फेसबुक मेसेन्जर (सामान्य रूपमा मेसेन्जरको नामले पनि चिनिने)[४] फेसबुक निगमद्वारा विकसित एक तत्काल सन्देश प्रवाह अनुप्रयोग वा मञ्च हो।[५] मूल रूपमा सन् २००८ मा फेसबुक च्याटको रूपमा विकसित भएको यस सेवालाई यस कम्पनीले सन् २०१० मा आफ्नो सन्देश सेवामा पुन: सुधार गरी अगस्टमा २०११ मा स्वतन्त्र रूपमा आइओएसएन्ड्रोइडमा अनुप्रयोगहरू जारी गरेको थियो। कम्पनीले सन् २०१८ मा, मेसेन्जरमा आधारित सम्पर्कका लागि स्वतन्त्र फेसबुक पोर्टल हार्डवेयरको पनि जारी गरेको थियो। वर्षौंदेखि, फेसबुकले विभिन्न सञ्चालन प्रणालीहरूका लागि नयाँ अनुप्रयोगहरूको जारी गरिरहेको छ। यसले यसको समर्पित वेबसाइट (मेसेन्जर डटकम) सुरू गर्दै सन्देश कार्यक्षमतालाई मुख्य फेसबुक अनुप्रयोगबाट अलग गरेको थियो। यसले प्रयोगकर्ताहरूलाई वेबसाइट प्रयोग गर्न वा स्वतन्त्र अनुप्रयोगहरू मध्ये एक डाउनलोड गर्न अनुमति दिन्छ।

फेसबुक मेसेन्जर
फेसबुक एफ८ विकासकर्ता सम्मेलनमा मार्क जुकरबर्ग
फेसबुक एफ८ विकासकर्ता सम्मेलनमा मार्क जुकरबर्ग
निर्माणकर्ता (हरू)फेसबुक निगम
मौलिक संस्करणअगस्ट ९, २०११; १२ वर्ष पहिले (२०११-०८-09)
ढाँचा:Infobox software/stacked
सञ्चालन प्रणालीवेब, एन्ड्रोइड, आइओएस, विन्डोज फोन, विन्डोज ८, विन्डोज १०
आकार२७९.१ मेगाबाइट (आइओएस)[१]
३४.९६ मेगाबाइट (एन्ड्रोइड)[२]
उपलब्ध भाषाहरू१११[३] भाषाहरू
प्रकारतत्काल सन्देश सेवा
अनुमति पत्रफ्रिवेर, स्वामित्व
वेबसाइटMessenger.com
fb.com/messages

प्रयोगकर्ताहरूले विभिन्न प्रकारका सन्देशहरू (श्रव्य सम्पर्क सहित) जस्तै पाठ, तस्वीर, एनिमेसन, श्रव्य र छोटा श्रव्य दृश्यहरू अन्य प्रयोगकर्ताहरूलाई वेबसाइट वा मोबाइल उपकरणहरू मार्फत अतिरिक्त शुल्क बिना पठाउन सक्दछन्।[६] नोभेम्बर २०१४ मा, फेसबुकले जारी गरेको प्रतिवेदनका अनुसार, फेसबुक मेसेन्जरका करिब १.२ अरब प्रयोगकर्ताहरू रहेका छन्।

जुलाई २०१५ देखि, फेसबुकका मोबाइल अनुप्रयोगहरूले व्यवस्थित रूपमा फेसबुक मेसेन्जर अनुप्रयोगमा सन्देश पठाउन फेसबुक मार्फत अनुमति प्राप्त थियो। विगतमा फेसबुक खाता नहुने प्रयोगकर्ताहरूका लागि पनि मोबाइल नम्बर दर्ता मार्फत अनुप्रयोग प्रयोगकर्ताहरूका लागि पहुँचयोग्य थियो तथापि, जनवरी २०२० देखि यो अनुप्रयोग चलाउनका लागि अनिवार्य रूपमा फेसबुक खाता भएको हुनु पर्नेछ।[७]

इतिहास

मार्च २००८ मा फेसबुकमा नयाँ तत्काल सन्देश सेवामञ्चको सफल परीक्षण पश्चात् उक्त सुविधालाई "फेसबुक च्याट"[८][९] नामकरण गरिएको थियो जसलाई बिस्तारै प्रयोगकर्ताहरूका माझ अप्रिल २००८ मा जारी गरिएको थियो।[१०][११] फेसबुकले नोभेम्बर २०१० मा यसको तत्काल सन्देश मञ्चलाई पुन: सुधार गर्दै मार्च २०११ मा सन्देश सेवा बेलुगाको अधिग्रहण गरेको थियो।[१२] कम्पनीले मार्च, २०११ मा आफ्नो स्वतन्त्र आइओएस र एन्ड्रोइड मोबाइल अनुप्रयोगहरूको सुरूवात गरेको थियो। पछि अक्टोबर २०११ मा, फेसबुकले ब्ल्याकबेरी संस्करणको सुरूवात गरेको थियो।[१३] मार्च २०१४ मा कम्पनीले विन्डोज फोनका लागि पनि अनुप्रयोग जारी गरेको थियो तथापि, यसमा आवाज सन्देश र वार्ता शीर्षक जस्ता सुविधाहरूको अभाव रहेको थियो। अप्रिल २०१४ मा, फेसबुकले तत्काल सन्देश सुविधालाई मुख्य फेसबुक अनुप्रयोगबाट हटाइने र उक्त सेवा प्रयोग गर्नका लाग प्रयोगकर्ताहरूले छुट्टै तत्काल सन्देश सेवा प्रदान गर्ने अनुप्रयोगलाई डाउनलोड गर्नुपर्ने घोषणा गरेको थियो।[१४] जुन २०१४ म, फेसबुकले डेभिड मार्कसलाई उप-प्रमुख बन्नका लागि निमन्त्रणा दिएको थियो।[१५] मे २०१८ मा उनले उक्त पद त्यागेका थिए। [१६] आइओएस अनुप्रयोगको आइप्याड अनुकूलित संस्करण जुलाई २०१४ मा जारी गरिएको थियो। अप्रिल २०१५ मा, फेसबुकले मेसेन्जरको लागि वेबसाइटको सुरुवात गरेको थियो। एक टिजेन अनुप्रयोगलाई १३ जुलाई २०१५ मा जारी गरिएको थियो। फेसबुकले अप्रिल २०१६ मा मेसेन्जर विन्डोज १० को लागि सुरु गरेको थियो। अक्टोबर २०१६ मा, फेसबुकले, फेसबुक मेसेन्जर लाइटको जारी गरेको थियो। [१७] यो संस्करण मेसेन्जरको सानो संस्करण हो जसमा सुविधा कम छन्। अनुप्रयोग मुख्य रूपमा पुरानो एन्ड्रोइड फोन र उच्च गतिका इन्टरनेट व्यापक रूपमा उपलब्ध नभएका क्षेत्रहरूमा लक्षित छ।[१७] अप्रिल २०१७ मा, उक्त फेसबुक मेसेन्जर लाइटलाई १३२ भन्दा बढी देशहरूमा विस्तार गरिएको थियो। मे २०१७ मा, फेसबुकले एन्ड्रोइडआइओएसमा मेसेन्जरको लागि बनावटलाई परिवर्तन गरेको थियो।[१८][१९] फेसबुकले नोभेम्बर २०११ मा सीमित बिटा परीक्षणमा विन्डोज ७ का लागि मेसेन्जर प्रोगामको घोषणा गरेको थियो।[२०] अर्को महिना, इजरायली ब्लग टेक आइआइटीले उक्त प्रोग्रामका लागि डाउनलोड सूत्रको चुहावट गरेको पछि फेसबुकले पुष्टि गरेको थियो र आधिकारिक रूपमा उक्त प्रोग्रामलाई जारी गरेको थियो।[२१] प्रोगाम अन्ततः मार्च २०१४ मा बन्द गरिएको थियो।[२२] फायरफक्स वेब ब्राउजर एड-अन डिसेम्बर २०१२ मा जारी गरिएको थियो, तर मार्च २०१४ मा यसलाई पनि बन्द गरिएको थियो।

