कमल पोखरी (नेवारी: थँ वहिल) काठमाडौँको केन्द्रमा रहेको एक प्रसिद्ध धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पोखरी हो।[१] वि.सं. २०३३ सालकै अभिलेख अनुसार त्यतिवेला पोखरीको क्षेत्रफल ३० रोपनी ५ आना ३ पैसा १ दाम थियो। नापी विभागमा दर्ता हुनु अगावै वि.सं. २०३३ सालमा कमल पोखरी क्षेत्रफल ४६ रोपनी रहेको थियो तर हाल २३ रोपनी १४ आनामा खुम्चिएको छ।[२][३]

कमल पोखरीको दृष्य

इतिहास सम्पादन गर्नुहोस्

पोखरीमा कमल फूल फुल्नाले यसको नामकरण कमलपोखरी रहेको किम्बदन्ती रहेको छ।[४]तान्त्रिक विधिले निर्माण गरिएको यो पोखरीको चारैतिर र बीचमा पाँचवटा इनार रहेको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "कमल पोखरी निर्माणको ढाँचा तयार, ०७६ सालको छठसम्ममा निर्माण सम्पन्न हुने", खरिबोट, अन्तिम पहुँच २०२०-०८-३१ 
  2. "कमल पोखरी निर्माणको ढाँचा तयार, आगामी छठसम्म सम्पन्न गरिने", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-३१ 
  3. "एक वर्ष भित्र कमल पोखरी पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-३१ 
  4. केसी, दीपेश, "कमलपोखरीको ऐतिहासिक तस्बिर", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-३१ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

निर्देशाङ्कहरू: २७°४२′४०″N ८५°१९′२८″E / २७.७१११२८७°N ८५.३२४४४५७°E / 27.7111287; 85.3244457