स्न्यापच्याट तत्काल सन्देश आदनप्रदान गर्ने एक वेब सेवा वा अनुप्रयोग हो जसलाई विश्वव्यापी रूपमा प्रयोग गरिएको छ। यसलाई स्ट्यानफोर्ड विश्वविद्यालयका भूतपूर्व विद्यार्थी इभान स्पिजल, बबी मर्फी र रेगी ब्राउनले संयुक्त रूपमा स्थापना गरेका थिए। यसलाई स्न्याप निगमले विकास गरेको थियो।[४]

स्न्यापच्याट
मूल सम्पादक(हरू)
  • इभान स्पिजेल
  • बबी मर्फी
  • रेगी ब्राउन
निर्माणकर्ता (हरू)स्न्याप निगम
मौलिक संस्करणसेप्टेम्बर 2011; १२ वर्ष अघि (२०११-०९)
ढाँचा:Infobox software/stacked
सञ्चालन प्रणालीएन्ड्रोइड, आइओएस
आकार१९२.३ मेगाबाइट (आइओएस)[१]
५३.१८ मेगाबाइट (एन्ड्रोइड)[२]
उपलब्ध भाषाहरू२२ भाषाहरू
प्रकार
अनुमति पत्रस्वामित्व सफ्टवेयर
अलेक्सा क्रमवृद्धि ४,२१९ (विश्वव्यापी)
(जनवरी २०२०)[३]
वेबसाइटwww.snapchat.com

कुनैपनि प्रयोगकर्ताले पठाएको सन्देश प्रापकसँग पुग्नु भन्दा अगाडि, तस्वीर तथा सन्देशहरू सामान्यतया थोरै समयका लागि मात्र उपलब्ध हुन्छन् जुन स्न्यापच्याटको प्रमुख विशेषताहरू मध्ये एक हो। यो अनुप्रयोग मूल रूपमा व्यक्ति देखि व्यक्ति तस्वीर साझेदारीमा केन्द्रित छ। यसले हाल प्रयोगकर्ताहरूका २४ घण्टाको कालक्रमगत सामग्रीका कथाहरूलाई "खोज्नुहोस्" सँग जोडेर सेवालाई थप विकास गरेको छ। यसले प्रयोगकर्ताहरूलाई आफ्ना तस्वीरहरू "मेरा लागि मात्र" मा राख्न अनुमति दिन्छ जसले प्रयोगकर्ताहरूको तस्वीरलाई सुरक्षित स्थानमा राख्न पनि पहुँच योग्य बनाउँदछ।

स्न्यापच्याटले प्रयोगकर्ताहरूलाई सन्देश आदनप्रदान गर्नका साथसाथै विभिन्न सामग्रीहरू पनि साझेदारी गर्न अनुमति दिन्छ। यसको प्रयोगले प्रयोगकर्ताहरू श्रव्य दृश्य वा श्रव्य सम्पर्कहरू मार्फत पनि जोडिन सक्दछन्। अक्टोबर २०१९ मा, स्न्यापच्याटका दैनिक सक्रिय प्रयोगकर्ताहरू २१ करोड रहेका थिए।[५][६] स्न्यापच्याटट युवा पुस्ताहरूमा विशेष गरी १६ वर्ष भन्दा कम उमेरका बीच लोकप्रिय भएको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Snapchat", App Store (अङ्ग्रेजीमा), अन्तिम पहुँच डिसेम्बर १५, २०१९ 
  2. "Snapchat - Apps on Google Play", play.google.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच डिसेम्बर १५, २०१९ 
  3. "स्न्यापच्याट डटकमको प्रतिस्पर्धी विश्लेषण, ट्राफिक तथा जानकारी - अलेक्सा"अलेक्सा। सङ्ग्रह मिति जनवरी ११, २०१९ 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named settlement
  5. "Snapchat daily active users 2019 - Statistic"स्टाटिस्टा 
  6. कारमन, एस्ली (अक्टोबर २२, २०१९)। "Snap is slowly growing, but it's banking on augmented reality to sustain it"द भर्ज (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति अक्टोबर २४, २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्