डिसेम्बर २०१७ मा, फेसबुकले १३ वर्ष भन्दा कम उमेरका व्यक्तिहरूको लागि नयाँ अनुप्रयोग मेसेन्जर किड्सको घोषणा गरेको थियो। अनुप्रयोगको मानक संस्करणको तुलनामा केही भिन्नताहरूको साथ यो प्रस्तुत भएको थियो। सन् २०१९ मा, फेसबुक मेसेन्जरले सन् २०११ देखि २०१९ सम्ममा यो दशकको दोस्रो सबैभन्दा डाउनलोड गरिएको मोबाइल अनुप्रयोग भएको घोषणा गरेको थियो। [२३] डिसेम्बर २०१९, फेसबुक मेसेन्जरले प्रयोगकर्ताहरूलाई केवल मोबाइल नम्बरको प्रयोग गरी प्रवेशलाई समर्थन गर्न छोडेको थियो।[२४] प्रयोगकर्ताहरूलाई यस सेवा प्रयोग गर्नको लागि फेसबुक खातामा अनिवार्य रूपमा प्रवेश गरेको हुनु पर्दछ। [२५]

विशेषता

निम्नलिखित फेसबुक मेसेन्जरमा समावेश सुविधाहरूको तालिका हो। भौगोलिक सेवा क्षेत्र र कुन उपकरणहरूमा तिनीहरू उपलब्ध छन् भन्ने बारेमा पनि यसले जानकारी दिन्छ:

विशेषता थप गरिएको मिति विवरण मञ्चहरू उपलब्धता
फेसबुक खाता बिनानै खाता खोल्न सकिने डिसेम्बर २०१२ एन्ड्रोइड प्रयोगकर्ताहरूले अनुप्रयोगमा फेसबुक खाता बिनानै खाता खोल्न जसमा नाम र फोन नम्बरको भने आवश्यकता पर्दछ।[२६][२७] मोबाइल विश्वव्यापी
प्रत्यक्ष सन्देश सेवा अक्टोबर २०१३ प्रयोगकर्तासँग तिनीहरूको सम्पर्क सूचीमा अन्य प्रयोगकर्ताको फोन नम्बर भएको खण्डमा, प्रयोगकर्ताहरू साथीहरू नभईकन पनि अन्य प्रयोगकर्ताहरूलाई सन्देशहरू पठाउन सक्दछन्।[२८][२९] सबै विश्वव्यापी
वार्ता अङ्कित प्रतिमा अप्रिल २०१३ सम्पर्क व्यक्तिको तस्वीरका साथ एक गोलाकार प्रतिमा प्रदर्शन गर्दछ।[३०][३१] मोबाइल विश्वव्यापी
रकम स्थानान्तरण मार्च २०१५ अमेरिकी प्रयोगकर्ताहरूका माझ सीमित यो सेवाले साथीहरूलाई रकम स्थानान्तरण गर्ने सुविधा प्रदान गर्दछ।[३२][३३] अप्रिल २०१७ मा, यो सेवालाई विस्तार गरिएको थियो जसले समूह भुक्तान समर्थन गरेको थियो।[३४][३५] मोबाइल अमेरिका
सम्पर्क जनवरी २०१३ जनवरी २०१३ मा, फेसबुकले क्यानाडाका प्रयोगकर्ताहरूमा वेब सम्पर्क सेवा थप गरेको थियो।[३६][३७] त्यसको केही दिनपछि यसले उक्त सेवा अमेरिकामा विस्तार गरेको थियो।[३८][३९]

अप्रिल २०१५ मा, मेसेन्जरले विभिन्न देशहरूमा श्रव्य दृश्य सम्पर्क सेवाको सुरुवात गरेको थियो।[४०][४१] अप्रिल २०१६ मा, समूह श्रव्य सम्पर्कमा ५० जनासम्म एकैसाथ सहभागी हुन सक्ने गरी सेवालाई परिमार्जन गरिएको थियो। [४२][४३] सोही वर्षको डिसेम्बरमा, समूह श्रव्य दृश्य सम्पर्कमा पनि सोही सुविधालाई थप गरिएको थियो।[४४][४५] जुन २०१७ मा, फेसबुकले प्रयोगकर्तालाई उनीहरूको अनुहारको शीर्षमा फेसबुकको प्रतिक्रियाहरूको कार्टुन समाविष्ट संस्करणहरू थप्ने क्षमता दिन श्रव्य दृश्य सम्पर्कलाई अद्यावधिक गरेको थियो। जस्तै रोइरहेको अनुहारको लागि आँसु र त्यस्तै विभिन्न खालमा कम्प्युटरद्वारा निर्मित चरित्रहरू र इमोजीहरू समावेश छन्। यसको अतिरिक्त, प्रयोगकर्ताहरूले पर्दा चित्रण खिच्न र प्रत्यक्ष छनौट सामग्रीमा रङ्ग र प्रकाश परिवर्तन गर्न पनि सक्षम छन्।[४६][४७]

