दुलेगौँडा सहर
दुलेगौँडा तनहुँ जिल्लामा अवस्थित एक सहर हो । यो सहर हाल शुक्लागण्डकी नगरपालिकामा रहेको छ, भने शुक्लागण्डकी नगरपालिकाको व्यापारिक केन्द्रका रूपमा रहेको छ । हाल यो सहर नेपालको नयाँ प्रदेशीक संरचना अन्तरगत प्रदेश नम्बर ४, गण्डकी अञ्चल, तनहुँ जिल्लामा रहेको छ । यो सहर नयाँ संरचना अन्तरगत १८ मे २०१४ मा नगरपालिकाको रूपमा स्थापना भएको थियो । सन् १९९१ सालको नेपाल सरकारको आधिकारिक तथ्याङ्क अनुसार यो सहरका कुल ७४१२ जना मानिसहरू बस्ने गर्दथे भने १५०७ वटा विभिन्न किसिमका घरहरू रहेको थियो ।[१]
दुलेगौँडा | |
---|---|
सहर | |
देश | नेपाल |
अञ्चल | गण्डकी |
जिल्ला | तनहुँ जिल्ला |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | ७४१२ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
स्वास्थ्य
सम्पादन गर्नुहोस्यो दुलेगौँडा सहरमा प्रमुख उपचार सेवा दिने अस्पतालका रूपमा तनहुँ सेवा अस्पताल रहेकोमा छ । यो अस्पतालको तत्कालीन नेपालका स्वास्थय मन्त्री खगराज अधिकारीले वि.स. २०७१ पुस २८ गते गरेका थिए ।[२] यस अस्पतालले तनहुँका मात्र नभइ स्याङ्जा जिल्ला, कास्की जिल्ला तथा पाल्पा जिल्ला बासिन्दाहरूलाई समेत सेवा दिने गर्दछ । यसबाहेक यो सहरमा अन्य सानाठूला स्वास्थ क्लिनिकहरू, औसधि पसलहरू तथा आयुर्वेदिक औषधालयहरू समेत रहेको छ ।
शिक्षा
सम्पादन गर्नुहोस्दुलेगौँडा सहर तथा वरपरका मुख्य शिक्षालयहरू
- भानुभक्त बहुमुखी क्याम्पस
- सहिद कृष्ण क्याम्पस
- पञ्चमुनी देव माध्यामिक विद्यालय
- गाउँ फर्कोदय माध्यमिक विद्यालय
- ब्राइट फ्युचर बोर्डिङ स्कुल
- जीवजुना बोर्डिङ स्कुल
- बाल बिध्या बोर्डिङ स्कुल
- श्री सहिद कृष्ण मा वि कवासे
- दिवस मा वि उदेनढुङ्गा
- हंश वाहिनि मा वि काेत्रे
- खैरेनी मा वि खैरेनीटार
- सरस्वती नमुना मा वि खैरेनीटार
यातायात
सम्पादन गर्नुहोस्यो दुलेगौँडा सहर पृथ्वी राजमार्गमा अवस्थित रहेको छ । यो सहर पोखरा र काठमाडौंको बिचमा रहेको छ ।
अर्थतन्त्र
सम्पादन गर्नुहोस्दुलेगौंडा स्याङ्जाको धेरै ठाँउकाे वजार केन्द्र हाे ।
पर्यटन
सम्पादन गर्नुहोस्यस क्षेत्रमा विभिन्न मठ मन्दिर गुम्वा चर्च र मस्जिदहरु रहेका छन । भुलभुले वराही ढोरवराही तीन खोले देवि फूल वराही दुलेगौँडा चर्च वेलचौतरा मस्जिद र दुलेगौँडा गुम्वा दुलेगौडामा रहेको रक गार्डेन हेर्न लायक छ भने प्रदेश न ४ का सम्पूर्ण भू भाग दखिने गरी वनेको भूजिकोट भ्यु टावर नगरपालिका २ न वडामा अवस्थित रहेको छ ।
खेलकुद
सम्पादन गर्नुहोस्दुलेगौँडा सहरमा त्यति ठूलो वा राष्ट्रिय स्तरका खेलकुल प्रतियोगिता नभए पनि स्थानीय स्तरमा निकै खेलकुद खेलहरू तथा प्रतियोगिता सञ्चालन हुने गर्दछ । त्यस्तै यो सहरमा अन्य खेलहरूको तुलनामा बढी मात्रामा नेपालीको राष्ट्रिय खेल भलिबल र फुटबल खेल निकै लोकप्रिय रहेको छ । यो भेगका स्थानीय क्लबहरूका बिच वर्षकै पिच्छे प्रमुख रूपमा गणपति खेलकुद मैदानमा तिज कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने गर्दछ ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "नेपालको राष्ट्रिय जनगणना २००१", नेपालका गाउँ विकास समितिहरू (डिजिटल हिमालय), मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २००९।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता). - ↑ दुलेगौँडामा तनहुँ सेवा अस्पताल सञ्चालन