नयाँ भौगोलिक क्षेत्रमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा मानिसहरूको आवागमन हुने प्रक्रिया हो।[] विश्वव्यापी रूपमा मानव आप्रवासनलाई लामो दूरीमा र एक देशबाट अर्को देशमा हुने बाह्य आप्रवासन र एउटै देश भित्र हुने आन्तरिक आप्रवासन गरी दुई भागमा विभाजन गरिन्छ। यसलाई ठाउँबाट अर्को ठाउँमा हुने मानिसहरूको भौगोलिक चाल पनि भन्न सकिन्छ। यतिले मात्र बसाइँ सराईको परिभाषा पूर्ण नहुने हुँदा निश्चित समय अवधिमा, निश्चित भौगोलिक वा राजनितिक एकाइकबाट अर्को भौगोलिक वा राजनितिक एकाईमा बासस्थान परिवर्तन गरेर हुने मानिसहरूको भौगोलिक चाललाई बसाइँसराई भनिन्छ। यसकारण निश्चित समय अवधि, निशचित भौगोलिक दुरी र वासस्थान परिवर्तन बसाइसराईका आवश्यक पक्षहरू हुन्। मानव बसाइँसराई मानिस आफ्नो बसोबासका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने कृया हो। यसका दुई प्रकार आन्तरिक र बाह्य हुन्। त्यसैगरी यसलाई स्थायी बसाइँ सराई र अस्थायी बसाइँ सराई गरी अर्को तरिकाले पनि छुट्याउन सकिन्छ। आन्तरिक बसाइँसराई देशभित्रको बसाइँसराइ हो भने बाह्य बसाइँसराइ देश बाहिर बसाइँ सर्ने प्रक्रिया हो।

सन् २००८ को बसाइँसराई दर: धनात्मक (नीलो), ऋणात्मक (सुन्तला), स्थिर (हरियो), तथ्याङ्क नभएको (खैरो)

जबर्जस्ती विस्थापन प्राकृतिक विपत्ति वा नागरिक अशान्तिका कारण आफ्नो घरबाट अन्यत्र सर्ने व्यक्तिहरूलाई विस्थापित व्यक्तिहरू वा यस प्रक्रियालाई जबर्जस्ती विस्थापन भनिन्छ। यस्ता व्यक्तिहरू यदि गृह देशमा रहेका छन् भने, आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको रूपमा वर्णन गर्न सकिन्छ। गृह देशमा राजनीतिक, धार्मिक वा अन्य कारणले अर्को देशमा शरण लिन जाने मानिसहरूले औपचारिक रूपमा परदेशमा आश्रयको लागि अनुरोध गर्न सक्छन्। यी मानिसहरूलाई सामान्यतया शरण खोज्नेहरूको रूपमा चिनिन्छ। यदि आवेदन स्वीकृत गरियो भने उनीहरूको कानूनी वर्गीकरण शरणार्थीहरूको रूपमा परिवर्तन हुन्छ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Society, National Geographic (२०१०-१२-१४), "Introduction to Human Migration", National Geographic Society (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०८-१२ 
  2. "What is a refugee?", UNHCR, अन्तिम पहुँच २०२३-०८-१२ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्