मोबाइल विश्वव्यापी
स्थान साझेदारी जुन २०१५ यदि प्रयोगकर्ता आफैँ उक्त ठाउँमा नभए पनि प्रयोगकर्ताहरूले "स्थान" नामक कुञ्जी थिची कुनै पनि स्थान चिह्नित गर्न सक्ने क्षमता सहित नक्साको अवलोकन गर्न सक्दछन्।[४८][४९][५०] मार्च २०१७ मा, प्रयोगकर्ताहरूलाई अस्थायी रूपमा एक स्थानमा एक घण्टाको लागि साथी वा साथीहरूको समूहसँग उनीहरूको स्थान साझेदारी गर्न यसले प्रत्यक्ष स्थान साझेदारीलाई परिचय गराएको थियो।[५१][५२][५३] मोबाइल विश्वव्यापी
व्यापार अन्तरक्रिया फेसबुक एफ८ सम्मेलनमा, फेसबुकले मेसेन्जर प्रयोगकर्ताहरूलाई व्यवसायसँग अन्तर्क्रिया गर्न अनुमति दिने घोषणा गरेको थियो।[५४][५५][५६]
तेस्रो पक्षीय अनुप्रयोग एकीकरण प्रयोगकर्ताहरू मेसेन्जर भित्र मिल्दो तेस्रो-पक्षीय अनुप्रयोगहरू खोल्न सक्षम छन्।[५४] मोबाइल विश्वव्यापी
यातायात अनुरोध डिसेम्बर २१५ मेसेन्जरले उबरसँग एकीकरण गर्दै अमेरिकाका प्रयोगकर्ताहरूलाई अनुप्रयोगबाट प्रत्यक्ष यातायात अनुरोध गर्न अनुमति दिएको थियो।[५७][५८][५९] मार्च २०१६ मा, लिफ्टको समर्थन थप गरिएको थियो।[६०][६१] मोबाइल अमेरिका
सङ्क्षिप्त सन्देश सेवाको समर्थन सन् २०१२ एन्ड्रोइडको मेसेन्जर अनुप्रयोग भित्र फेसबुकले सङ्क्षिप्त सन्देश सेवा पाठका लागि समर्थन लागू गरेको थियो[६२][६३] तथापि, यस सुविधालाई सन् २०१३ मा बन्द गरिएको थियो।[२९] सङ्क्षिप्त सन्देश सेवालाई पुन: फेब्रुअरी २०१६ मा, परीक्षणमा ल्याइएको थियो,[६४][६५] यसलाई जुनमा पुन: सञ्चालनमा ल्याइएको थियो।[६६] एन्ड्रोइड विश्वव्यापी
बहु खाताहरू फेब्रुअरी २०१६ फेसबुकले अनुप्रयोगहरूमा बहुखाताहरूको लागि समर्थन थप गरेको थियो।[६४][६५] मोबाइल विश्वव्यापी
यन्त्रमानव मञ्च अप्रिल २०१६ सन् २०१७ को सम्वर्द्धन

सन् २०१७ को फेसबुक एफ८ सम्मेलनमा, फेसबुकले यन्त्रमानवका लागि विस्तारको घोषणा गरेको थियो:

  • समूह वार्तामा यन्त्रमानव:

यन्त्रमानवहरूले विभिन्न प्रकारका सूचनाहरू अद्यावधिक गर्दै प्रयोगकर्ताहरूसँग कुराकानी नगरिकनै समूह वार्तामा भाग लिन सक्ने विशेषता थप गरिएको छ।[६७][६८]

  • वार्ता विस्तार: प्रयोगकर्ताहरूले समर्पित अनुप्रयोगहरूसँग अन्तर्क्रिया गर्न सक्दछन्।[६९][७०]
  • क्युआर स्क्यान प्रयोगकर्ताहरूले मेसेन्जरको क्यामारा कार्यक्षमता मार्फत विशेष क्युआर अङ्कफाई स्क्यान गर्न सक्दछन्।[६९][७०] थोरै पुन: नामाकरण गरिएको "पत्ता लगाउनुहोस्"लाई आधिकारिक रूपमा संयुक्त राज्य अमेरिकामा जुन २०१७ मा सुरू गरिएको थियो।[७१][७२]
सबै विश्वव्यापी
"एम" सहयोगी अप्रिल २०१७ (बन्द हुने प्रक्रियामा रहेको छ) अगस्ट २०१५ मा, फेसबुकले एमको घोषणा गरेको थियो। यो मेसेन्जर प्रयोगको लागि एक कृत्रिम बुद्धिमत्ता आभासी सहायक हो जुन स्वचालित रूपमा प्रयोगकर्ताहरूका लागि कार्यहरू सम्पन्न गर्न सक्षम छ जसमा खरीद वस्तु, उपहार वितरण, पुस्तक, रेष्टुरेन्टहरू, र यात्राहरूको व्यवस्था समावेश छ।[७३][७४][७५] अप्रिल २०१७ मा, फेसबुकले संयुक्त राज्य अमेरिकामा प्रयोगकर्ताहरूका लागि एमलाई सक्षम पारेको थियो जसले कुञ्जी शब्दहरूको लागि वार्तालाई छनोट गरी सान्दर्भिक कार्यहरूको सुझाव दिन्छ।

[७६][७७][७८] फेसबुकले एम सुझावको सुरुवातलाई १८ अप्रिल २०१७ को फेसबुकको एफ एट सम्मेलनमा आधिकारिक बनाएको थियो।[६९][७०] जनवरी २०१८ मा निकट भविष्यमा बन्द हुनेछ घोषणा गरिएको थियो।

सबै अमेरिका
गृह सन्देश जुन २०१६

सन्देश पठाउन र प्राप्त गर्न केन्द्रिय स्थानको रूपमा फेसबुकले "गृह" कुञ्जीको घोषणा गरेको थियो।[७९]

मोबाइल विश्वव्यापी
गोप्य कुराकानी अक्टोबर २०१६ अक्टोबर २०१६ मा, फेसबुक मेसेन्जरले गोप्य कुराकानी सेवाको सुरुवात गरेको थियो जसमा प्रयोगकर्ताहरूले आफ्ना साथीहरूसँग गोप्य कुराकानी गर्न सक्दछन्।[८०][८१] मोबाइल विश्वव्यापी
तत्काल खेलहरू नोभेम्बर २०१६

