नरेन्द्रदेव

नरेन्द्रदेव (वि सं ६९९-७३५) शिवदेव प्रथमका नाति तथा उदयदेवका पुत्र थिए ।

नरेन्द्रदेव
नेपालका राजा
शासनकालवि सं ६९९-७३५
राज्याभिषेक६९९
पुर्वाधिकारीभीमर्जुनदेव
उत्तराधिकारीशिवदेव द्वितीय
वंशलिच्छवि वंश
पिताउदयदेव
जन्मविसं ६८१
मृत्युवि सं ७३५
धर्महिन्दु

प्रारम्भिक जीवनसम्पादन

अंशुवर्माको निधन पछि विसं ६७९ म गद्दीमा बसेका उदयदेवलाई दुई वर्षपछी भाइ ध्रुवदेव तथा गुप्त सामन्त जिष्णुगुप्तले पदच्युत गरेपछी उदयदेवले सपरिवार तिब्बतको शरणमा गएका थिए । त्यस समय नेपालको दरबारमा राजा ध्रुवदेव र सामन्त जिष्णुगुप्तको द्वैध शासन चलेको थियो । उदयदेवको निधन तिब्बतमै भयो, उनका छोरा नरेन्द्रदेवले चाहिँ वि सं ६८१ देखि ६९८ सम्म अर्थात् १७ वर्षसम्म[स्रोत नखुलेको] तिब्बतमा निर्वासित जीवन बिताए ।

अधिकार प्राप्तीसम्पादन

ध्रुवदेवका उत्तराधिकारी भीमार्जुनदेव भए । उनी राजा ध्रुवदेवका छोरा थिए । उता जिष्णु गुप्तको मृत्यु पछि उनका छोरा विष्णु गुप्त आफ्नो पिताको ठाउँमा आए । उनले भीमार्जुनदेवसँग संयुक्त शासन चलाए । नरेन्द्रदेवले वि सं ६९९ मा तिब्बतको समेत सहायता लिई नेपालको द्वैध शासन समाप्त पारेर पैतृक गद्दीमा अधिकार जमाए । उनले विष्णु गुप्तलाई खत्तम गरि भीमर्जुनदेवलाई गद्दीबाट हटाउन सफल भइ आफ्नो हातमा राज्यको अधिकार लिए ।[१]

अरुणाश्व विरुद्धको युद्धसम्पादन

वि सं ७०३ मा उत्तर भारतका सम्राट हर्षवर्द्धनका सामन्त अरुणाश्वले चिनियाँ राजदूत वाङ्युन्चेलाई अपमानित गरे । [२] त्यसरी चिनियाँ राजदूतको अपमान गरेको थाहा पाएर चिनियाँ सेनाले उत्तर भारतमाथी आक्रमण गर्यो । नेपालका राजा नरेन्द्रदेवले राजा हर्षवर्द्धनको म्रुत्युपछी भारतका राजा भएका अरुणाश्वको विरुद्ध चीनलाई मद्दत गर्ने निर्णय गरे । वि सं ७०० मा चिनियाँ राजदूत लि. पिआओले भारतको भ्रमण गर्दा नेपालमा पनि आएर बसेका थिए । त्यसरी चीन र नेपालको सम्बन्ध राम्रो हुन गएको थियो ।

नरेन्द्रदेवले आफ्नो तर्फबाट ७००० जवान घोडचढी चिनियाँ सेनामा थप गरि पठाए । चीनबाट भारतमा आक्रमण गर्न भनी १२०० घोडचढी रवाना भएका मा राजा नरेन्द्रदेवले ७००० घोडचढी थप गरे । मध्य भारत्मा नेपाली सेनाले आक्रमण गरि राजधानीमा तीन दिन सम्म घेराउ गरिदिए । त्यसरी राजधानीमा घेराउ भएकाले राजा अरुणाश्व पलायन भए । त्यो युद्ध मा १३००० भारतीय योद्धाले ज्यान गुमाए । फेरि भागेर गएका अरुणाश्वले पुनः आक्रमण गर्दा थप १००० मानिस मारिएर अरुणाश्व कैद भए । यो कुरा ताङ्वृतान्तमा स्पष्ट लेखिएको छ ।

रातो मछिन्द्रनाथसम्पादन

सन्दर्भसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ ६९
  2. हितनारायण झा,द लिच्छविज, पृष्ठ १५१


बाह्य लिङ्कहरूसम्पादन

पूर्वाधिकारी
भीमार्जुनदेव
नेपालको राजा
वि सं ६९९-७३५
उत्तराधिकारी 
शिवदेव द्वितीय