बुसु विश्वमा सर्वाधिक बोलिने तथा लोकप्रिय भाषाहरू सिक्नका लागि सृजना गरिएको एक अनलाइन मञ्च हो जून वेब, आइओएसएण्ड्रोइडमा उपलब्ध छ। यसले उक्त भाषाहरूका मातृभाषीसँग विश्वभरि प्रयोगकर्ताहरूसँग अन्तर्क्रिया गर्न अनुमति दिन्छ।[४] हो हाल १२ वटा भाषा पाठ्यक्रमहरू उपलब्ध छ जसमा अङ्ग्रेजी, स्पेनी, फ्रान्सेली, जर्मनेली, इटालेली, पोर्चुगाली, चिनियाँ, जापानी, पोल्याण्डि, टुर्की, रूसीअरबी लगायतका भाषाहरूमा समावेश छन्। सबै पाठ्यक्रमहरू १५ वटा अन्तरमुखी भाषाहरूमा उपलब्ध छन्। एक वा अधिक पाठ्यक्रम भाषाहरूको लागि स्वयम् गति पाठको माध्यमबाट सिक्नेहरूले यसमा कार्य गर्दछन्। पाठमा शब्दावली र व्याकरण अध्ययन समावेश छ। प्रत्येक पाठको अन्त्यमा, सिक्नेहरूले लिखित वा बोलेको कुराकानीमा उनीहरूले सिकेको भाषाको स्वदेशी मातृभाषी हरूसँग अभ्यास गर्न सक्दछन्।[५]

बुसु लिमिटेड
साइटको प्रकार
भाषा सिकाई
उपलब्ध भाषाअङ्ग्रेजी, स्पेनी, फ्रान्सेली, जर्मनेली, इटालेली, पोर्चुगाली, चिनियाँ, जापानी, पोल्याण्डि, टुर्की, रूसी, र अरबी
मुख्यालयहरूलन्डन, इङ्ल्यान्ड[१]
मालिकबुसु अनलाइन एस एल
संस्थापक (हरू)बर्नहार्ड निजनर, सह-संस्थापक र एड्रिएन हिल्ति, सह-संस्थापक[२]
युआरएलbusuu.com
अलेक्सा क्रमNegative increase१८,५५० अक्टोबर २०१८[३]
दर्ताआवश्यक (नि:शुल्क)
चालु भएको मिति१६ मे २००८

जनवरी २०१९ सम्म, बुसुको समुदायमा ९ करोड भन्दा बढी दर्ता भएका प्रयोगकर्ताहरू रहेका थिए।[६]

इतिहास सम्पादन गर्नुहोस्

बुसुलाई मे २००८ मा बर्नहार्ड निस्नर र एड्रियन हिल्तीले संयुक्त रूपमा स्थापना गरेका थिए। कम्पनीले आफ्नो वेबसाइट निःशुल्क संस्करणको साथ सुरू गरेको थियो र म्याड्रिडमा यसको पहिलो कार्यालयको स्थापना गरिएको थियो। सन् २००९ मा, भुक्तान सदस्यता मञ्चका सबै सुविधाहरूमा पहुँच गर्नका लागि परिचय गराइएको थियो र सन् २०१० मा, पहिलो बुसु मोबाइल अनुप्रयोगको सुरू गरिएको थियो।[७]

बुसु क्यामेरूनमा बोलिने एक लोपोन्मुख भाषा बुसुमा आधारित नामाकरण गरिएको हो। सन् १९८० को दशकमा गरिएको एउटा जातीय अध्ययनका अनुसार त्यसबेला केवल आठ व्यक्तिहरूले यो भाषा बोल्न सक्षम थिए। [८] सन् २०१० मा बुसुले छोटो भाषाको पाठ्यक्रमको सृजना गरेको थियो जसले बुसु भाषा सिक्नका लागि प्रोत्साहित गर्दछ।[९]