प्रयोगकर्ताहरूलाई मेसेन्जर भित्र द्रुत खेलहरू खेल्न अनुमति दिएको थियो जसमा प्याक-म्यान, स्पेस इन्भेडर, एभर विङ र वर्ड्स विथ फेन्ड्स समावेश छ। खेलहरू प्रत्यक्ष एकै समयमा नभई उच्च अङ्कहरू मार्फत अतुल्यकालिक छन् र उक्त खेलहरू एचटिएमएफ५ मा नभई अनुप्रयोगहरूमा निर्मित हुन्छ।[८२][८३] मे २०१७ मा, फेसबुकले तत्काल खेललाई विश्वव्यापी प्रयोगकर्ताहरूका माझ ल्याउने घोषण गरेको थियो।[८४][८५]

मोबाइल विश्वव्यापी
मेसेन्जर दिवश मार्च २०१७ सेप्टेम्बर २०१६ मा पोल्याण्डमा गरिएको प्रारम्भिक परीक्षण पछि,[८६][८७] फेसबुकले मार्च २०१७ मा, मेसेन्जर दिवशको प्रक्षेपण गरेको थियो जुन सुविधा स्न्यापच्याटको समान छ। [८८][८९][९०] मोबाइल विश्वव्यापी
प्रतिक्रिया र उल्लेख मार्च २०१७ प्रतिक्रियाहरूले प्रयोगकर्ताहरूलाई इमोजी मार्फत प्रतिक्रिया थप्नका लागि अनुमति दिन्छ र उल्लेखले प्रयोगकर्ताहरूलाई प्रत्यक्ष सूचना दिनका लागि वार्तमा प्रयोगकर्ताहरूलाई @ लेख्न अनुमति दिन्छ।[९१][९२][९३] सबै विश्वव्यापी
सम्वर्धित वास्तविकता प्रभावहरू डिसेम्बर २०१७ यसले प्रयोगकर्ताहरूलाई तस्वीर र श्रव्य दृश्यमा त्रि आयामी सम्वर्धित प्रभावहरू थप गर्न स्वीकृति दिन्छ।[९४] मोबाइल विश्वव्यापी
मेसेन्जरमा एआइ यन्त्र जनवरी २०१८ प्रमाणिकरणको २ चरण पछि फेसबुकले मेसेन्जर एआइ यन्त्रलाई अनुमति दिने गरेको थियो। सबै विश्वव्यापी
 
फेसबुक मेसेन्जरमा चलिरहेको, मेक्सिको एयरलाइन वार्ता यन्त्र, मार्च २०१८ मा

मुद्रीकरण

जनवरी २०१७ मा, फेसबुकले, फेसबुक मेसेन्जरको गृहमा विज्ञापनहरू देखाउन परीक्षण गरिरहेको घोषण गरेको थियो। त्यस समयमा, परीक्षण "अस्ट्रेलिया र थाइल्याण्डमा प्रयोगकर्ताहरूको सानो सङ्ख्या" मा मात्र सीमित रहेको थियो।[९५][९६][९७] जुलाईमा कम्पनीले उक्त विज्ञापनहरूलाई विश्वभरिका दर्शकहरूका माझ विस्तार गर्न लागेको घोषण गरेको थियो। फेसबुकले टेकक्रञ्चलाई विज्ञापन, गणना, पर्दाको आकार, र पिक्सेल घनत्व जस्ता कारकहरूमा निर्भर गर्ने बताएको थियो।[९८]

प्रतिक्रिया

सन् २०१४ नोभेम्बरमा, इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेसनले यसको सुरक्षित सन्देश सेवाको सूचकपत्रमा फेसबुक मेसेन्जरलाई सूचीबद्ध गरेको थियो। यसले सूचकपत्रमा ७ मध्ये २ अङ्क प्राप्त गरेको थियो। यसले गतिशील सञ्चारमा अङ्कीय गुप्तिकरण र हालसालै गरिएको एक स्वतन्त्र सुरक्षा लेखा परीक्षा पार गरेका कारण अङ्क प्राप्त गरेको थियो। प्रदायकसँग पहुँच योग्य नभएका सञ्चार कुञ्जीहरूलाई गुप्तिकरण नगरेको, प्रयोगकर्ताहरूले सम्पर्कहरूको पहिचान गर्न नसकेको, विगतका सन्देशहरू सुरक्षित नभएको लगायतका कारणबाट यसले अरू अङ्कहरू गुमाउन पुगेको थियो। यदि अङ्कीय गुप्तिकरण गरिएका कुञ्जीहरू चोरी भए भने, स्रोत अङ्क स्वतन्त्र समीक्षाको लागि खुला नरहने, र सुरक्षा बनावट राम्रोसँग दस्तावेजीकरण नगरिने लगायतका समस्यहरू यसमा रहेका थिए।[९९][१००][१०१]

फेसबुकले यसको सहयोग केन्द्रमा राखेको भनाईका अनुसार, फेसबुक मेसेन्जर अनुप्रयोगबाट निर्गमन गर्ने कुनै तरिका रहेको छैन। यसको सट्टामा, प्रयोगकर्ताहरूले "निष्क्रिय देखाउने", "खाता परिवर्तन गर्ने", र "सूचना बन्द गर्ने" लगायतका विभिन्न उपलब्ध स्थितिहरूका बीच छनौट गर्न सक्दछन्।[१०२]

प्रयोगकर्ताहरूको सङ्ख्यामा वृद्धि

मुख्य फेसबुक अनुप्रयोगबाट छुट्टिए लगत्तै, अप्रिल २०१५ मा, फेसबुक मेसेन्जरमा ६० करोड प्रयोगकर्ताहरू रहेका थिए।[४०] यो सङ्ख्या जून २०१६ मा भारी मात्राले वृद्धि भई ९० करोड[६६], जुलाई २०१६ मा १ अर्ब,[१०३][१०४] तथा अप्रिल २०१७ सम्ममा १.२ अर्ब पुगेको छ।[१०५][१०६]

