नेपालको राष्ट्रिय जनगणना


राष्ट्रिय जनगणना देशको राष्ट्रिय आँकडा लिने तरिका हो। नेपालमा व्यवस्थित र प्रणालीगत रूपले जनगणना गर्न थालिएको विक्रम सम्वत् १९६८ देखि हो। यस अघि राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले जनगणना गर्ने कामको थालनी गरेका थिए।

नेपालको राष्ट्रिय जनगणना
राष्ट्रिय जनगणना
आवृत्ति१० वर्षमा एक पटक
देश नेपाल
सक्रिय बर्ष५४
पछिल्लो कार्यक्रमवि.सं २०६८; (१० वर्ष अघि)
अघिल्लो कार्यक्रमवि.सं २०८८; (१० वर्ष पछि)
वेबसाइट

कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरूको नाम थर, जाति/जनजाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाइसराइआदि विवरणहरू सङ्कलन गरिन्छ । यसरी तोकिएका अधिकारीहरूबाट प्रत्येक घरदैलोमा गई सङ्कलन गरिएका सर्म्र्पूण तथ्याङ्कहरूलाई प्रशोधन गरी प्रकाशन गर्ने प्रक्रियालाई जनगणना भनिन्छ । [१] कुनै निश्चित भौगोलिक वा राजनतिक क्षेत्र भित्र बसोबास गर्ने सम्पुर्ण व्यक्तिहरूको सामाजिक,आर्थिक, भौगोलिक शैक्षिक तथा जनसांख्यीक विशेषताहरूसङ्कलन गर्ने प्रकृया हो। जनगणना टाउकाको मात्र गणना यो व्यक्तिसँग सम्बन्धित महत्त्वपुर्ण सुचना लिने पुर्ण गणना हो।जनगणनामा प्रत्येक व्यक्तिका विभिन्न सूचनाहरूका बारेमा छुट्टा छुट्टै अभिलेख राखिन्छ। जनगणनाका अन्य विशेषताहरू:

  • जनगणनाले निर्धारित क्षेत्रलाई समेट्छ र त्यस क्षेत्रमा बसोबास गर्ने तथा तत्कालिन रूपमा उपस्थित सबै व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गर्दछ।
  • जनगणना तोकिएको सुनिश्चित मितिमा सञ्चालन गरिन्छ।
  • जनगणना निश्चित अन्तरालमा नियमित रूपमा गरिनु पर्छ।

राष्ट्रिय जनगणनाबाट प्राप्त हुने नतीजाबाट मुलुकको कुल जनसङ्ख्या महिला पुरुष बालबालिका बृद्धबृद्धा शारीरिक र मानसिकरूपमा फरक-फरक क्षमता भउका, वडा गाविस नगरपालिका क्षेत्र, जिल्लागतरूपमा जनसङ्ख्या विवरण दिन्छ। अर्कोतिर जनसङ्ख्या वृद्धि दर, बसाईं सराई दर, शिशु जन्म र मृत्युदर मातृ मृत्युदर, साक्षरता, रोजगारी, लगायतका विवरण समेत उपलब्ध हुन्छ। त्यस्तै जातजाति भाषा धर्मको साथै शैक्षिकस्तरगत रूपमा समेत जसङ्ख्या विवरण प्राप्त गर्न सकिन्छ। जनगणनाबाट खानेपानीको घरको, भौतिक सुविधा आदिको समेत विवरण आउने छ। परिवारमा अक्सर बसोबास गर्ने सङ्ख्या अनुपस्थित देशभित्र र अनुपस्थित देश बाहिरको सङ्ख्या, विदेशबाट आइ बस्नेको यथार्थ सङ्ख्या पनि निकालिने छ। यी सबै तथ्याड्ढका आधारमा मुलुकको सामाजिक आर्थिक अवस्थाको जानकारी प्राप्त हुन्छ र रूपान्तरण प्रक्रियालाई अघि बढाउन विभिन्न किसिमका योजनाहरू निर्माण गर्ने त्यसको कार्यान्वयन गर्न सहयोग पुर्याउँछ। समग्रमा मुलुकको सम्पूर्ण विकासको लागि महत्त्वपूर्ण हुन्छ। [२]

नेपालमा जनगणनाको इतिहाससम्पादन

नेपालमा सर्वप्रथम विक्रम सम्बत १९६८ देखि विधिवतरूपमा राष्ट्रिय जनगणना सुरू भएको हो। तर यस अगाडि प्रधानमन्त्री जङ्गबहादुरले ३ वर्ष लगाएर नेपालको पहिलो जनगणना गराएको इतिहास छ। उनले विसं १९१०, १९११ र १९१३ मा जनगणना गराएका थिए। त्यस गणनाको प्रतिवेदन नेपाली कागजमा हस्तलिखित रूपले तयार पारिएको थियो। तीन भागमा बनाइएका ती अभिलेखमध्ये एकमा प्रतिवेदन तयार पार्नेको नाम कप्तान सतराम खत्री र सुवेदार जगतबहादुर खत्री उल्लेख छ। [३] उक्त जनगणना प्रतिवेदनमा नेपालका जिल्ला संख्या ३३ भएको जनाइएको थियो।

नियमित र प्रणालीगत रूपमा जनगणना प्रधानमन्त्री चन्द्र शमशेरको समयमा सुरू भएको सम्वत् १९६८ साल देखि हो। यसपछि हरेक दश-दश वर्षमा नेपालको जनगणना गरिंदै आएको छ। १९६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६,३८,७४९ थियो। नेपालमा भएका जनगणनाहरू निम्न अनुसार छन्।

  1. प्रथम राष्ट्रिय जनगणना १९६८
  2. दोस्रो राष्ट्रिय जनगणना १९७७
  3. तेस्रो राष्ट्रिय जनगणना १९८७
  4. चौथो राष्ट्रिय जनगणना १९९८
  5. पाचौँ राष्ट्रिय जनगणना २००९-११
  6. छैटौँ राष्ट्रिय जनगणना २०१८
  7. सातौँ राष्ट्रिय जनगणना २०२८
  8. आठौँ राष्ट्रिय जनगणना २०३८
  9. नवौँ राष्ट्रिय जनगणना २०४८
  10. दशौँ राष्ट्रिय जनगणना २०५८
  11. एघारौँ राष्ट्रिय जनगणना २०६८
  12. बाह्रौँ राष्ट्रिय जनगणना २०७८

सबैभन्दा पछिल्लो राष्ट्रिय जनगणना २०६८को प्रारम्भिक नतीजा अनुसार नेपालको जनसङ्ख्या २,६६,२०,८०९ जना पुगेको देखिन्छ, जुन दश वर्षअघि (२०५८ साल)को जनसङ्ख्या २,३१,५१,४२३को तुलनामा ३४,६९,३८६ले बढी हो। [४]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. जनगणना एक परिचय, राष्ट्रिय जनगणना २०६८
  2. http://www.eadarsha.com/archives/1050
  3. सापकोटा, जनकराज (भाद्र २३, २०७५), "जंगबहादुर जुगको जनगणना", कान्तिपुर कोसेली, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१८ 
  4. राष्ट्रिय जनगणना २०६८

बाह्य कडीहरूसम्पादन