुको तंजौरमा स्थित एक हिन्दू मन्दिर हो जुन ११औं शताब्दीको आरम्भमा बनाइएको थियो । यसलाई तमिल भाषामा बृहदीश्वरको नामले जानिन्छ । बृहदेश्वर मन्दिर पूरा तरिकाले ग्रेनाइट निर्मित हो । विश्वमा यो आफ्नो तरिकाले पहिलो र एकमात्र मन्दिर हो जुन ग्रेनाइटको बनाइएको छ । यो आफ्नो भव्यता, वास्तुशिल्प र केन्द्रिय गुम्बजबाट मानिसहरूलाई आकर्षित गर्छ । यस मन्दिरलाई युनेस्कोद्वारा विश्व धरोहर घोषित गरिएको छ ।[२]
பெருவுடையார் ஆலயம், बृहदेश्वर मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | थनजाभुर |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | थनजोरे |
राज्य | तमिलनाडु |
देश | India |
वास्तुकला विवरण | |
वास्तुकला प्रकार | तामिल कलाकारिता |
निर्माता | राजाराज प्रथम[१] |
यसको निर्माण सन् १००३-१०१० को बीच चोल शासक राजाराज प्रथमले गराएका थिए । उनको नाममा यसलाई राजराजेश्वर मन्दिरको नाम पनि दिइन्छ । यो आफ्नो समयको विश्वको विशालतम संरचनाहरूमा गनिन्छ । यसलाई तेह्र (१३) फर्श भवन (सबै हिन्दू प्रतिष्ठानहरूमा फर्शको संख्या अजीब हुन्छ ।) को उचाई लगभग ६६ मीटर छ । मन्दिर भगवान शिवको आराधनालाई समर्पित छ ।
यो कलाको प्रत्येक शाखा - वास्तुकला, ढुङ्गा र ताम्रमा कलात्मक, प्रतिमा विज्ञान, चित्राङ्कन, नृत्य, सङ्गीत, आभूषण एवम् उत्कीर्णकलाको भण्डार हो । यो मन्दिर उत्कीर्ण संस्कृत र तमिल पुरालेख सुलेखहरूको उत्कृष्ट उदाहरण हो । यस मन्दिरको निर्माण कलाको एक विशेषता यो हो कि यसको गुम्बजको छाँया पृथ्वीमा पर्दैन । शिखरमा स्वर्णकलश स्थित छ । जुन ढुङ्गामा यो कलश स्थित छ, अनुमानत: त्यसको वजन २२०० मन (८० टन) छ र एउटै ढुङ्गाबाट बनेको छ । मन्दिरमा स्थापित विशाल, भव्य शिवलिङ्गलाई देख्दा उनको वृहदेश्वर नाम सर्वथा उपयुक्त प्रतीक हुन्छ ।
मन्दिरमा प्रवेश गर्दा गोपुरमको भित्र एक वर्ग स्थिरता छ । त्यहाँ चौतारीमा नन्दी जी बसेका छन् । नन्दी जीको यो प्रतिमा ६ मिटर लामो, २.६ मिटर चौडा तथा ३.७ मिटर उच्च छ । भारतवर्षमा एउटै ढुङ्गाबाट निर्मित नन्दी जीको यो दोस्रो सर्वाधिक विशाल प्रतिमा हो ।
शब्दावली
सम्पादन गर्नुहोस्बृहदेश्वर (IAST: Bṛihádīśvara) एक संस्कृत संमिश्र शब्द हो जसमा बृहतको अर्थ "ठूलो, महान, विशाल, व्यापक",[३] र ईश्वरको अर्थ "भगवान, शिव, सर्वोच्च अस्तित्व, सर्वोच्च आत्मा हो ।[४][५] नामको अर्थ "महान भगवान, विशाल शिव" मन्दिर हो । स्थानीय रूपमा, मन्दिरलाई ठूलो मन्दिर भनिन्छ, ऐतिहासिक शिलालेखहरूमा यसलाई राजाराजेश्वर, राजराजेश्वरम र पेरुवादैयार मन्दिरको रूपमा पनि जानिन्छ ।[६]
स्थान
सम्पादन गर्नुहोस्बृहदेश्वर मन्दिर तन्जावुर शहरमा स्थित छ, जुन चेन्नईको ३५० किलोमिटर (२२० माइल) दक्षिण पश्चिममा स्थित छ । यो शहर भारतीय रेलवे, तमिलनाडु बस सेवा र राष्ट्रिय राजमार्ग ६७, ४५ सी, २२६ र २२६ एक्सटेन्सनको नेटवर्कद्वारा अन्य प्रमुख शहरहरूमा दैनिक जोडिएको छ ।[७][८] स्थलको नजिकै एक विमानस्थल (आइएटिए: TJV) छ, जसमा नियमित हवाई सेवा छैन । नियमित सेवाको साथ निकटतम विमानस्थल तिरुचिरापल्ली अन्तर्राष्ट्रिय विमानस्थल (आइएटिए: TRZ), लगभग ५५ किलोमिटर (३४ माइल) टाढा छ ।[९]
छबिदीर्घा
सम्पादन गर्नुहोस्-
प्रवेशद्वारको गोपुरम
-
गणेश मन्दिर
-
सुब्रमण्य मन्दिर
-
गणेश प्रतिमा
-
मुख्य गोपुरम
-
नन्दीको माथिको छतको चित्रकला
-
अलङ्कृत स्तम्भ
-
मुख्य द्वार
-
सामान्य दृष्य
-
मन्दिरमा शिलालेख
-
गोपुरमको एक भागको विस्तृत दृष्य
-
भिक्षाटन प्रतिमा (मुख्य गोपुरम)
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Tanjavur Periya Kovil Tamil Nadu", Tamilnadu.com, ५ डिसेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण १० फेब्रुअरी २०१४ मिति
- ↑ बृहदेश्वर मन्दिर- दक्षिण भारत की वास्तुकला की एक भव्य मिसाल
- ↑ Brihat, Monier Monier Williams, Sanskrit English Dictionary, Oxford University Press, page 735
- ↑ Monier Williams, Sanskrit-English dictionary, Iṡvará, Oxford University Press, page 171
- ↑ James Lochtefeld, "Ishvara", The Illustrated Encyclopedia of Hinduism, Vol. 1: A–M, Rosen Publishing. आइएसबिएन ०-८२३९-२२८७-१, page 306
- ↑ South Indian Inscriptions – Vol II, Part I & II
- ↑ "NH wise Details of NH in respect of Stretches entrusted to NHAI" (PDF), Ministry of Road Transport & Highways, Government of India, National Highways Authority of India, पृ: २, अन्तिम पहुँच १७ डिसेम्बर २०११। वेब्याक मेसिन अभिलेखिकरण २५ फेब्रुअरी २००९ मिति
- ↑ "Thanjavur bus routes", Municipality of Thanjavur, अन्तिम पहुँच २९ डिसेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण १७ जुन २०१३ मिति
- ↑ Ē. Kē Cēṣāttiri (२००८), Sri Brihadisvara: The Great Temple of Thānjavūr, Nile, पृ: ५।