गुप्तिकरण/निगरानीमा सरकारको प्रयास

सन् २०१८ को सुरुमा, अमेरिकी न्याय विभागले अदालतलाई तेस्रो पक्षहरूद्वारा निगरानी सक्षम पार्न फेसबुक मार्फत यसको मेसेन्जर अनुप्रयोगलाई परिमार्जन गर्न बाध्य पार्ने प्रयासका साथ अदालतमा पुगेको थियो। अदालतले न्याय विभागविरूद्ध फैसला गर्दै मुद्दा बन्द गरिदिएको थियो। प्रयोगकर्ताहरूलाई गुप्तिकरण / निगरानी बहसको बारेमा जानकारी दिने अभिप्रायले, १ नोभेम्बर २०१८ मा, अमेरिकी नागरिक स्वतन्त्र सङ्घ र इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेसनले मुद्दा बन्द नभएको भन्दै पुन: मुद्दा दायर गरेको थियो।

आलोचनाहरू

अनुप्रयोगमा उपलब्ध अनुमतिहरूले यसका केही प्रयोगकर्ताहरूलाई चिन्तित बनाएको तथ्यहरू सार्वजनिक भएको थियो। वास्तवमा, फेसबुक मेसेन्जरको कार्यक्षमता धेरै भएको र प्रयोगकर्ताको फेसबुक खातासँग जोडिएका कारण यसले व्यक्तिगत सूचनाहरू निगरानी गरिरहेको तथ्याङ्कहरू सार्वजनिक भएका थिए।[१०७]

क्याम्ब्रिज विश्लेषण काण्डमा, फेसबुकले सञ्चालनमा ल्याएको यन्त्रमानवहरूले प्रयोगकर्ताहरूको निजी सन्देशहरूका सामग्रीलाई निगरानी र गलत प्रयोग गरेको स्वीकार गरेको थियो।[१०८]

सन् २०१८ मा, फेसबुकले मेसेन्जरमा आफ्नो अनुप्रयोगको लागि नयाँ वनाबट ल्याएको थियो जसलाई केही प्रयोगकर्ताहरूद्वारा आलोचित गरिएको थियो।[१०९]

