बिष्मा
बिष्मा वा बिख्मा औषधीय गुण भएको विषालु वनस्पति हो । यो वनस्पति नेपालका पूर्वी पहाडी भूभाग तथा भारतको पश्चिम बङ्गालमा प्रशस्त मात्रामा पाइन्छ । यसको बहुवर्षीय पतझर बोट करीब एक मिटर अग्लो र आधा मिटर चौडा हुन्छ ।
बिष्मा वा विष | |
---|---|
Aconitum ferox | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | A. ferox
|
वैज्ञानिक नाम | |
Aconitum ferox [Wallich |
बिष्माको औषधीय गुणहरू
सम्पादन गर्नुहोस्यो बिषालु हुने भएकोले यसलाई होशियारीपूर्वक हर्रोको साररसमा उमालेर निराविषीकरण (विषको असर नाश) गरेर मात्र प्रयोग गर्नु पर्दछ । यसको गानोको प्रयोग कफ, दम, घाँटी दुखेको, ज्वरो, आउँ, पखाला, आन्द्राको रोग, मुटुको टनिकको रूपमा र काटेको घाउमा गरिन्छ । सुन्निएको तथा दुखेको ठाउँमा पनि यसको प्रयोग गरिन्छ । यसको प्रयोग कीरा तथा मुसा मार्न पनि गरिन्छ । यसमा पाइने एकोनाइट रासायनिक तत्व यूनानी, आयुर्वेदिक र आधुनिक सबै उपचार पद्धतिहरूमा गरेको पाइन्छ ।[१]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा बिष्मा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।