सन्,२०१२ मा प्रोफाउण्डर क्यापिटल र निजी लगानीकर्ताहरूबाट यसले ३ करोड ५० लाख युरोको कोष सङ्कलन श्रङ्खला बन्द गरेपछि बुसुले मञ्चको कार्यप्रणालीमा सुधार ल्याउँदै, विश्वव्यापी बजारमा यसको सेवा क्षेत्रलाई विस्तार गरेको थियो।[१०] त्यस वर्षको अवधिमा कम्पनीले आफ्ना कार्यालयहरू र कर्मचारीहरूलाई लन्डन स्थित कार्यालयमा सारेको थियो। बुसुको प्रधान कार्यालय त्यस बेलादेखि नै लन्डनमा अवस्थित छ।

अप्रिल २०१४ मा, बुसुले शिक्षा कम्पनी पियरसनसँग साझेदारी गरेको थियो र प्रयोगकर्ताहरूले अङ्ग्रेजी मान्यता प्राप्त जिएसइटि प्रमाणपत्र प्राप्त गर्न सक्दछन्।[११] सन् २०१५ मा, विश्वव्यापी शिक्षा प्रकाशक म्याकग्र-हिल शिक्षा यस कम्पनीमा रणनीतिक लगानीकर्ता बनेको थियो। प्रयोगकर्ताहरूले त्यसपछि अङ्ग्रेजी, स्पेनी, फ्रान्सेली, जर्मनेली, इटालेली र पोर्चुगाली भाषामा सुरुवाती स्तर देखि माथिल्लो मध्यवर्ती स्तर सम्म म्याकग्रा-हिल शिक्षा प्रमाणपत्र प्राप्त गर्न सक्दछन्।[१२]

मे २०१६ मा, कम्पनीले संस्था, विश्वविद्यालय र व्यवसायहरूको लागि भाषा सिक्ने मञ्चको लागि बुसुको सुरू गरेको थियो।[१३] मञ्चको प्रयोग गरि, सङ्गठनहरूले आफ्ना विद्यार्थी वा कर्मचारीहरूलाई बुसु भुक्तान सेवामा पहुँच प्रदान गर्दछन्। मञ्चले भाषा सिक्ने प्रयोगकर्ताहरूको प्रगति र समयको साथ अनुप्रयोगको प्रयोगको अवलोकन गर्न अनुमति दिन्छ। निजीकृत पाठ्यक्रमहरू उबर जस्तै सङ्गठनहरूका लागि सृजना गरिएको थियो।[१४]

बुसु भाषा सिक्नको लागि नयाँ प्रविधिहरूको अन्वेषण गर्न कटिबद्ध छ। सन् २०१७ मा, स्पेनी भाषामा सक्रिय आवाजका पाठहरूको प्रदान गर्दै, यो गुगल गृह सहायकको लागि एक प्रक्षेपण साझेदार बनेको थियो।[१५] सन् २०१७ मा यसले स्पेनी भाषा सिक्नका लागि एक आभासी वास्तविक अनुप्रयोगको सुरू गरेको थियो जुन ओकुलस गियरओकुलस गोको लागि उपलब्ध छ।[१६] सन् २०१८ मा, बुसुले अमेजनको अलेक्सा मञ्चको लागि एक बोध परीक्षणको सुरु गरेको थियो।[१७]

अवधारणा सम्पादन गर्नुहोस्

भाषा पाठ्यक्रमहरू सम्पादन गर्नुहोस्

बुसुले सामाजिक अध्ययनको सञ्चारात्मक तत्वहरूलाई स्व अध्ययनका मद्दतले भाषा सिक्नेमा समाहित गर्दछ। यसको वेबसाइट र मोबाइल अनुप्रयोगहरूको मार्फत, बुसुले १२ वटा भाषा पाठ्यक्रमहरू निःशुल्क र भुक्तान तरिका मार्फत पहुँच प्रदान गर्दछ। यसले समाहित १५ वटा अन्तरमुखी भाषाहरूको अध्ययनलाई समावेश गर्दछ।[१८]