सन्दर्भ सामग्रीहरू

  1. "मेसेन्जर", एप स्टोर (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२० 
  2. "Messenger – Text and Video Chat for Free - Apps on Google Play", play.google.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२० 
  3. "फेसबुक मेसेन्जरका भाषाहरू", फेसबुक (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२५ 
  4. स्टिनभोक, टिमोटि (अगस्ट १३, २०१४), "The Real Reason Facebook Is Forcing You To Download Messenger", द हफिङटन पोष्ट, एओएल, अन्तिम पहुँच मार्च २४, २०१७ 
  5. Какие социальные сети самые популярные в 2017 году
  6. "Messenger vira plataforma de apps" (पोर्चुगालीमा)। 
  7. "म्यासेन्जरमा खाता खोल्न फेसबुक अकाउन्ट अनिवार्य", नयाँ मिडिया, अन्तिम पहुँच २९ पुस २०७६ 
  8. एरिङटन, माइकल (मार्च १४, २००८), "Facebook To Launch Instant Messaging Service", टेक क्रञ्च, एओएल, अन्तिम पहुँच जुन २, २०१७ 
  9. म्याककार्थी, क्यारोलिना (मार्च १४, २००८), "Report: Facebook IM service will debut soon", सिनेट, सिबिएस इन्टरएक्टिभ, अन्तिम पहुँच जुन २, २०१७ 
  10. हेण्ड्रिकसन, मार्क, "Facebook Chat Launches, For Some", टेक क्रञ्च, एओएल, अन्तिम पहुँच जुन २, २०१७ 
  11. फारबर, डान (अप्रिल ६, २००८), "Facebook Chat begins to roll out", सिनेट, सिबिएस इन्टरएक्टिभ, अन्तिम पहुँच जुन २, २०१७ 
  12. सिग्लर, एमजी (मार्च १, २०११), "Facebook Acquires Group Messaging Service Beluga In A Talent AND Technology Deal", टेक क्रञ्च, एओएल, अन्तिम पहुँच जुन २, २०१७ 
  13. "Tudo sobre Facebook-Facebook Messenger", अन्तिम पहुँच २१/११/२०१२  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०४ मिति
  14. "Facebook Messenger sobre-TechTudo", अन्तिम पहुँच २१/११/२०१२ 
  15. Anouc Seydtaghia (२०१८-०१-१९), "A la tête de Messenger, le Suisse David Marcus va bouleverser le service clien" (फ्रान्सेलीमा)। 
  16. Anouch Seydtaghia, "Le Suisse David Marcus quitte la direction de Messengerdate=2018-05-09" (फ्रान्सेलीमा), अन्तिम पहुँच २०१९-०६-१८ 
  17. १७.० १७.१ "फेसबुकले ल्यायो मिनी मेसेन्जर एप ‘मेसेन्जर लाइट’", अनलाइन खबर, २०७३ असोज १८, अन्तिम पहुँच २०७६ पुस २१ 
  18. "फेसबुक मेसेन्जरको नयाँ संस्करण, के छन् विशेषता ?", अनलाइन खबर, माघ २०७५, अन्तिम पहुँच पुस २०७६ 
  19. "फेसबुक म्यासेन्जर नयाँ डिजाइनमा, चलाउन झनै सजिलो", प्रविधि खबर, अन्तिम पहुँच पुस २०७६ 
  20. "Facebook lança versão do Messenger para Windows-G1", अन्तिम पहुँच २१/११/२०१२ 
  21. "Facebook Messenger ganha versão para Windows", अन्तिम पहुँच २१/११/२०१२ 
  22. "Facebook Messenger para Windows será desativado-Olhar Digital", अन्तिम पहुँच २८/०२/२०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-१८ मिति
  23. बिबिसी नेपाली (२ जनवरी २०२०), "फेसबुकका चार एप गएको दशकमा 'सबैभन्दा धेरै पटक डाउनलोड'", अन्तिम पहुँच ५ जनवरी २०२० 
  24. "म्यासेन्जरमा खाता खोल्न फेसबुक खाता अनिवार्य", नयाँ मिडिया, अन्तिम पहुँच पुस २०७६ 
  25. "फेसबुक मेसेन्जर" 
  26. कन्स्टिन, जोश (डिसेम्बर ४, २०१२), "No Facebook Account Required: Facebook Messenger For Android Lets You Sign Up With Just A Phone Number", टेकक्रन्च, एओएल, अन्तिम पहुँच मार्च २५, २०१७ 
  27. जिरोन, टोमियो (डिसेम्बर ४, २०१२), "Facebook Messenger Takes On SMS, With No Account Needed", फोर्ब्स, अन्तिम पहुँच मार्च २५, २०१७ 
  28. कन्स्टिन, जोश (अक्टोबर २९, २०१३), "To Assimilate SMS, Facebook’s Android Messenger Tries Letting You Reach Non-Friends By Phone Number", टेकक्रन्च, एओएल, अन्तिम पहुँच मार्च २५, २०१७ 
  29. २९.० २९.१ रुडक, डेभिड (२९ अक्टोबर २०१३), "Facebook Messenger Getting Major Overhaul: SMS Dead, No Longer Need To Be Friends To Send Messages", एन्ड्रोइड पुलिस, अन्तिम पहुँच २५ मार्च २०१७ 
  30. "Chat Heads come to Facebook Messenger for Android", द भर्ज, भोक्स मिडिया, १३ अप्रिल २०१३, अन्तिम पहुँच २५ मार्च २०१७ 
  31. रेभेन्सक्राफ्ट, एरिक (१२ अप्रिल २०१३), "Chat Heads Come To Facebook Messenger Without Facebook Home, Regular App Updated To Prepare For Home Arrival", एन्ड्रोइड पुलिस, अन्तिम पहुँच मार्च २५, २०१७ 
  32. कन्स्टिन, जोश (१७ मार्च २०१५), "Facebook Introduces Free Friend-To-Friend Payments Through Messages", टेकक्रन्च, एओएल, अन्तिम पहुँच २४ मार्च २०१७ 
  33. थ्रुङ, एलिस (१७ मार्च २०१५), "You’ll soon be able to send money through Facebook Messenger", क्वार्ज, एटलान्टिक मिडिया, अन्तिम पहुँच २४ मार्च २०१७ 
  34. लि, निकोल (११ अप्रिल १०१७), "Facebook brings group payments to Messenger", इनग्याजेट, एओएल, अन्तिम पहुँच ११ अप्रिल २०१७ 
  35. पेरेज, साराह (११ अप्रिल २०१७), "Facebook Messenger now supports group payments", टेकक्रन्च, एओएल, अन्तिम पहुँच ११ अप्रिल २०१७ 
  36. ओ डेल, जे (३ जनवरी १०१३), "Facebook now has voicemail — and voice calling in Canada", भेन्चरबिट, अन्तिम पहुँच २ जुन २०१७ 
  37. ह्यामबर्गर, एलिस (३ जनवरी २०१३), "Facebook tests free voice calling in Messenger app", द भर्ज, भोक्स मिडिया, अन्तिम पहुँच २ जून २०१७ 
  38. हरद्वार, देभेन्द्र (१६ जनवरी २०१३), "Facebook quietly brings voice calls to U.S. iPhone owners", भेन्चरबिट, अन्तिम पहुँच २ जून २०१७ 
  39. ह्यामबर्गर, एलिस (१६ जनवरी २०१३), "Facebook launches free calling for all iPhone users in the US", द भर्ज, भोक्स मिडिया, अन्तिम पहुँच २ जून २०१७ 
  40. ४०.० ४०.१ कन्स्टिन, जोश (२७ अप्रिल २०१५), "Facebook Messenger Launches Free VOIP Video Calls Over Cellular And Wi-Fi", टेकक्रन्च, एओएल, अन्तिम पहुँच २४ मार्च २०१७ 
