फुस्रेकोखे चाँचर

चाँचर परिवारमा पर्ने चराको प्रजाति

फुस्रेकोखे चाँचर चाँचर परिवारमा पर्ने चराको प्रजाति हो। यो चरा नेपाल लगायत भारत, चिन, लाओस, म्यानमारथाइल्याण्डमा पनि पाइने गर्छ।

फुस्रेकोखे चाँचर
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Thrush (bird)
वंश: True thrush
(Salvadori, १८८७)
प्रजाति:
T. feae
वैज्ञानिक नाम
Turdus feae
(Salvadori, १८८७)

शारीरिक विबरण सम्पादन गर्नुहोस्

फुस्रेकोखे चाँचर सेतो आँखीभौ, गाढा अग्राक्ष र आँखा मुन्तिर सेतो अर्धचन्द्राकार हुन्छ। वयस्क भालेको माथिल्लो भाग लाल ओलिभ रङको तालु लगायत कानढकनी र तल्लो भागको सैरो पेट र निर्गमस्थल हुन्छ । पोथीको भाले जस्तै देखिने तर सेतो कण्ठ हुन्छ, साथै छाती र पेटको बीचतिर हलि सेतो हुन्छ । यसको छाती र कोखा खैरो मन्द सुन्तला रङ्को हुन्छ ।

भौगोलिक वितरण सम्पादन गर्नुहोस्

फुस्रोकोखे चाँचर नेपाल, भारत, चिन, लाओस, म्यानमारथाइल्याण्डमा पाइन्छ । यो चरा १००० मि. देखि २५६५ मि. सम्मको उँचाइमा पाइने गर्छ । बसाइ सराई गर्ने यो चरा फिरन्ते प्रजातीको रूपमा चिनिन्छ ।

प्रमुख वासस्थान सम्पादन गर्नुहोस्

फुस्रोकोखे चाँचरको प्रजनन् स्थल हिमाली क्षेत्रका खर्सु र सल्लाका पतझड वनहरू हुन् । यो चरा हिँउद मौसममा सदाबहार वनमा बस्दछ ।

खतराहरू तथा संरक्षण अवस्था सम्पादन गर्नुहोस्

वासस्थानको निरन्तर विनासले गर्दा यो चराको प्रजाति संकटमा परेको छ । विश्वमै दुर्लभ मानिने यो प्रजाती संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्