मैदी ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित ताल हो । यो ताल लेखनाथ नगरपालिकाको सबैभन्दा सानो ताल हो। यसको क्षेत्रफल १.१७ हेक्टर रहेको छ । तालले यस नगरपालिकाको कुल क्षेत्रफलको ०.०१४% भाग र ताल क्षेत्रको ०.२५% भाग ओगटेको छ। यो ताल वेगनास, रुपा, खाष्टे, दिपाङ्ग, गुँदे र न्युरेनी तालभन्दा क्रमश:३१८, ९८.२, ११.५१, ७.६७, ४.२५, २.४१ गुणा सानो छ। यो ताल नगरपालिकाको वडा नं. ९ र कालिका गाविसको सीमाभित्र अवस्थित छ। यो ताल वेगनास र रुपा तालभन्दा पश्चिममा र गुँदे, दिपाङ्ग, खाष्टे र न्युरेनी तालभन्दा पूर्वमा रहेको छ। [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्