खनालहरुको गोत्र धृत कौसिल्या (धृत कौसिक) भने पनि यिनीहरू बशिष्ठ भित्र पर्दछन् किनभने शुरुआतमा मनु (आदम) बाटै कुलहरु बढ्दै गएको हो, त्यो हिसाबले सबैको कुलपिता एउटै हुन भन्न पर्यो । सप्तऋषि भित्रका कश्यप अत्री वशिष्ठ गौतम जमदग्नी भारद्वाज बिश्वामित्र मध्ये जुन ऋषिको शिक्षामा जुन हाँगो हुर्क्यो उसलाई त्यही गोत्र प्रदान गर्ने चलन थियो पछि कसै कसैले आफ्नै नाम बाट पनि गोत्र चलाउने चलन बसाले, धृत कौसिल्या ऋषिलाई शिक्षा दिने काम वशिष्ठले गरेको कुरा एउटा लेखमा पढ्न पाइएको थियो । गोत्र भित्र बिबाह गर्न नपाइने हुनाले बिच बिचमा गोत्रलाई भाग भाग गर्ने कामहरु पनि भए, साथै गोत्र भित्रको हत्यालाई महापाप मानिने हुनाले गोत्र हत्याको पाप पखाल्न आफ्नो गोत्र त्यागेर नयाँ गोत्र धारण गर्ने चलन पनि बस्यो, पृथ्वीनारायण शाहले पनि काशी गै गोत्र परिवर्तन गरेको कुरा पढेकै हो, त्यसताका त्यस्तो गर्न खोज्नेहरुले आफ्नो गोत्र त्यागेर कश्यप गोत्र धारण गर्ने चलन थियो किनभने उतिबेला गोत्र थाहा नभएकाहरुलाई कश्यप गोत्र प्रदान गर्ने चलन रहेछ । यसैले यो गोत्रका मानिसहरु धेरै हुने भएकाले यसबाट ठुलो जमातको सपोर्ट पनि प्राप्त हुने अवसर मिल्थ्यो । गोत्रका आधारमा खनालहरुको पनि ठुलै बंश लहरो हुने देखेर राजा राम शाहले सात हराम र सात बिराममा पनि खनालहरुलाई आममाफी दिने भनी पञ्जा पत्र जारी गरेका थिए । बालकृष्ण खनाल

पूर्वज सम्पादन गर्नुहोस्

कुँमाऊ ? तिरबाट नेपाल आएका चामु पाध्याय ब्रह्माणले अर्घा?खाँची?का राजालाई खुशी पारी वि.सं. १४१६ त्यहि बसे । उनको मृत्य पछि राजाले खेती विर्ता दिएर विधवा ब्रह्माणी र नाबालक ३ छोराहरूले खेत खनेर बस्नु भनेकाले शुरू भएको "खन" शब्द "खद्दाल" हुँदै "खनाल" भएको "खनाल वंशावलि" मा पढ्न पाईन्छ ।[स्रोत नखुलेको]

गोत्र प्रवर्तक तथा सगोत्री सम्पादन गर्नुहोस्

खनालका गोत्र प्रवर्तक रिषी "घृत कौशिक" हुन् । सफा सेतो घिउ जस्तो पानी बग्ने कोशी नदिको किनारामा दश हजार वर्ष अगाडि यज्ञ गर्ने गर्दथे । खनाल, बराल, नेपाल, कार्की (सुतर), पण्डित र बाजपेयी (भारत) सगोत्री हुन् । ।[स्रोत नखुलेको]

संख्या सम्पादन गर्नुहोस्

कुल पुजाको बिधि र परम्परा सम्पादन गर्नुहोस्

प्रख्यात खनालहरु सम्पादन गर्नुहोस्

  • सर्वेश्वर खनाल - द्रव्य शाहले गोर्खा जित्दाका प्रमुख मन्न्री, ६ घरथरमा
सरल ब्याक्ति -राम प्रसाद खनाल , मालारानि गाउपालिका 7 अर्घाखाँची 

पन्डित- श्री पिताम्बर खनाल ,बामरुक ,मालारानीगाउपालिका ७ अर्घाखाँची


  • केदार नाथ खनाल - धरान नगर पालिका, सुनसरी को प्रथम नगर प्रमुख
  • डा. जयन्त नाथ खनाल -राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सदस्य