अध्ययन सामग्री विषयवस्तु पाठमा विभाजित गरिएको छ। यो प्रत्येक साझा कुराकानी परिदृश्यहरूको वरिपरि आधारित छ। पाठमा शब्दावली, व्याकरण अभ्यास, उच्चारण अभ्यास, अन्तर्क्रियात्मक सामान्य ज्ञान र बुसु समुदायका सदस्य भएका देशीभाषीहरूसँग कुराकानीको अभ्यास हुन्छ।

सन् २०१९ मा, बुसुले तेस्रो-पक्षीय सामग्रीहरूको सुरूवात गरेको थियो जसमा श्रव्य दृश्य र लेखहरू द न्यू योर्क टाइम्सद इकोनोमिष्टबाट लेखिएको थियो जसले सिक्नेहरूलाई भाषा प्रयोगको वास्तविक जीवनका उदाहरणहरूबाट सिक्न अनुमति दिन्छ।[१९]

म्याकग्र-हिल एजुकेसनको साथ उनीहरूको साझेदारीको माध्यमबाट, भाषा सिक्नेहरूले अङ्ग्रेजी, स्पेनी, फ्रान्सेली, जर्मनेली, इटालेली र पोर्तुगालीमा सुरुवाती तह क र मध्यवर्ती तह खको बीचको स्तर पूरा गर्ने प्रमाणपत्र प्राप्त गर्न सक्दछन्।[२०] परिक्षाहरू संवाद, बोध र उत्पादक सीपमा केन्द्रित छ।

सबै पाठ्यक्रमहरू निःशुल्क पहुँच योग्य छ र भुक्तान गर्ने प्रयोगकर्ताहरूका लागि थप अतिरिक्त सुविधा समावेश छ। व्याकरण निर्देशन, कथित र लिखित कुराकानी, दूरी दोहोर्‍याउने शब्दावली प्रशिक्षण र अन्य सुविधाहरू जस्तै अफलाइन रिती, केवल भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध छ। [२१]

समुदाय सम्पादन गर्नुहोस्

मञ्चले सदस्यहरूलाई उनीहरूको लेखन र बोल्ने कलाको अभ्यास गर्न अनुमति दिई सहयोगी शिक्षालाई प्रोत्साहित गर्दछ जसमा उनीहरूले सिकिरहेको भाषाको मूल वक्ता वा मातृभाषीहरूको मद्दतले सबै विद्यार्थीहरूले एक अर्काको काम सच्याउँदछन्। [२२] तिनीहरू असमक्रमित आवाज रेकर्डिङ वा पाठ वार्ता मार्फत कुराकानी गर्न सक्दछन्। यस तरीकाले, प्रत्येक बुसुका प्रयोगकर्ता दुबै विदेशी भाषाका विद्यार्थी वा उनीहरूले पहिले नै बोल्न सक्ने भाषाहरूका शिक्षक पनि हुन्।

मान्यता तथा पुरस्कारहरू सम्पादन गर्नुहोस्

शैक्षिक अनुसन्धान सम्पादन गर्नुहोस्

सन् २०१६ मा, न्यू योर्क सहरको विश्वविद्यालय र दक्षिण क्यारोलिना विश्वविद्यालयका अन्वेषकहरूले बुसुको पाठ्यक्रमहरूको प्रभावकारिताको बारेमा अध्ययन गरेका थिए। परिणामले २२ घण्टा भाषा सिक्नु १ महाविद्यालयको सेमेष्टरको बराबर थियो।[२३]

पछि सन् २०१७ मा, बुसुले खुला विश्वविद्यालयका एक वरिष्ठ प्राध्यापकसँग मञ्च भाषा सिक्नेहरूको व्यवहारको बारेमा जानकारी लिएको थियो। परिणामले, बुसुमा भाषा सिक्न आउने ८२% प्रयोगकर्ताहरूले उनीहरूकै भाषा सिक्न सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेको देखाएको थियो।[२४]

