देवहाँस नेपाललगायत पूर्वी एसियामा पाइने एक प्रकारको चराको प्रजाति हो । प्रजनन समयमा दक्षिणपूर्वी रसिया तथा उत्तरपूर्वी चिन बस्ने यो चरा हिउँदमा नेपाल लगायत दक्षिणी तथा दक्षिणपूर्वी एसियासम्म बसाई सर्ने गर्छ। यसलाई अङ्ग्रेजीमा बैर्स पोकर्ड (Baer's Pochard) भनिन्छ ।

देवहाँस
भाले देवहाँस
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
A. baeri
वैज्ञानिक नाम
Aythya baeri
(Radde, 1863)

विबरण सम्पादन गर्नुहोस्

देवहाँसको गाढा टाउको र घाँटीमा हरियो हरियो लेप, जुन कटुस खैरो छातीसँग प्रष्ट भिन्न देखिन्छ । यसको पानीमा तैरिदाको अवस्थामा कोखा अगाडिको सेतो टाटो देखिन्छ । पोथी र अल्पवयस्क भालेको टाउको तथा छाती वयस्क भालेको भन्दा फिक्का हुन्छ । पोथीको उपनानी गाढा र फिक्का धमिलिँदै गएको कटुस रङ्गको खैरो अग्राक्ष बिन्दु हुन्छ । यसको लम्बाई नाप ४१ देखि ४६ सेन्टिमिटर (१६–१८ इन्च) हुन्छ ।

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

देवहाँस प्रजनन समयमा दक्षिणपूर्वी रसिया तथा उत्तरपूर्वी चिनमा बस्छ । यो चरा हिउँदमा नेपाल लगायत दक्षिणी चिन, भियतनाम, जापानभारतमा बसाई सर्ने गर्छ। यो चराले अत्यधिक जलीय वनस्पति भएको ठाउँ तथा सिमसार क्षेत्रहरूमा बच्चा कोरल्ने गरेको पाइन्छ। यो चराले प्राय: झाडीमुनी गुँड बनाउने गर्छ । यो चरा हिउँदको समयमा ताल तलैयाहरू तथा जलासयहरूमा पौडिएको पाइन्छ ।

खतरा तथा संरक्षण अवस्था सम्पादन गर्नुहोस्

यस अघि आइयुसियनले खतराको अवस्थामा रहेको भनेकोमा[१][२] हाल यो प्रजाति संरक्षणका हिसाबले विश्वमा अति सङ्टापन्न अवस्थामा रहेको छ ।[१][२] अवैधानिक शिकार र सिमसारको विनाश मुख्य कारक तत्वहरू मानिएको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्