दुधौली नगरपालिका
(दुधौलीबाट अनुप्रेषित)
दुधौली नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा अवस्थित एक नगरपालिका हो।[३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सिन्धुली जिल्लामा दुधौली, टाँडी र लदाभिर गरी तीनवटा गाउँ विकास समितिहरू लाई समेटेर दुधौली नगरपालिका घोषणा गरेको थियो।[४] भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा हत्पत्ते, निपाने, सिर्थौली, हर्षाही, अरूणठाकुर, ककुरठाकुर र जिनाखु गाविसहरू यसमा गाभिएका थिए।
दुधौली नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°५८′१०″उ॰ ८६°१६′१५″पू॰ / २६.९६९४४°N ८६.२७०८३°Eनिर्देशाङ्कहरू: २६°५८′१०″उ॰ ८६°१६′१५″पू॰ / २६.९६९४४°N ८६.२७०८३°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | सिन्धुली |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगर प्रमुख | दिनेश अधिकारी (नेकपा (माओवादी केन्द्र)) |
• उपप्रमुख | शोभाकुमारी साह (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ३९०.३९ किमी२ (१५०.७३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ७०,२०७ |
• घनत्व | १८०/किमी२ (४७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४७ |
केन्द्र | साविकको दुधौलीको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दुधौली नगरपालिकाको कुल जनसङ्ख्या ७०,२०७ रहेको छ भने यहाँ १६,११० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मङ्सिर २०७१, अन्तिम पहुँच १६ मङ्सिर।