दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

(दिक्तेल नगरपालिका बाट पठाईएको)

दिक्तेल नगरपालिका पूर्वी नेपालको सगरमाथा अञ्चलमा रहेको खोटाङ जिल्लामा पर्छ । दिक्तेल बजार रहेको ठाँउलाई को केन्द्र बनाइएको छ । [१] यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा दिक्तेल,बाम्राङ्ग, लफ्याङ, खाल्ले गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा रंगेली पनि नगरपालिका बनेको हो तर यो हाल कार्यान्वयनमा आएको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३५ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् । दिक्तेल खोटाङ जिल्लाको सदरमुकाम तथा सबैभन्दा ठूलो व्यापारिक केन्द्र हो ।

दिक्तेल
Diktel Municipality
दिक्तेल नगरपालिका भित्र रहेको एक गल्ली
दिक्तेल नगरपालिका भित्र रहेको एक गल्ली
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लाखोटाङ
सरकार
 • मेयरदिपनारायण रिजाल
 • उप मेयरविणा देवी राई
उन्नतांश
१५३० मिटर (५०२० फिट)
जनसङ्ख्या
 (बि.स. २०६८)
 • जम्मा१७७९३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटwww.diktelmun.gov.np

जनसङ्ख्या सम्पादन

 

दिक्तेल,बाम्राङ्ग, लफ्याङ, खाल्ले गाविसहरूलाई मिलाएर दिक्तेल नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर १७,७९३ रहेको छ ।[२]

भूगोल सम्पादन

यो ठाउँको अक्षांश र देशान्तर हो 27.2° N 86.78° E[३]समुन्द्र सतहभन्दा यो ठाउँ १५३१ मिटर (५०२२ फिट) माथि पर्दछ ।

सन्दर्भ सामग्रीहरू सम्पादन

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ 
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२ 
  3. "दिक्तेल मौसम", अन्तिम पहुँच सेप्टेम्बर २००७ 

यी पनि हेर्नुहोस सम्पादन


बाह्य कडीहरू सम्पादन