बेगनास ताल
बेगनास ताल कास्की जिल्लाको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो। यो ताल पोखराको दोस्रो र नेपालको सबैभन्दा ठूलो ताल मानिन्छ। लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रूपमा रहेको यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. (३७३ हेक्टर ) रहेको छ। यस तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको ४.७% र सम्पुर्ण ताल क्षेत्रको ८१% भाग ओगटेको छ। ७.५ देखि १०.६ मिटर गहिराइ भएको यस तालमा बि.स. २०४४ सालमा बाँधबाधेपछि २२० हेक्टरबाट बढि ३७३ हेक्टर पुगेर कूल क्षेत्रपल १५३ हेक्टर बृद्धि भएको छ। यहि बाँधबाट निकालिएको नहरले नगरपालिकाको खुदी फाँट र मालमूल फाँटमा सिंचाइ सुबिधा हुँदै आएको छ। [४]
बेगनास ताल | |
---|---|
रहेको स्थान | कास्की जिल्ला |
भौगोलिक निर्देशांक | २८°१०′२६.२″उ॰ ८४°०५′५०.४″पू॰ / २८.१७३९४४°N ८४.०९७३३३°Eनिर्देशाङ्कहरू: २८°१०′२६.२″उ॰ ८४°०५′५०.४″पू॰ / २८.१७३९४४°N ८४.०९७३३३°E |
प्रकार | प्राकृतिक सफापानी[१] |
अन्तर्वाह | स्यान्खुदी तथा तालबेसी[१] |
बहिर्वाह | खुदी खोला'[१] |
सिंचित क्षेत्रफल | ४९ वर्ग किलोमिटर[२][३] |
सिंचित क्षेत्र | नेपाल |
सतहको क्षेत्रफल | ३.२८ वर्ग किलोमिटर |
औसत गहिराई | ६.६ मिटर |
अधिक गहिराई | १० मिटर |
पानीको आयतन | ०.०२९०५ घन किलोमिटर |
सतहको उचाई | ६५० मिटर[३] |
जम्ने | नजम्ने |
टापूहरू | छैन |
बसोबास | बेगनास, लेखनाथ, सिसुवा |
आर्थिक अवस्था
सम्पादन गर्नुहोस्बेगनास ताल संगै रहेको रिसॉर्ट क्षेत्रमा पोखरा आउने पर्यटकको लागि एउटा लोकप्रिय गन्तब्यको रूपमा रहेको छ।[५] यस तालको पानीलाई सिंचाईको लागि प्रयोग गर्ने गरिन्छ र तालको केही हिस्सामा माछा पालन गरेर सो क्षेत्रको उपयोग गर्ने गरिन्छ। बेगनास तालको कयों क्षेत्रमा दलदल रहेको हुनाले सो क्षेत्रमा हाल धानको खेती गर्ने गरिन्छ।[६]
बेगनास ताल पोखरा शहरको एक प्रमुख पर्यटकिय आकर्षणको गन्तब्य हो। यो तालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकका लागि नौका बिहारको रोमाञ्चक अवसर पाइन्छ। फेवा ताल पछि सबै भन्दा धेरै पयर्टक आउने यही ताल हो। यस तालमा मत्स्य सहकारी संस्थाको अधिनमा रहेर ब्यवसायीक माछा पालन गरिन्छ। साथै कुनाकानीमा स्थानिय द्वारा निश्चित सथको परिधिमा रहेर निजि स्तरमा पनि केज(जाली) बनाएर माछा पालन गरिन्छ।
यस तालमा सबै भन्दा धेरै टिलापिया माछा पाइन्छ। यो तातो पानीमा फस्टाउने अफ्रिकन जातको माछा हो, नेपालको रैथाने जाती भने हैेन। यहाँ पाइने स्थानिय माछाहरूमा रहु, नैनी, भाकुर, सहर, हिलेमाछा आदी पदर्छन्। पोखरामा बेगनास ताल भन्दा बाहेक पनि अरु ८ वटा तालहरू रहेका छन्।
अन्य आकर्षणहरू
सम्पादन गर्नुहोस्रूपा बेगनास भ्यू टावर
माझी कुना
शुन्दरि डाँडा
गोरनाथ मन्दिर
पोखरा चिडियाखाना तथा बन्य जन्तु उद्वार केन्द्र
बेगनास ठुलाकोट
चित्र दीर्घा
सम्पादन गर्नुहोस्-
बेगनास तालको मनोरम प्यानोरेमिक दृश्य
-
बेगनास तालको मनोरम प्यानोरेमिक दृश्य
-
बेगनास तालको मनोरम दृश्य
-
बेगनास तालको मनोरम दृश्य
-
बेगनास तालको मनोरम दृश्य
-
बेगनास तालको मनोरम दृश्य
-
बेगनास तालको मनोरम दृश्य
-
बेगनास तालको मनोरम दृश्य
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ Oli, Krishna Prasad (१९९७), A local level conservation strategy for Begnas and Rupa lake watershed area, Kathmandu, Nepal: International Union for Conservation of Nature and Natural Resources, Nepal. Rāshṭriya Yojanā Āyoga, Nepal National Conservation Strategy Implementation Programme।
- ↑ National Lake Conservation Development Committee (२०१०), Conservation of Begnas Lake, Nepal: A Case of Conflict to Collective Action in Resource Sharing (Multiple Water Use), Shiga University, Japan: Outline of Lake Basin Governance Research Promotion Activities, 2008-2010।
- ↑ ३.० ३.१ Rai, Ash Kumar (२०००), "Limnological characteristics of subtropical Lakes Phewa, Begnas, and Rupa in Pokhara Valley, Nepal", Limnology 1 (1): ३३-४६, डिओआई:10.1007/s102010070027।[स्थायी मृत कडी]
- ↑ लेखनाथ नगरपालिकाको धार्मिक तथा पर्यटकिय स्थलहरू र त्यहाँ रहेका सात तालहरूको विवरण वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-०७ मिति, लेखनाथ नगरपालिका
- ↑ Kawamura, Masahiro (जुन २०११), "One Village One Product agrotourism promotion: Perceptions of visitors to Begnas area", JICA। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-०८ मिति
- ↑ Wagle, Suresh Kumar; Gurung, Tek Bahadur; Bista, Jay Dev; and Rai, Ash Kumar (जुलाई–सेप्टेम्बर २००७), "Cage fish culture and fisheries for food security and livelihoods in mid hill lakes of Pokhara Valley, Nepal: Post community based management adoption", Aquaculture Asia 12 (3): 21–29, आइएसएसएन 0859-600X।
|coauthors=
प्यारामिटर ग्रहण गरेन (सहायता)