नेपाल बीमा प्राधिकरण

(बीमा समितिबाट अनुप्रेषित)

नेपाल बीमा प्राधिकरण नेपाल सरकारको आधिकारिक बीमा नियामक निकाय हो। नेपालमा निष्पक्ष, प्रतिस्पर्धी र भरपर्दो बीमा सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ अर्थ मन्त्रालय अन्तर्गत सञ्चालित यस प्राधिकरणलाई जिम्मेवारी दिइएको छ।[१] यसका साथै बीमितको हक हितको प्रभावकारी संरक्षण गर्न बीमाको पूर्ण नियमन गर्ने दायित्व पनि प्राधिकरणको रहेको छ।

नेपाल बीमा प्राधिकरण
बीमा समितिको कार्यालय
गठनवि.सं २०२६
प्रकारनियमनकारी निकाय
प्रधान कार्यालयकुपोन्डोल ,ललितपुर
स्थान
प्रमुख व्यक्ति
सूर्यप्रसाद सिलवाल (अध्यक्ष)
राजुरमण पौडेल (कार्यकारी निर्देशक)
कर्मचारीहरू (वि.सं २०७९)
९१
वेबसाइटnia.gov.np
पूर्व नाम
बीमा समिति

ललितपुर जिल्लामा प्रधान कार्यालय रहेको यस प्राधिकरणको कर्णाली, मधेश, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा ६ वटा प्रादेशिक कार्यालयहरू रहेका छन्।

इतिहास सम्पादन गर्नुहोस्

वि.सं. २००४ मा नेपाल बैंकको माल चलानी तथा बीमा कम्पनीले नेपालमा बीमा व्यवसायको सुरुवात गरेको थियो। वि.सं. २०२६ सम्म नेपालको बीमा व्यवसायलाई नेपाल सरकारको बीमा ऐन, २०४९ ले नियमन गर्दै आएकोमा बीमा व्यवसायको प्रभावकारी नियमन र नियन्त्रणको आवश्यकता महसुस गर्दै नेपाल सरकारले एक समर्पित नियामक निकायको स्थापना गर्न कदम चालेको थियो।

यसको परिणाम स्वरुप वि.सं २०२६ सालमा नेपाल बीमा समितिको स्थापना भएको थियो।

वि.सं. २०७९ मा नेपाल बीमा समितिको औपचारिक नाम परिवर्तन गरी नेपाल बीमा प्राधिकरण राखिएको थियो।[२]

सङ्गठनात्मक संरचना सम्पादन गर्नुहोस्

प्राधिकरण विशेष गरी नेपाल सरकारले नियुक्त गरेको सञ्चालक समितिद्वारा सञ्चालित छ। बोर्डको संरचना यस प्रकार रहेको छ:[३]

  • अध्यक्ष: नेपाल सरकारद्वारा नियुक्त
  • सदस्य: सहसचिव, अर्थ मन्त्रालय
  • सदस्य: सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
  • सदस्य: जीवन बीमा विशेषज्ञ
  • सदस्य: निर्जीवन बीमा विशेषज्ञ

अध्यक्ष प्राधिकरणको कार्यकारी प्रमुख पनि हो। अध्यक्षको मातहतमा एक जना कार्यकारी निर्देशक र चार जना सञ्चालक छन्।

चार निर्देशकहरूले कम्पनीको चार सम्बन्धित विभागहरूको नेतृत्व गर्छन्, जुन यस प्रकार रहेका छन्:

  1. कानुन तथा नियमन महाशाखा
  2. मानव संशाधन तथा बीमा ऐन महाशाखा
  3. सुपरिवेक्षण, कृषि तथा लघु बीमा, पुनर्बीमा/अनुसन्धान महाशाखा
  4. व्यवस्थापन सूचना प्रणाली र इजाजतपत्र महाशाखा

वि.सं २०७९ सम्ममा, प्राधिकरणमा ९१ जना कर्मचारीहरू कार्यरत छन्।[४]

प्राधिकरण काम, कर्तव्य र अधिकार सम्पादन गर्नुहोस्

नेपालको बीमा ब्यवसायलाई व्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्नको लागि नेपाल बीमा प्राधिकरणको निम्न काम, कर्तव्य र अधिकार हुनेछ।

  • बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्नको लागि नीति निर्धारण गर्न नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
  • बीमाबाट प्राप्त हुन आएको रकम लगानी गर्नको लागि नीति निर्धारण गरी प्राथमिकता क्षेत्र तोक्ने,
  • बीमक, बीमा अभिकर्ता, सर्भेयर वा दलालको दर्ता र नवीकरण गर्ने तथा दर्ता खारेज गर्ने, गराउने,
  • बीमक तथा बीमित बीचको वाद विवादमा मध्यस्थता गर्ने,
  • बीमा दायित्व निर्धारणका सम्बन्धमा बीमक विरुद्ध बीमितले दिएको उजुरी उपर निर्णय गर्ने,
  • बीमा व्यवसायका सम्बन्धमा बीमकलाई समय समयमा आवश्यक निर्देशन दिने
  • बीमितको हित रक्षाको निम्ति आवश्यक आधार तर्जुमा गर्ने, र
  • बीमा व्यवसायसँग सम्बन्धित अन्य आवश्यक काम गर्ने

नेपालका बीमा कम्पनीहरू सम्पादन गर्नुहोस्

वि.सं २०७९ सम्ममा नेपालमा बीमा प्राधिकरण अन्तर्गत ३८ वटा इजाजतपत्र प्राप्त बीमा कम्पनीहरू संचालनमा रहेका छन्। ३५ कम्पनी मध्ये १४ जीवन बीमा कम्पनी, १४ निर्जीवन बीमा कम्पनी, २ पुनर्बीमा कम्पनी, २ जीवन लघु बीमा कम्पनी र ३ लघु निर्जीवन बीमा कम्पनी रहेका छन्।[५]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Introduction – नेपाल बीमा प्राधिकरण" (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-०८ 
  2. "आजदेखि बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’ बन्यो, नियमनमा फड्को मार्न सकोस", इन्स्योरेन्स खबर (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८० 
  3. "Board Members – नेपाल बीमा प्राधिकरण" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-०८ 
  4. "Staff Profile – नेपाल बीमा प्राधिकरण" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-०८ 
  5. "नेपाल बीमा प्राधिकरण – Nepal insurance Authority: Insurance Regulatory Authority of Nepal" (en-USमा), अन्तिम पहुँच २०२३-०२-०८