  41. किङ, होप (२७ अप्रिल २०१५), "Facebook Messenger now lets you make video calls", सिएनएन, अन्तिम पहुँच २४ मार्च २०१७ 
  42. कन्स्टिन, जोश (२० अप्रिल २०१६), "Facebook Messenger launches Group Calling to become your phone", टेकक्रन्च, एओएल, अन्तिम पहुँच २५ मार्च २०१७ 
  43. कोकालितचिभा, किया (२० अप्रिल २०१६), "Facebook Adds Free Group Voice Calls to Its Messenger App", फर्च्युन, टाइम, निगम, अन्तिम पहुँच २ जून २०१७ 
  44. स्टाट, निक (१९ डिसेम्बर २०१६), "Facebook Messenger now lets you video chat with up to 50 people", द भर्ज, भोक्स मिडिया, अन्तिम पहुँच २५ मार्च २०१७ 
  45. युङ, केन (१९ डिसेम्बर २०१६), "Facebook Messenger now supports group video chat", भेन्चरबिट, अन्तिम पहुँच २ जून २०१७ 
  46. गार्टेनबर्ग, चेम (२७ जुन २०१७), "Facebook adds animated reactions and filters to Messenger video chats", द भर्ज, भोक्स मिडिया, अन्तिम पहुँच २० जुलाई २०१७ 
  47. म्याटनी, लुकनास (२६ जून २०१७), "Facebook brings new masks, filters and reactions to Messenger video chat", टेकक्रन्च, एओएल, अन्तिम पहुँच २० जुलाई २०१७ 
  48. वेल्च, क्रिस (४ जुन २०१५), "Facebook Messenger now lets you send friends a map with your location", द भर्ज, भोक्स मिडिया, अन्तिम पहुँच २८ मार्च २०१७ 
  49. सुइडर, म्याट (५ जुन २०१५), "Your exact location can be shared in Facebook Messenger", टेक रेडर, फ्युचर पिएलसी, अन्तिम पहुँच २८ मार्च २०१७ 
  50. स्वानर, नेट (४ जुन २०१५), "Facebook Messenger now has a more direct way to share your location", द नेक्स्ट वेब, अन्तिम पहुँच २८ मार्च २०१७ 
  51. न्युटन, केसी (२७ मार्च २०१७), "Facebook Messenger adds temporary live location sharing", द भर्ज, भोक्स मिडिया, अन्तिम पहुँच २८ मार्च २०१७ 
  52. कन्स्टिन, जोश (२७ मार्च २०१७), "Facebook Messenger now lets you privately share your Live Location for an hour", टेक क्रच्च, एओएल, अन्तिम पहुँच २८ मार्च २०१७ 
  53. "Facebook Messenger's Live Location helps you track friends", सिनेट, सिबिएस इन्टरएक्टिभ, २७ मार्च २०१७, अन्तिम पहुँच २८ मार्च २०१७ 
  54. ५४.० ५४.१ किङ, होप (२५ मार्च २०१५), "7 big changes coming to Facebook", सिएनएन, अन्तिम पहुँच २४ मार्च २०१७ 
  55. मर्फी, समान्था (२५ मार्च २०१५), "Everything you need to know about the changes coming to Facebook", म्यासएबल, अन्तिम पहुँच २४ मार्च २०१७ 
  56. ओरेस्कोभिच, एलेक्सेई (२६ मार्च २०१५), "Facebook brings apps, businesses to Messenger service", रेउटर्स, थमसन रेउटर्स, अन्तिम पहुँच २४ मार्च २०१७ 
  57. रोसनबर्ग, सेथ (१६ डिसेम्बर २०१५), "मेसेन्जरमा यातायातको परिचय गराउँदै", Facebook Newsroom, फेसबुक, अन्तिम पहुँच २४ मार्च २०१७ 
  58. हकिन्स, एन्ड्र्यु जे (१६ डिसेम्बर २०१५), "Facebook Messenger now lets you hail an Uber car", द भर्ज, भोक्स मिडिया, अन्तिम पहुँच २४ मार्च २०१७ 
  59. कन्स्टिन, जोश; बुहर, साराह (१६ डिसेम्बर २०१५), "You Can Now Order Ubers (And Soon Lyfts) In Facebook Messenger To Prove You’re On Your Way", टेकक्रन्च, एओएल, अन्तिम पहुँच २४ मार्च २०१७ 
  60. हकिन्स, एन्ड्र्यु जे (७ मार्च २१६), "Facebook Messenger now lets you hail a Lyft car", द भर्ज, भोक्स मिडिया, अन्तिम पहुँच २४ मार्च २०१७ 
  61. फिङ्गस, जोन (७ मार्च २०१६), "Lyft wants you to hail rides through Facebook Messenger", इन्ग्याजेट, एओएल, अन्तिम पहुँच २४ मार्च २०१७ 
  62. अर्थर, चार्ल्स (४ डिसेम्बर २०१२), "Facebook turns Messenger into a text message killer", द गार्जिएन, गार्जिएन मिडिया ग्रुप, अन्तिम पहुँच २५ मार्च २०१७ 
  63. पन्जारिनो, म्याथुज (सेप्टेम्बर २०, २०१२), "Facebook Messenger for Android updated with texting support, fresh design for conversations", द नेक्स्ट वेब, अन्तिम पहुँच २५ मार्च २०१७ 
  64. ६४.० ६४.१ Perez, Sarah (११ फेब्रुअरी २०१६), "Facebook Tests SMS Integration In Messenger, Launches Support For Multiple Accounts", टेककन्च, एओएल, अन्तिम पहुँच २५ मार्च २०१७ 
  65. ६५.० ६५.१ एल खुरी, रिटा (११ फेब्रुअरी २०१६), "Facebook Messenger Might Soon Get SMS Integration, Multiple Accounts, And A Blue Action Bar", एन्ड्रोइड पेलिस, अन्तिम पहुँच २५ मार्च २०१७ 
  66. ६६.० ६६.१ कन्स्टिन, जोश (जुन १४, २०१६), "To beat SMS, Facebook Messenger eats SMS", टेककन्च, एओएल, अन्तिम पहुँच मार्च २५, २०१७ 
  67. कन्स्टिन, जोश (२९ मार्च २०१७), "Facebook will launch group chatbots at F8", टेकक्रन्च, एओएल, अन्तिम पहुँच ३० मार्च २०१७ 
  68. केसर, रचेल (३० मार्च २०१७), "Facebook is bringing chatbots to groups on Messenger", द नेक्स्ट वेब, अन्तिम पहुँच ३० मार्च २०१७ 
  69. ६९.० ६९.१ ६९.२ कन्स्टिन, जोश (१८ अप्रिल २०१७), "Facebook Messenger launches group bots and bot discovery tab", टेकक्रन्च, एओएल, अन्तिम पहुँच १९ अप्रिल २०१७ 
  70. ७०.० ७०.१ ७०.२ न्युटन, केसी (१८ अप्रिल २०१७), "Facebook Messenger adds app extensions and a bot store", द भर्ज, भोक्स मिडिया, अन्तिम पहुँच १९ अप्रिल २०१७ 
  71. मार्टिनी, लुकास (जुन २८, २०१७), "Facebook Messenger launches Discover as it takes on chatbots (again)", टेक्रन्च, एओएल, अन्तिम पहुँच जुलाई २०, २०१७ 
  72. जनसन, खरी (जुन २८, २०१७), "Facebook Messenger’s new Discover tab features top bots", VentureBeat, अन्तिम पहुँच जुलाई २०, २०१७ 
  73. "Facebook Is Adding A Personal Assistant Called "M" To Your Messenger App", टेकक्रन्च, एओएल, २६ अगस्ट २०१५, अन्तिम पहुँच ७ अप्रिल २०१७ 
  74. केली, हेल्थर (अगस्ट २६, २०१५), "Facebook made its own Siri: Meet M", सिएनएन, अन्तिम पहुँच अप्रिल ७, २०१७ 
