फटकशिला
फटकशिला नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। फटकशिला गाविस जिल्लाको दक्षिणी भेगामा अवस्थित छ। यस गाविस जिल्ला सदरमुकाबाट ७ कोष दुरी टाढा पर्दछ भने यस गाविसले ११.७४ वर्ग किलोमिटर क्षेत्रफलमा पर्दछ। यस गाविसको पूर्वमा भीमटार, सिपापोखरे, पश्चिममा बाँसबारी, उत्तरमा बाडेगाँउ र दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ। सिन्धु थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण तथा औसत हावापानी पाइन्छ। यस गाविसका मानिसहरू व्यावसायीक कृषि उत्पादन र व्यावसायीक पशुपालनमा व्यस्थ हुने गर्दछन्। यस गाविसमा ब्राह्मण र दनुवार जातिहरूको बाक्लो बस्ती पाइन्छ। फटकशिला गाविस जिल्ला निर्वाचना क्षेत्र नम्बर ३ अन्तर्गत पर्दछ। विसं २०५८ सालमा यस गाविसको साक्षरता दर ४३ थियो र सोही सालको जनगणनामा यस गाविसमा कुल ६७० घरपरिवार मध्ये कुल जनसङ्ख्या ३४८४ थियो।[१][२] यस मध्य पुरुष ४९%, र महिला ५१% छन।
फटकशिला | |
---|---|
देश | नेपाल |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,१९० |
• धर्म | हिन्दु |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
सन्दर्भ सूची सम्पादन गर्नुहोस्
- ↑ "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २९।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति - ↑ "फटकशिला", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०३। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |