नालापत बालमणि अम्मा
नालापत बालमणि अम्मा (मलयालम: എൻ. ബാലാമണിയമ്മ; जुलाई १९, १९०९ – सेप्टेम्बर २९, २००४ (उमेर ९५)) भारतका मलयालम कवयित्रिहरू मद्धे एक थिइन्। उनीले ५०० भन्दा धेरै कविता लेखेकी छिन्। उनको गणना बीसौं शताब्दीको चर्चित वा प्रतिष्ठित मलयालम कवयित्रिहरूमा गरिन्छ। आधुनिक मलयालमको सबैभन्दा सशक्त कवयित्रिहरूमा एक हुनको कारण उनलाई मलयालम साहित्यको दादी भनिने गरिन्छ।[१] उनको जीवन र साहित्यमा गांधी जीको धेरै प्रभाव देख्न सकिन्छ। उनका प्रमुख कृतिहरूमा अम्मा, मुथास्सी, मज्हुवींट कथा आदि पर्दछन्।
बालमणि अम्मा എൻ. ബാലാമണിയമ്മ | |
---|---|
जन्म | पुन्नायुर्कुलम, मालाबार जिल्ला, मद्रास प्रेसिडन्सी, ब्रिटिश राज | जुलाई १९, १९०९
मृत्यु | सेप्टेम्बर २९, २००४ कोच्चि, केरल, भारत (मृत्युको कारण: अलजाइमर रोग) | (उमेर ९५)
पेशा | कवयित्री, लेखिका र अनुवादक |
राष्ट्रियता | भारतीय |
विधा | कविता |
विषय | साहित्य |
साहित्यिक आन्दोलन | बिसौ शताब्दी |
उल्लेखनीय पुरस्कारहरू | पद्म भूषण, साहित्य अकादमी पुरस्कार, सरस्वती सम्मान। |
जीवनसाथी | वी॰एम॰ नायर |
बच्चाहरू | कमला दास, सुलोचना, मोहनदास, श्याम सुंदर |
अम्मालाई मलयालम साहित्यको सबै महत्त्वपूर्ण पुरस्कारहरु प्राप्त गर्ने गौरव प्राप्त भएको छ। उनी गत शताब्दीको सर्वाधिक लोकप्रिय मलयालम महिला साहित्यकार रहेकी छिन्। उनले साहित्य अकादमी पुरस्कार, सरस्वती सम्मान र 'एज्हुथाचन पुरस्कार' सहित धेरै उल्लेखनीय पुरस्कार वा सम्मानहरू प्राप्त गरेकी छिन्। उनीलाई १९८७मा भारत सरकारले पद्म भूषणले अलंकृत गर्यो। वर्ष २००९ लाइ उनको जन्म शताब्दीको रूपमा मनाइयो।[२][३][४] उनी प्रख्यात लेखक कमला सुरय्याकी आमा हुन्।[५]
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Balamani Amma, Malayali poet (video interview)" [बालमणि अम्मा, मलयाली कवयित्री (वीडियो साक्षात्कार)] (अंग्रेजीमा), इन्डिया वीडियो, अन्तिम पहुँच १ जुलाई २०१४।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ George, K. M. (१९९८), Western influence on Malayalam language and literature, Sahitya Akademi, पृ: 132, आइएसबिएन 978-81-260-0413-3।
- ↑ "Padma Awards", Ministry of Home Affairs, Government of India, २०१५, अन्तिम पहुँच जुलाई २१, २०१५। वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १५, २०१५ मिति
- ↑ "Literary Awards", Government of Kerala, अन्तिम पहुँच १३ नोभेम्बर २०११। वेब्याक मेसिन अभिलेखिकरण २४ मे २००७ मिति
- ↑ Weisbord, Merrily (२०१०), The Love Queen of Malabar: Memoir of a Friendship with Kamala Das, McGill-Queen's University Press, आइएसबिएन 978-0-7735-3791-0।