  75. हेम्पेल, जेस्सी (२६ अगस्ट २०१५), "Facebook Launches M, Its Bold Answer to Siri and Cortana", वियर्ड, कोन्ड नास्ट, अन्तिम पहुँच ७ अप्रिल २०१७ 
  76. स्टाट, निक (६ अप्रिल २०१७), "Facebook’s AI assistant will now offer suggestions inside Messenger", द भर्ज, भोक्स मिडिया, अन्तिम पहुँच ७ अप्रिल २०१७ 
  77. लि, निकोल (६ अप्रिल २०१७), "Facebook's AI assistant is ready to hang out in Messenger", इनग्याजेट, एओएल, अन्तिम पहुँच ७ अप्रिल २०१७ 
  78. कन्स्टिन, जोश (६ अप्रिल २०१७), "Facebook Messenger’s AI ‘M’ suggests features to use based on your convos", टेकक्रन्च, एओएल, अन्तिम पहुँच ७ अप्रिल २०१७ 
  79. स्वान्ट, मार्टि (१६ जुन २०१६), "Facebook Messenger Is Adding a Home Button to Help Users Keep Track of Conversations", एड्विक, बेरिङ्गर क्यापिटल, अन्तिम पहुँच २५ मार्च २०१७ 
  80. ग्रिनबर्ग, एन्डि (४ अक्टोबर २०१६), "You Can All Finally Encrypt Facebook Messenger, So Do It", वियर्ड, अन्तिम पहुँच २५ मार्च २०१७ 
  81. विलहेम, पार्कर (४ अक्टोबर २०१६), "Facebook Messenger flips the switch on encryption for everyone", टेक रेडर, फ्युचर पिएलसी, अन्तिम पहुँच २५ मार्च २०१७ 
  82. कन्स्टिन, जोश (नोभेम्बर २९, २०१६), "Facebook Messenger launches Instant Games", टेकक्रन्च, एओएल, अन्तिम पहुँच मार्च २५, २०१७ 
  83. इम्स, जेसन (३० नोभेम्बर २०१६), "Facebook Adds Instant Games to Messenger", गेम स्पोट, सिबिएस इन्टरएक्टिभ, अन्तिम पहुँच २५ मार्च २०१७ 
  84. स्टाट, निक (२ मे २०१७), "Facebook’s Messenger games are now available to everyone", द भर्ज, भोक्स मिडिया, अन्तिम पहुँच ३ मे २०१७ 
  85. कन्स्टिन, जोश (२ मे २०१७), "Facebook Messenger rolls out Instant Games worldwide", टेकक्रन्च, एओएल, अन्तिम पहुँच ३ मे २०१७ 
  86. कन्स्टिन, जोश; लोमास, नतासा; बिग्स, जोन (३० सेप्टेम्बर २०१६), "Facebook "Messenger Day" is the chat app’s new Snapchat Stories clone", टेकक्रन्च, एओएल, अन्तिम पहुँच ७ अप्रिल २०१७ 
  87. हेल्थ, एलेक्स (३० सेप्टेम्बर २०१६), "Facebook is testing its own version of Snapchat in the Messenger app", बिजनेस इन्साइडर, अन्तिम पहुँच ७ अप्रिल २०१७ 
  88. भिन्सेन्ट, जेम्स (९ मार्च २०१७), "Facebook’s Snapchat stories clone, Messenger Day, is now rolling out globally", द भर्ज, भोक्स मिडिया, अन्तिम पहुँच २५ मार्च २०१७ 
  89. कन्स्टिन, जोश (९ मार्च २०१७), "Facebook Messenger Day launches as a Snapchat Stories clone for making plans", टेकक्रन्च, एओएल, अन्तिम पहुँच २५ मार्च २०१७ 
  90. हेल्थ, एलेक्स (९ मार्च २०१७), "Facebook's clone of Snapchat is in Messenger now, too", बिजनेस इन्साइडर, अन्तिम पहुँच २५ मार्च २०१७ 
  91. भिन्सेन्ट, जेम्स (२३ मार्च २०१७), "Facebook Messenger gets reactions for individual messages and @ notifications", द भर्ज, भोक्स मिडिया, अन्तिम पहुँच २५ मार्च २०१७ 
  92. सर्कोनी, पल (२३ मार्च २०१७), "Facebook Messenger Finally Makes Group Chat Not a Total Hassle", वियर्ड, अन्तिम पहुँच २५ मार्च २०१७ 
  93. गोल्डम्यान, जोसुवा (मार्च २३, २०१७), "Facebook Messenger gets Reactions and Mentions", सिनेट, सिबिएन इन्टरएक्टिभ, अन्तिम पहुँच मार्च २५, २०१७ 
  94. स्टाट, निक (१२ डिसेम्बर २०१७), "Facebook introduces new augmented reality effects for Messenger", द भर्ज, भोक्स मिडिया, अन्तिम पहुँच १४ डिसेम्बर २०१७ 
  95. वेग्नर, कर्ट (जनवरी २५, २०१७), "Facebook is testing News Feed-style ads inside Messenger", रिकोड, भोक्स मिडिया, अन्तिम पहुँच जुलाई २०, २०१७ 
  96. कोहेन, डेभिड (जनवरी २५, २०१७), "Facebook Testing Ads on Messenger Home Screen in Australia, Thailand", एड्विक, बेरिङ्गर क्यापिटफ, अन्तिम पहुँच जुलाई २०, २०१७ 
  97. Perez, Sarah (जनवरी २५, २०१७), "Facebook Messenger begins testing ads…and they’re big", टेकक्रञ्च, एओएल, अन्तिम पहुँच जुलाई २०, २०१७ 
  98. कन्ष्टिन, जोश (जुलाई ११, २०१७), "Facebook Messenger globally tests injecting display ads into inbox", टेकक्रञ्च, एओएल, अन्तिम पहुँच जुलाई २०, २०१७ 
  99. "Secure Messaging Scorecard", इलेक्ट्रोनिक फ्रन्टिएर फाउन्डेसन, अप्रिल ५, २०१६, अन्तिम पहुँच मार्च २५, २०१७ 
  100. पेरेज, सराह (नोभेम्बर ५, २०१४), "Majority Of Top Messaging Apps And Tools Fail EFF’s Security Review", टेककञ्च, एओएल, अन्तिम पहुँच मार्च २५, २०१७ 
  101. मोल्ट, स्टेफिनी (नोभेम्बर ५, २०१४), "Only 6 Messaging Apps Are Truly Secure", पिसि म्यागजिन, [जिफ डेभिस, अन्तिम पहुँच मार्च २५, २०१७ 
  102. "Can I log out of Messenger?", फेसबुक सहयोग केन्द्र, फेसबुक, अन्तिम पहुँच अप्रिल ६, २०१७ 
  103. सिङ्गलटन, मियाह (जुलाई २०, २०१६), "Facebook Messenger hits 1 billion users", द भर्ज, भोक्स मिडिया, अन्तिम पहुँच मार्च २५, २०१७ 
  104. वेग्नर, कर्ट (जुलाई २०, २०१६), "Facebook Messenger now has one billion active users", रिकोड, भोक्स मिडिया, अन्तिम पहुँच मार्च २५, २०१७ 
  105. कन्स्टिन, जोश (अप्रिल १२, २०१७), "Facebook Messenger hits 1.2 billion monthly users, up from 1B in July", टेकक्रञ्च, एओएल, अन्तिम पहुँच अप्रिल १३, २०१७ 
  106. वेग्नर, कर्ट; मोला, रानी (अप्रिल १२, २०१७), "Facebook Messenger has 1.2 billion users and is now twice the size of Instagram", रिकोड, भोक्स मिडिया, अन्तिम पहुँच अप्रिल १३, २०१७ 
  107. "Faut-il vraiment détester l'application Facebook Messenger ?", अन्तिम पहुँच १४ जनवरी २०२० 
  108. Jean-Baptiste, "Facebook scanne vos conversations Messenger", Clubic.com (फ्रान्सेलीमा), अन्तिम पहुँच २०१९-०१-१० 
  109. "Les ratés de la nouvelle interface de Messenger", 01net (फ्रान्सेलीमा), अन्तिम पहुँच २०२९-०१-१० .

बाह्य कडीहरू