नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु
मुगु जिल्ला
सम्पादन गर्नुहोस्रारा ताल कर्णाली प्रदेशको मुगु जिल्ला पर्ने नेपालको सबैभन्दा ठूलो ताल हो। यसको लम्बाई करिब ५.२ किलोमिटर (पूर्व-पश्चिम ), चौडाइ २.४ किलोमिटर तथा गहिराई १६७ मिटर रहेको छ । यसलाई रारा दह पनि भनिन्छ। यस ताललाई कर्णालीमा स्वर्गकि अप्सरा भन्ने गरिन्छ ।
फोक्सुण्डो ताल
सम्पादन गर्नुहोस्फोक्सुण्डो ताल नेपालको सबभन्दा गहिरो र ठूलो ताल हो। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्बाइ ४.८ किलोमिटर., चौडाइ १.६ किलोमिटर र गहिराइ ६५० मिटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ। फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ।
जगदुल्ला ताल डोल्पा जिल्लामा पर्दछ ।
मनाङ जिल्ला
सम्पादन गर्नुहोस्तिलिचो ताल
सम्पादन गर्नुहोस्तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ ।
चितवन जिल्ला
सम्पादन गर्नुहोस्बिसहजारी ताल
सम्पादन गर्नुहोस्बिसहजारी ताल नेपालको चितवन जिल्लामा अवस्थित ताल तथा रामसार क्षेत्र हो । यो ताल समुन्द्र सतहबाट २८६ मिटर (९३८ फिट) को उचाइमा अवस्थित छ । यस ताल तथा रामसार क्षेत्रले जम्मा ३,२०० हेक्टर (७,९०० एकड) क्षेत्रफल ओगटेको छ ।
नन्द भाउजू ताल
सम्पादन गर्नुहोस्गडुवाल ताल
सम्पादन गर्नुहोस्कसरा ताल
सम्पादन गर्नुहोस्तमोरघैला ताल
सम्पादन गर्नुहोस्रसुवा जिल्ला
सम्पादन गर्नुहोस्भैरव कुण्ड
सम्पादन गर्नुहोस्गोसाइँकुण्ड
सम्पादन गर्नुहोस्नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो निलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् ।
गणेश कुण्ड
सम्पादन गर्नुहोस्नाग कुण्ड
सम्पादन गर्नुहोस्सरस्वती कुण्ड
सम्पादन गर्नुहोस्पूर्ण चन्डी
सम्पादन गर्नुहोस्भक्तपुर जिल्ला
सम्पादन गर्नुहोस्फेवा ताल
सम्पादन गर्नुहोस्फेवा ताल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । फेवा ताल समुन्द्रको सतहदेखी ७४२ मिटर (२४३४ फिट) को उचाईंमा स्थित रहेको छ । यस तालले लगभग ५.२३ बर्ग किमी (२ बर्ग माइल) क्षेत्रफल ओगटेको छ | यस तालको औषत गहिराइ ८.६ मिटर (२८ फिट) रहेको छ भने अधिकतम् गहिराइ २४ मिटर (७९ फिट) रहेको छ ।[१]
रुपा ताल
सम्पादन गर्नुहोस्रुपा ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित रमणीय ताल हो । यस नगरपालिकाको दोस्रो ठूलो तालको रूपमा रहेको यस तालको अहिलेको क्षेत्रफल१.१५ वर्ग कि.मि.(११५ हेक्टर) रहेको छ। यस तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको १.४% र सम्पुर्ण ताल क्षेत्रको २५% भाग ओगटेको छ । ४.५ देखि ६.०मिटरसम्म गहिराइ भएको यस तालको वर्तमान अवस्था चिन्ताजनक छ । यो ताल नगरपालिकाको वडा नं. १०, ११, १४ र रुपाकोट गाविसको सिमानाभित्र अवस्थित छ । [२]
बेगनास ताल
सम्पादन गर्नुहोस्लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रूपमा रहेको यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. (३७३ हेक्टर ) रहेको छ । यस तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको ४.७% र सम्पुर्ण ताल क्षेत्रको ८१% भाग ओगटेको छ । ७.५ देखि १०.६ मिटर गहिराइ भएको यस तालमा बि.स. २०४४ सालमा बाँधबाधेपछि २२० हेक्टरबाट बढि ३७३ हेक्टर पुगेर कूल क्षेत्रपल १५३ हेक्टर बृद्धि भएको छ । यहि बाँधबाट निकालिएको नहरले नगरपालिकाको खुदी फाँट र मालमूल फाँटमा सिंचाइ सुबिधा हुँदै आएको छ । [२]
मैदी ताल
सम्पादन गर्नुहोस्यो ताल लेखनाथ नगरपालिकाको सबैभन्दा सानो ताल हो। यसको क्षेत्रफल १.१७ हेक्टर रहेको छ । तालले यस नगरपालिकाको कुल क्षेत्रफलको ०.०१४% भाग र ताल क्षेत्रको ०.२५% भाग ओगटेको छ। यो ताल वेगनास, रुपा, खाष्टे, दिपाङ्ग, गुँदे र न्युरेनी तालभन्दा क्रमश:३१८, ९८.२, ११.५१, ७.६७, ४.२५, २.४१ गुणा सानो छ। यो ताल नगरपालिकाको वडा नं. ९ र कालिका गाविसको सीमाभित्र अवस्थित छ। यो ताल वेगनास र रुपा तालभन्दा पश्चिममा र गुँदे, दिपाङ्ग, खाष्टे र न्युरेनी तालभन्दा पूर्वमा रहेको छ। [२]
बुढुवा ताल
सम्पादन गर्नुहोस्कल्छुमन ताल
सम्पादन गर्नुहोस्== गोरखा जिल्ला कल्छुमन ताल,काल दह,रून्चेताल,नागदह
मकवानपुर जिल्ला
सम्पादन गर्नुहोस्भोजपुर जिल्ला
सम्पादन गर्नुहोस्संखुवासभा जिल्ला
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्- नेपालका प्रमुख झरनाहरु
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Rai, Ash Kumar (२०००), "फेवा ताल र यसको विविधता", Limnology 1: 81–89, डिओआई:10.1007/s102010070014।[स्थायी मृत कडी]
- ↑ २.० २.१ २.२ लेखनाथ नगरपालिकाको धार्मिक तथा पर्यटकिय स्थलहरु र त्यहाँ रहेका सात तालहरूको विवरण वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-०७ मिति, लेखनाथ नगरपालिका