बुसुले दोस्रो भाषा अधिग्रहणको बारेमा चलिरहेको अध्ययनमा लन्डन विश्वविद्यालयसँग काम गरेको छ।[२५]

पुरस्कारहरू सम्पादन गर्नुहोस्

सन् २००८ मा यस कम्पनीको स्थापना भएदेखि बुसु र यसका संस्थापकहरूले १९ वटा भन्दा बढी पुरस्कार जितेका छन्। यसले उपभोक्ता अध्ययनका लागि जर्मन सङ्घद्वारा सर्वश्रेष्ठ भाषा अनुप्रयोग, ब्लूमबर्ग नवप्रवर्तन पुरस्कार र गुगल प्लेद्वारा 'सन् २०१५' को सर्वश्रेष्ठ अनुप्रयोगको रूपमा चयन गरिएको थियो।[२६]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "busuu.com receives €3.5 million investment, moves its headquarters to London and welcomes lastminute.com co-founder Brent Hoberman as board adviser", www.advantageaustria.org/, ६े नोभेम्बर २०१२, अन्तिम पहुँच १३ मे २०१३.  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०६-०१ मिति
  2. "About the founders", बुसु डटकम, अन्तिम पहुँच २००८-०८-०८  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१५ मिति
  3. "Alexa.com Traffic, Demographics and Competitors - Alexa", अलेक्सा डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ जनवरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०३ मिति
  4. "Busuu Online S.L.: Private Company Information - Businessweek", इन्भेष्टिङ डट बिजन्स विक डटकम, अन्तिम पहुँच २२ अक्टोबर २०१२ 
  5. "The busuu methodology to language learning", बुसु डटमा, अन्तिम पहुँच २३ जनवरी २०१९ 
  6. "busuu app offering "real-world" English", द पाइ न्युज डटकम, अन्तिम पहुँच १६ जनवरी २०१९ 
  7. जोलिन, लुसी (२०१७-०३-०७), "From busuu to Babbel, language-learning startups adapt to thrive", द गार्जीयन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-१२ 
  8. Ltd, Hymns Ancient & Modern (मार्च २००५), ThirdWay, Hymns Ancient & Modern Ltd, पृ: ३३, अन्तिम पहुँच १ जनवरी २०११ 
  9. "Save busuu", busuu.com, अन्तिम पहुँच २०१९-०१-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-१८ मिति
  10. "Language Learning Platform busuu Raises €3.5M Series A Round, Moves to London To Scale Up", अन्तिम पहुँच २० अक्टोबर २०१२ 
  11. "Pearson English announces major partnership", अन्तिम पहुँच ३० अप्रिल २०१४ 
  12. "McGraw-Hill Education certificates", अन्तिम पहुँच १० जनवरी २०१९ 
  13. "busuu for Organisations", अन्तिम पहुँच २३ जनवरी २०१९ 
  14. "Uber offers UK drivers free English course", इनग्याजेट, अन्तिम पहुँच १६ फेब्रुअरी २०१७ 
  15. "Learn Spanish with busuu on Google Assistant"  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०४-२५ मिति
  16. "Learn Spanish in VR with busuu", ४ मे २०१८। 
  17. "busuu plugs into 'intelligent assistants'", ४ मे २०१८। 
  18. "तपाईको तह पत्ता लगाउनु होस्" 
  19. "busuu language app now offers 'New York Times' and 'Economist' courses", अन्तिम पहुँच २४ जनवरी २०१९ 
  20. [१]
  21. "Bussu Free versus Premium membership matrix", मूलबाट २०११-१०-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अगस्ट २०१२ 
  22. [२]
  23. The busuu efficacy study
  24. Autonomous language learning through a mobile application: a user evaluation of the busuu app
  25. [३]
  26. "Awards and accolades", अन्तिम पहुँच १५ जनवरी २०१९